सिद्धि गणेशमा अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

२७ पुस, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २६औं स्थापना दिवसको अवसरमा शिक्षा उपसमितिको आयोजनामा अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगिता संस्थाको तालिम हल, खँचामा सम्पन्न भयो ।
प्रतियोगिताका प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेश साकोसको स्थापना सामाजिक र सामूहिक भावना विकास गरी निम्न आय वर्गका जनताको उत्थान गर्न भएको भन्नुहुँदै सदस्यहरुलाई संस्थाबाट समयानुकुल वित्तीय सेवा प्रदान गर्ने क्रममा सिद्धि गणेश मोबाईल बैंकिङ्ग र क्ऋत् म्भदष्त ऋबचम९ब्त्ः० सेवा संस्थाको पछिल्लो प्रविधि मैत्री सेवा भएको भन्नुभयो । प्रतियोगिताबाट सहभागी विद्यार्थीहरुमा अध्ययनको बानी विकास भई राष्ट्रिय तथा अन्तराष्ट्रि विषमा थप ज्ञान हासिल हुने र विद्यार्थी जीवनबाट असल नागरिकको आधार तयार हुने विचार व्यक्त गर्नुभयो ।
उद्घाटन सत्रका अतिथि निवर्तमान अध्यक्ष हरिरत्न गोर्खालीले प्रश्न सोधि शुरु भएको प्रतियोगितामा गलत विचार भएका व्यक्ति तथा पार्टर्ीी सरकार सञ्चालन गर्दा वर्तमान समयमा देशको राजनीत्रि्रति युवा वर्गमा वितृष्णा पैदा भएको भन्नुहुँदै अहिले देशलाई इमान्दार राजनीतिज्ञको आवश्यकता रहेको छ भन्नुभयो । उहाँले अहिले बजारमा सहकारीको खोल ओढेर व्यक्तिगत तथा निश्चित समुहको स्वाथपर्ुर्तिका लागी व्यवसाय गर्ने संघ/संस्थाहरु उल्लेख्य मात्रामा रहेको र त्यस्ता सहकारीहरुलाई निरुत्साहित गर्न व्यापक प्रचारप्रसार सँगै जनतालाई सू-सूचित गर्दै लानर्ुपर्नैमा जोड दिनुभयो ।
प्रतियोगिताका क्विज मास्टर रत्नवीर किसीले समय समयमा शिक्षामूलक प्रतियोगिताहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुँदै प्रतियोगितामा जित्ने र हार्ने दुवै पक्षले विभिन्न विषयहरुको अध्ययनसँगै आफ्नो बौद्धिक दायर फराकिलो पार्दै जित हासिल गरेको विचार व्यक्त गर्नुभयो ।
आयोजक उपसमितिका सभापति रुद्रनारायण लाखाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपसमितिका संचिव किरण वनमालाले पनि बोलेको थियो भने प्रतियोगितामा प्रशान्त प्रजापति, पुष्पराज भट्ट, रोशन त्वानाबासु भक्तपुर साकोसको तर्फाट प्रथम, स्वेता सुवाल, विनि खिम्बाज, एन्जिला भट्टर्राई श्रमिजिवी साकोसको तर्फाट दोस्रो र रुची दुमरु, रजनी प्रजापति, सुविना वनमाला सहभागी सिद्धि गणेश साकोस’क’ को तर्फाट तेस्रो हुन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published.