सिद्धि गणेशमा निःशुल्क रक्तचाप तथा सुगर परिक्षण हु“दै

१४ असोज, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उपसमितिको आयोजनामा सदस्य लक्षित निःशुल्क रक्तचाप तथा सुगर परिक्षण कार्यक्रमको शुभारम्भ भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले दशैंमा मासुजन्य पदार्थको अधिक खानपान हुने हुँदा चाँर्डपर्वमा अस्वस्थ हुने सम्भावना भएकोले खानापानमा ध्यान दिन सचेत गर्नुहुँदै दशैंमा घुमघाम तथा भेटघाटमा भन्दा रचनात्मक कार्य गरेर विदा तथा फर्ुसदको समयको सदुपयोग गर्नुपर्छ भन्नुभयो । उहाँले संस्थाहरुले शेयर पूँजीमा लाभांश रकम वितरण गर्दा गत आ.व.को नाफाबाट बनेको कोष रकमबाट मात्र बाँड्नर्ुपर्नेमा चालु आ.व.कोे खर्चबाट अन्य शिर्षको नाउँमा रकम वितरण गर्नु नियम संगत होइन भन्नुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले सिद्धि गणेश साकोसले गत आ.व. को शेयर रकमको लाभांश असोज १३ गते देखि कार्त्तिक १५ गते सम्म संस्थाको कार्यालय भवनबाट वितरण हुने जानकारी दिनुहुँदै संस्थाको साधारणसभा गत बर्षजस्तै ३ ठाउँमा छुट्टाछुट्टै क्षेत्रगत रुपमा हुने जानकारी दिनुभयो ।

सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सञ्चालक विष्णुप्रसाद दुमरुले सदस्य स्वस्थ भएमा संस्था स्वस्थ हुने सोचकासाथ कार्यक्रमको आयोजना गरीएको र कार्यक्रममा सहभागी भई स्वास्थ्य लाभ लिन अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा उपसमितिका सचिव राजेश जाकिबन्जारले पनि बोल्नुभएको थियो । सान प्याथोलोजि ल्याव र ख्वप बहुप्राविधिक अध्ययन संस्थानको प्राविधिक सहयोगमा संस्थाको कार्यालय परिसरमा सञ्चालन भइरहेको परिक्षण कार्यक्रम असोज १६ गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published.