सिद्धि गणेशमा रक्तदान तथा निःशुल्क सुगर परिक्षण सम्पन्न
१२ पुष, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २६ औं स्थापना दिवसको अवसरमा स्वास्थ्य उपसमितिको आयोजनमा रक्तदान तथा निःशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेशले सदस्य स्वस्थ रहेमा संस्था स्वस्थ रहने सोचका साथ विभिन्न संस्थाको प्राविधिक सहयोगमा आफ्नो क्षमता र पहुँच अनुसार आर्थिक रुपमा कमजोर भएकालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देशयकासाथ स्वास्थ्य सम्बन्धि गतिविधि र क्रियाकलाप गर्दै आइरहेको जानकारी दिनुहुँदै स्थापना दिवस-पुष २९ गते) को अवसरमा सिद्धि गणेशले गर्न लागेका विभिन्न क्रियाकलपाहरुमा सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले सिद्धि गणेश साकोस पुष २९ गते संस्था स्थापना भएको स्मरण गर्दै संस्थाका विभिन्न समिति/उपसमितिहरुले स्थापना दिवसको अवसरमा कार्यक्रमहरु गर्ने क्रममा सामाजिक उत्तरदायित्व रुपमा रक्तदान तथा निःशुल्क सुगर परिक्षणको आयोजना गरिएको जानकारी दिनुहुँदै रक्तदान तथा सुगर परिक्षण गर्राई स्वस्थ रहन अनुरोध गर्नुभएको थियो ।
भक्तपुर हार्ट एण्ड डाइविटिजका सेन्टरका प्रतिनिधि विरेन्द्र प्रधानाङ्गले अहिलेको समयमा हृदयघात तथा मृगौला फेल हुने जस्ता रोगबाट कलिलै उमेरमा ज्यान जाने घटना बढेको भन्नुहुँदै सबैजनाले बर्षा न्यूनत्तम एक पटक मुटु तथा चिनी रोग लगायत आफ्नो पर्ूण्ा स्वास्थ्य परिक्षण अनिवार्य रुपमा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सञ्चालक विष्णु प्रसाद दुमरुले सिद्धि गणेश आर्थिक संस्था भएपनि सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न समय र अवसरमा सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको र सो मध्ये सिद्धि गणेश स्वास्थ्य क्लिनिक एक रहेको र क्लिनिकबाट दैनिक रुपमा डाक्टर सहितको सेवाहरु दिइरहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा, भक्तपुर र भक्तपुर हार्ट एण्ड डाइवेटिजको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा २५ जना रक्तदाताहरुले रक्तदान तथा ६१ जनाले सुगर परिक्षण गरी स्वास्थ्य लाभ लिएको कार्यक्रममा आयोजक उपसमितिका सचिव राजेश जाकिबन्जार र सदस्य कृष्णश्वरी माकले पनि बोल्नुभएको थियो ।