ATM तथा मोबाइल बैकिङ्ग अन्तरक्रिया सम्पन्न
१० पुस, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा संस्थाका ब्त्ः तथा मोवाइल बैकिङ्ग प्रयोगकर्ता सदस्यहरुका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
संस्थामा उपलब्ध प्राविधिक सेवा सुविधा सम्बन्धि जानकारी दिने उद्देश्यका साथ सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष राजन लाखाजुले वर्तमान प्रविधिको युगमा प्रविधिको प्रयोगमा पछि पर्ने संस्थाहरु प्रतिस्पर्धात्मक बजारमा पछाडि नै रहने विचार व्यक्त गर्नुहुँदै संस्थाका सदस्य तथा कर्मचारीहरुलाई प्राविधिक रुपमा सक्षम पार्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले संस्थाले सदस्यहरुलाई उपलब्ध गराउने सेवा सुविधाको उपयोग तथा सोको प्रभावकारीतामा संस्थामा कार्यरत कर्मचारी र शुरुवाती सेवा उपभोगीहरुको विशेष भूमिका रहने जोड दिनुभएको थियो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले वर्तमान समयमा नगदी कारोवार भन्दा विद्युतीय कारोवारको संख्या दिनानुदिन बढ्नुका साथै जोखिम पनि त्यत्तिकै रहेको भन्नुहुँदै संस्थामा उपलब्ध सेवा सुविधा तथा प्रविधिबारे कर्मचारीहरुले जानकारी राख्नर्ुपर्ने जोड दिनुभएको थियो ।
क्ऋत् लि.का प्राविधिक रत्न सुन्दर हाक्ुदुवालले क्ऋत् म्भदष्त ऋबमचम९ब्त्ः० कार्ड नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त अन्तराष्ट्रिय कार्ड र क्ऋत् संजाल नेपालकै पहिलो र राष्ट्रिय स्तरको एकीकृत भुक्तानी प्रणाली भएको जानकारी दिनुहुँदै सो कार्ड २२०० भन्दा बढी वित्तीय संस्थाको ब्त्ः मेशीन, ६००० भन्दा बढी नगद रहित भुक्तानी प्रणली-एइक्) र ६० भन्दा बढी व्यावसायीक संघ/संस्थाहरुसँ आवद्ध इलष्लिभ भुक्तानी प्रणालीमा प्रयोग गर्न सकिने जानकरी दिनुभयो । उहाँले क्ऋत् मात्र नेपालको पहिलो सुरक्षा सम्बन्धि अन्तराष्ट्रि मापदण्ड पुरा गरेको तथा प्रमाणपत्र प्राप्त संस्था भएको भन्नुहुँदै यसको १९ बर्षइतिहासमा कुनै आपराधिक गतिविधि नभएको संस्था भएको भन्नुभयो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सञ्चालक रमेश दुमरुले संस्थाका कर्मचारी तथा सदस्यहरुलाई ब्त्ः तथा मोबाइल बैकिङ्गको प्रयोगमा रहेका केही प्राविधिक जिज्ञासा तथा समस्या समाधानको उद्देश्य सहित उपसमितिको वाषिर्क कार्यक्रम तालिका अनुसार संस्थाको स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुहुँदै आगामी दिनहरुमा संस्थाबाट आयोजना गर्ने कार्यक्रमहरुमा सक्रिय सहभागिताका लागि सदस्यहरुमा अनुरोध गर्नु भयो ।
कार्यक्रममा उपसमितिका सचिव निरोज कासिछ्वाले पनि बोल्नुभएको थियो ।