देश नरहे हाम्रो शिक्षा र सम्पन्नताको अर्थ हु“दैन
भक्तपुर, ३० कार्त्तिक ।
नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छें-रोहित)ले विदेशमा सम्पत्ति राखे नाफा सबै विदेशमा जाने बताउनु भएको छ ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २५ औं वाषिर्क साधारणसभाको अवसरमा क्षे.नं. ५ र ६ को संयुक्त क्षेत्रमा आयोजित उक्त सभामा अध्यक्ष रोहितले नेपाली भूमी मिचे पनि सरकार मूकदर्शक भइरहेकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो “देश भारतले लिएमा हामी शिक्षित र सम्मन्न भए पनि कुनै अर्थ हुने छैन । देश जोगाउन जनता राजनीतिक रुपले सचेत र सङ्गठित हुनर्ुपर्छ, सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ ।”
भारतीयहरु नेपाल प्रवेश गराउनमा अमेरिकी प्रशासनको हात रहेको चर्चा गर्दै उहाँले सहकारी संस्थाका सदस्यहरुको साँस्कृतिक स्तर उठाउन सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनर्ुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सहकारीले प्रदान गरिरहेको तालिम सीपमूलक र रोजगारको अवसर पाउने खालको हुनर्ुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “तालिम प्राप्त सदस्यहरुलाई रोजगारी पाउने मौका दिनर्ुपर्छ ।”
सन्तानलाई खुशी पार्ने नाउँमा संस्कार र संस्कृति नसिकाई सबै प्रकारको सेवा सुविधा दिन नहुने सङ्केत गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “सन्तानलाई संस्कार, संस्कृति र व्यवहारिक ज्ञान प्रदान नगरे खराब सङ्गतमा परेर ब्रि्रन सक्छ, सन्तान बिग्रिए आफ्नो सम्पत्ति पनि सुरक्षित हुँदैन ।”
देशको अर्थतन्त्रबारे पनि सहकारी सदस्यहरुबीच अन्तरक्रिया गरिरहरनर्ुपर्नेमा जोड दिनुहुँदै उहाँले धनी हुँदैमा कुनै नागरिक असल, चरित्रवान, अनुशासित हुन्छ भन्ने होइन, नयाँ पुस्तालाई सैद्धान्तिक ज्ञानको साथै व्यवहारिक ज्ञान दिनु आवश्यक छ भन्नुभयो ।
सहकारी संस्थाले केन्द्रीय बैङ्क, नेपाल बैङ्क, निजी बैङ्क, विदेशी बैङ्क, फाइनान्स, कृषि विकास बैङ्क र सहकारी संस्थाको भेदबारे पनि अन्तरक्रियाहरु गरिरहनर्ुपर्ने उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश ३ का प्रदेश सदस्य सुरेन्द्रराज गोर्साईंले जनताको विश्वास जित्ने उद्देश्यले सहकारी संस्थाहरु अघि बढ्नर्ुपर्ने विचार व्यक्त गर्नुभयो ।
सहकारी संस्थाहरु समाज उत्थानमा जुटिनर्ुपर्ने औंल्याउँदै उहाँले ऋण र बचत मात्र ठूलो होइन, सम्पन्नता सधैं जनताको मित्र हुँदैन, संस्कार र व्यवहार नभए जीवन बर्वाद हुन्छ भन्नुभयो । ज्ञान, बुद्धि, विवेक, व्यवहारविना समाज अघि बढ्न नसक्ने उल्लेख गर्दै सांसद गोर्साईंले भन्नुभयो “इज्जत र संस्कारमा ध्यान नदिए जति सम्पत्ति भए पनि धेरै दुःख दोहोरिने छ ।”
भारतले नेपाली भूमि मिचेर गरिरहेको अतिक्रमणको विरुद्धमा नेमकिपाले जिल्ला जिल्लामा विरोध पर््रदर्शन, सभा र राजनीतिक सचेतना अभियान चलाइरहेको प्रकाश पार्दै सीमा अतिक्रमणको विरोध गरेर जनताले दवाब नदिए देशै नरहने तर्फचिन्ता व्यक्त गर्नुभयो ।
पटक पटक नेपाली भूमि मिचिरहेपनि भारतको आशर्ीवादमा नबोल्ने कायर सरकारप्रति जनताको विरोध भइरहेको उल्लेख गर्दै उहाँले भूमि र जनताको सुरक्षा गर्ने जिम्मा सरकारको हो भन्नुभयो ।
देशघात गर्ने सत्तासीन र ठूला दलका उम्मेदवारलाई फेरि मतदान गरेर गल्ती गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
भक्तपुरको क्षेत्र नं. १-क) का निम्ति नेमकिपाका उम्मेदवार नीरज लवजुले स्थापनाकालदेखि देश र जनताको सेवामा संर्घष्ारत नेमकिपाको निर्वाचन चिन्ह मादलमा छाप राखेर अत्याधिक मतले निर्वाचित गर्न आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष राजन लाखाको सभापतित्वमा भएको सो कार्यक्रममा महेश्वरी साकोसका विवेक कुस्माले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा कृष्णनारायण दुमरुले संस्थाको प्रतिवेदन, कोषाध्यक्ष इश्वरमान दुमरुले आय-व्यय र लेखा संयोजक रामप्रसाद लाखाजुले लेखा समितिको प्रतिवेदन तथा प्रबन्ध राजेन्द्र दुमरुले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान पदक, असल बचत र असल ऋणी तथा सदस्यता वृद्धि गर्ने सदस्यलाई पदक वितरण गरिएको थियो ।
क्षेत्र नं. ३ र ४ को साधारणसभा
क्षेत्र नं. ३ र ४ को साधारणसभाको उद्घाटन नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले शनिबार गर्नुभयो ।
कार्यक्रममा उहाँले संस्थाले सदस्यहरुको साँस्कृतिक स्तर उठाउने लक्ष्य राखेको उपयुक्त भएको चर्चा गर्दै सदस्यहरुको आनीबानी, लवाइखवाई, आचरण, भेषभूषा, सुसंस्कृत बनाउनु नै साँस्कृतिक स्तर उठाउनु हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “आगामी कार्यक्रममा उत्पादमूलक र रोजागारीमूलक लगानी वृद्धि गर्ने लक्ष्य राखिएको पनि उपयुक्त हो । आगामी बर्ष२०२० हुँदै छ । पर्यटकहरुलाई खुवाउने, बसाल्ने लगायत पर्यटन उद्योगतर्फसंस्थाको लगानी बढाउनु उचित छ ।”
देशको सन्तुलित विकास नगरिएकोले काठमाण्डौं उपत्यकाको जग्गा विक्री बढ्दो छ । भएको जग्गा विक्री गरेपछि हामी यहाँको वासिन्दा हुनेछैन र विस्थापित हुनपर्नेछ, उहाँले स्पष्ट पार्नुभयो ।
“सहकारी मार्फ सरकारी अनुदानमा हुने क्षेत्रहरुमा लगानी गरी साझा हितमार्फ काम गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
“अहिले नेपालको ९६१ स्थानको भूमिमा भारतीय हस्तक्षेप भएको समाचार छ । लिम्पियाधुरा मुहान भएको कालापानी नेपालको हो । तर, भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक, तिङ्करसम्म कब्जा गर्दै आएको छ । यो बिषय ३५ दिनभित्र अन्तर्रर्ााट्रय अदालतमा मुद्दा दर्ता गर्न हाम्रा पार्टर्ीीे तर्फाट सरकारलाई सुझाव दिएका छौं । सरकारका प्रधानमन्त्री र मन्त्रीहरु तथा सरकारमा भएका पार्टर्ीी नेताहरु उजुरी दिने अँाट नगरी कुटनीतिक समाधानको रटान गर्दै छन्, यो बेठीक हो”, सांसद सुवालले भन्नुभयो ।
प्रदेश नं. ३ का सभासद् सृजना सैंजुले सहकारी संस्थाहरु पनि वर्गीय रुपमा सञ्चालनमा रहेको चर्चा गर्दै निम्न आय र गरिव वर्गको सेवा हुने संस्थाको सञ्चालनमा जोड दिनर्ुपर्छ भन्नुभयो ।
प्रदेश सभामा उन्नत बीउ, बाल उद्यान, डिपार्टमेन्टल स्टोर आदि बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्नसक्ने व्यवस्थाका लागि आफुले जोड दिएको उहाँले जानकारी गराउनुभयो ।
क्षेत्र नं. १ र २ को साधारणसभा
क्षेत्र नं. १ र २ को साधारणसभाको उद्घाटन नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शनिबार भक्तपुर बैंक्वेटमा सम्पन्न भयो ।
कार्यक्रम उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि प्रजापतिले संस्थाको पूँजी, सदस्य संख्या र आकारले ठूला सहकारी संस्थाका चुनौतिहरु पनि धेरै हुने चर्चा गर्दै सानो गल्तीले ठूलो दर्ुघटना निम्तिनेतर्फपदाधिकारीहरु सजग हुनर्ुपर्छ भन्नुभयो ।
सहकारी संस्थाहरु सहकारीको सिद्धान्त र मूल्य मान्यताभित्र रहेर अगाडि बढ्नर्ुपर्ने आवश्यकता औंल्याउँदै उहाँले सहकारीले रोजगारी सिर्जना, उद्योग स्थापना र मौलिक वस्तु उत्पादन आदिमा लगानी बढाउनर्ुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहँाले भन्नुभयो,”संस्थाका सदस्यहरुलाई देशभक्तिपर्ूण्ा भावनाबाट अभ्रि्रेरित गर्दै समाजको हितको निम्ति काम गर्न प्रेरित गर्ने योजनाहरु सहकारीले ल्याउनु आवश्यक छ ।”
छिमेकी देश भारतले नेपालको भू-भागमा गरेको अतिक्रमण र थिचोमिचो गरेको विरोधमा सम्पर्ूण्ा नेपालीहरु एक हुनर्ुपर्नेमा जोड दिँदै उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद र विकास निर्माणको क्षेत्रमा नमुनाको रुपमा कार्य गरिरहेको चर्चा गर्नुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरि प्रसाद बासुकलाले भक्तपुर नपाले गरिरहेको गतिविधिहरुबारे जानकारी दिँदै सहकारी संस्थाले समुदा र सदस्यहरुको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक तथा संस्थाका पर्ूवअध्यक्ष कृष्णगोविन्द लाखाजुले संस्था स्थापनाको उद्देश्यबारे प्रस्ट पार्दै कानूनी बन्दोबस्त अनुसार सिद्धि गणेश बचत तथा ऋण सहकारीले क्षेत्रगत साधारणसभा गरेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा लेखा समितिका सदस्य हेरा ख्याजुले आर्थिक बर्ष२०७५/०७६ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, संस्थाका सञ्चालक सदस्य पञ्चरत्न सैंजुले आ.व. ०७५/०७६ को यथार्थ आय-व्यय विवरण तथा अनुमानित बजेट र सञ्चालक सदस्य रामलक्ष्मी शिल्पकार लवजुले आ.व. ०७५/७६ को प्रगति तथा ०७६/७७ को प्रस्तावित कार्यक्रम वाचत गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत सङघका सचिव जगन्नाथ प्रजापति र सञ्चाल समिति सदस्य रमेश दुमरुले पनि बोल्नुभएको थियो । प्रमुख अतिथि प्रजापतिले असल ऋणी, सदस्य वृद्धि गर्ने सदस्य, संरक्षित पूँजी फिर्ता कोष प्राप्त गर्ने र समयमै ऋणको व्याज चुक्ता गर्ने सदस्यहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।