सिद्धि गणेशको अर्ध-बाषिर्क प्रगति समिक्षा सम्पन्न

१ फागुण, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७६/०७७ को अर्ध-वाषिर्क प्रगति समिक्षा कार्यक्रम संस्थाका समिति, उपसमिति र कर्मचारीहरुको सहभागितामा सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
बैठक प्रणालीमा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सहकारी क्षेत्रमा सही र गलत प्रवृत्तिका दुवै खालका प्रतिस्पर्धीहरु रहेकोले संस्थालाई सहकारी मान्यता र ऐन कानून अनुसार अगाडि बढाउन चुनौति रहेको चर्चा गर्नुहुँदै नेतृत्वको योजना तथा आवधिक रुपमा गरिने समिक्षाको निचोड चुनौति सामनाका लागि महत्वपर्ूण्ा औजार हुनेमा विश्वास गर्नुभयो । सहकारी सेवामूलक व्यवसाय भएपनि सेवा सुविधाका बारेमा पर्याप्त जानकारी प्रसार गर्न नसकेमा असल सेवाहरु पनि ओझलमा पर्न सक्ने भएकाले त्यस तर्फसंस्थाका सबै अंग सचेत रहनर्ुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्थाका पर्ूव अध्यक्ष एवं सञ्चालक कृष्णगोविन्द लाखाजुले वित्तीय सहकारी संस्थाहरुमा जोखिमको सम्भावना बढी हुने भएकोले त्रैमासिक रुपमा समीक्षा गर्ने अभ्यास रहेको जानकारी गराउनुहुँदै समिति/उपसमितिका प्रस्तावित कार्यक्रमहरु कति प्रभावकारी ढंगले कार्यान्वयन भयो/भएन छलफल गर्न समीक्षा उपयोगी हुने धारणा राख्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले स्थानीय व्यक्तिहरुलाई सञ्चालक र मुख्य कर्मचारी बनाएर भक्तपुर जिल्ला बाहिरका व्यक्तिहरुले संस्था सञ्चालन गर्ने र संकलित रकम आफू खुशी दुरुपयोग गर्ने प्रवृत्ति देखिएकोले सहकारीमा जोखिम बढेको छ भन्नुभयो ।
संस्थाका सचिव रुद्रनारायण लाखाले आ.व. २०७६/०७७ को कार्यक्रमगत प्रगति प्रतिवेदन र कोषाध्यक्ष इश्वरमान दुमरुले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा व्यवस्थापक राजेन्द्र दुमरुले संस्थाको व्यावसायिक स्वरुप प्रस्तुत गर्नुभएको थियो । संस्थाका समिति, उपसमितिका सदस्यहरु र कर्मचारीहरुले समुहगत छलफल गरी सुझाव तयार गरेको उक्त कार्यक्रममा सहभागी सम्पर्ूण्ालाई संस्थाको तर्फाट उपाध्यक्ष विष्णुराम दुमरुले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
२०५१ सालमा ३१ जनाको ३१०० रुपैयाँबाट स्थापना भएको संस्थाले हालसम्ममा १८ हजार सदस्य आवद्ध गराएर २५ करोड ३० लाख शेयर पूँजी, ११ करोड ५१ लाखको जगेडा कोष, १ अर्व ५२ करोड बचत सहित २ अर्व२ करोड भन्दा बढी कूल सम्पत्ति निर्माण गरेको छ ।

Leave a Reply

Your email address will not be published.