सिद्धि गणेशको २६औं स्थापना दिवस सम्पन्न

२९ पुस, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २६औं स्थापना दिवस मूल समारोह नेमकिपाका केन्द्रीय सचिव एवं माननीय साँसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा सिद्धि गणेश तालिम हल खँचामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले हरेक संस्था स्थापना गर्न र त्यसलाई निरन्तर रुपमा सञ्चालन गर्न उत्तिकै कठिन हुने हुँदा संस्थाका सञ्चालकहरुमा स्वयम्सेवीको भावना र आपसी समझदारी हुनु अनिवार्य छ भन्नुभयो । चन्द्रशम्शेरले प्रति रोपनी केही रुपैयाँमा जनताको जग्गा अधिकरण गरेर ५० लाखको लागतमा सिंहदरवार बनाई ३ करोडमा सरकारलाई विक्री गरेको प्रसंग जानकारी गराउनुहुँदै सञ्चालकहरुमा त्यस्तो नाफाखोरी प्रवृत्ती भएमा संस्था अगाडी बढ्न सक्दैन भन्नुभयो ।
उहाँले देशले खाद्यान्न, गाडी, तेल, ग्याँस, विद्युतीय सामाग्री तथा प्लाष्टिक जन्य सामाग्री लगायत अधिकांश वस्तुहरु आयात गर्नु परेको हुँदा खर्वाै व्यापार घाटा रहेको जानकारी गराउनुहुँदै आयात प्रतिस्थापन हुने खालका उद्योग व्यवसायहरु सञ्चालन गर्न सहकारीको पहल हुनर्ुपर्नेमा जोड दिनुभयो ।
ओरियण्टल सहकारी पिडितहरुका रकम अहिलेसम्म सरकारले फिर्ता दिलाउन नसक्नुमा सरकार आफैं भ्रष्टाचारमा चर्ुलम्म डुबेको अवस्थाले हो भन्नुहुँदै राम्रो सरकार नभएसम्म जनताले दुःख पाउँछ भन्नुभयो ।
सभापतिको आसनबाट बोल्नुहुँदै संस्थाका अध्यक्ष राजन लाखाजुले संस्था चालएको अनुभवबाट खारिँदै सामान्य पृष्ठभूमीका संस्थापकहरुले संस्थालाई आजको अवस्थासम्म ल्याइपुर्‍याएको चर्चा गर्नुहुँदै निःस्वार्थ भावनाबाट राम्रो काम गर्ने प्रयासलाई निरन्तरता दिनर्ुपर्छ भन्नुभयो ।
संस्थाका पर्ूव अध्यक्ष कृष्णगोविन्द लाखाजुले देश संघीयतामा गइसकेपछि नयाँ संघीय सहकारी ऐन नियमावली, प्रदेश र स्थानीय तहका सहकारी कानूनमा एकरुपता नहुँदा र सम्पत्ती शुद्धिकरण सम्बन्धी कानून समेत सहकारीमा लागु हुँदा संस्था सञ्चालनमा जटिलता थपेको छ भन्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष हरिरत्न गोर्खालीले सहकारी संस्थाहरुमा थुप्रै विकृतीहरु रहेको चर्चा परिचर्चा भइरहेको अवस्थामा न्यून रकमबाट शुरु भएको सिद्धि गणेश जस्ता समुदायमा आधारित संस्थाहरु सचेत रहनु जरुरी छ भन्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले सानो वित्तीय आवश्यकताका लागि स्थापना गरिएको संस्था आज समुदायका वाणिज्य बैंकहरु सरह सेवा दिन सक्षम भएकोमा संस्थाका संस्थापक, सञ्चालक तथा व्यवस्थापनको संयुक्त योगदानबाट सम्भव भएको चर्चा गर्नुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले धन्यवाद ज्ञापन गनुभएको सो कार्यक्रमको सञ्चालन सञ्चालक विष्णु प्रसाद दुमरुले गर्नुभएको थियो । कार्यक्रममा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमहरुका सहयोगी व्यक्ति, संघ/संस्थाहरुलाई प्रमुख अतिथिबाट प्रशंसा पत्र पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.