खुला शिक्षा शिविर तथा हाडजोर्नी एवं नशारोग परिक्षण कार्यक्रम सम्पन्न

२४ माघ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा सेवाकेन्द्र कार्यालय परिसरमा खुला शिक्षा शिविर तथा हाडजोर्नी एवं नशारोग परिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले छिमेकी मूलुक चीनमा महामारीको रुपमा देखापरेको कोरोना भाईरस संक्रमणबारे चर्चा गर्नुहुँदै उक्त रोगबाट बच्न सबैजना सचेत हुनर्ुपर्नेमा जोड दिनुभएसँगै रोगको लक्षण र रोकथामबारे जानकारी दिनुभयो । उहाँले सिद्धि गणेशले सदैव सहकारी सिद्धान्त, ऐन-कानूनलाई मार्गदर्शकको रुपमा लिँदै कार्य गर्दै आइरहेको र सोही सिद्धान्तभित्र रही सामाजिक उत्तरदायित्व अर्न्तगत स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यका साथ विभिन्न समयमा स्वास्थ्य गतिविधि गर्दै आइरहेको छ भन्नुभयो । सिद्धि गणेश साकोसले सदस्यहरुलाई प्रविधि मैत्री सेवा प्रदान गर्दै आ.व. २०७९/०८० सम्ममा कुल सम्पत्ति ४ अर्व पुर्‍याइ देशको उत्कृष्ट १० सहकारीमा पर्ने उद्देश्यका साथ ४ बर्ष कार्ययोजना बनाएको सहभागिहरुमा जानकारी दिनुभयो ।
शिक्षा उपसमितिका संयोजक एवं संस्थाका सचिव रुद्रनारायण लाखाले सिद्धि गणेश साकोसले सदस्यलाई संस्था तथा वित्तीय बजारबारे जानकारी दिइ सू-सूचित गर्ने उद्देश्यकासाथ स्थापनाकालदेखि शिक्षा शिविर संचालन गर्दै आइरहेको बताउनुभयो ।
स्वास्थ्य उपसमितिका संयोजक एवं संचालक विष्णु प्रसाद दुमरुले सिद्धि गणेश साकोसको मुख्य कारोवार बचत तथा ऋण भएपनि सदस्य स्वस्थ भएमा संस्था स्वस्थ हुने सोचका साथ संस्थाले स्वास्थ्य क्लिनिक संचालन गर्दै दैनिक डाक्टर सेवा दिइरहेको र विभिन्न समयमा स्वास्थ्य सम्बन्धि गतिविधिहरु संचालन गर्दै आइरहेको बताउनुभयोे ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले ३१ जना युवाहरुले तात्कालिन समयमा समाजको आर्थिक तथा सामाजिक विकासका साथ सिद्धि गणेशको स्थापना भएको स्मरण गर्नुहुँदै विभिन्न सहकारीहरुले आर्थिक तथा भौतिक प्रलोभन देखाई सदस्यता दिनु गलत भएको भन्दै सिद्धि गणेशले स्थापनाकालदेखी विरोध गर्दै सचेत पार्दै आइरहेको बताउनुभयो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं संचालक कृष्णनारायण दुमरुले जाडोयाममा हाडजोर्नी तथा नशा सम्बन्धि विरामीहरु बढ्ने भएकाले सो सम्बन्धि स्वास्थ्य शिविर गरेको बताउनुहुँदै सहकारी ऐन तथा नियमावली अनुसार अब उप्रान्त सिद्धि गणेशले भक्तपुर जिल्ला बाहिरका तर जिल्लाभित्र घरजग्गा भएका, व्यवसाय दर्ता गरी ३ बर्षेखि संचालन गर्दै आएका तथा कानूनतः सदस्य बन्न सकिने व्यक्तिहरुलाई सदस्यता प्रदान गर्नै जानकारी दिनुभयो ।
१३५ जनाले स्वास्थ्य परिक्षण गर्राई स्वास्थ्य लाभ लिएको कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत शशि प्रसाद फैजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.