उपहार तथा लाभांश वितरण कार्यक्रम सम्पन्न

११ असोज, भक्तपुर ।
आ.व. २०७५/०७६ मा उल्लेख्य शेयर पूँजी वृद्धि गर्ने सदस्यहरुका लागि उपहार तथा लाभांश वितरण कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेश नं. ३ का सभासद सुरेन्द्रराज गोर्साईंको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि गोर्साईंले वर्तमान समयमा भक्तपुर शिक्षा र सहकारी क्षेत्रमा अग्रणी स्थानमा रहेको र अब गठन हुने प्रदेश सहकारी भक्तपुरको संलग्नता विना अधुरो र अपुरो हुन्छ भन्नुभयो । उहँाले भक्तपुर शैक्षिक र आर्थिक रुपमा सबल भइसकेको भन्नहुँदै भक्तपुरबासीहरुको राजनीतिक, साँस्कृतिक र सामजिक स्तर उत्थानका लागि रचनात्मक गतिविधी तथा कार्यक्रमहरुको आवश्यकता तर्फउपस्थित सहकारीकर्मी एवं सदस्यहरुको ध्यानकर्षा गराउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष हरिरत्न गोर्खालीले वित्तीय बजारमा प्रतिस्पर्धाको भावनाले सहकारी संस्थाहरुले साधारणसभालाई तडकभडक पर्ूण्ा रुपमा सञ्चालन गर्न थालेकोमा चिन्ता व्यक्त गर्नुहुँदै साधारणसभामा सदस्यहरुलाई उपस्थिति र लाभांश रकम भन्दा प्रस्तुत हुने वाषिर्क प्रतिवेदनमा ध्यान केन्द्रीत गर्न सुझाव दिनुभयो ।
सभापतिको आसनबाट संस्थाका अध्यक्ष राजन लाखाजुले सहकारीमा वित्तीय अनुगमन तथा व्यवस्थापन प्रभावकारी रुपमा कार्यान्वयन नभएमा जोखिमको मात्रा बढ्ने भन्नुहुँदै सिद्धि गणेश साकोसले वित्तीय अनुगमन तथा व्यवस्थापन प्रणालीको पर्ूण्ा परिपालना गरेकोले जोखिम मुक्त रहको छ भन्नुभयो । उहाँले सिद्धि गणेश साकोसले सदस्यहरुलाई प्रविधिमैत्री सेवा सुविधा दिने क्रममा सिद्धि गणेश मोवाइल बैकिङ्ग र जिल्लामै पहिलो क्ऋत्-ब्त्ः) कार्ड सेवा उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले संस्थाको आवश्यकता र नीति अनुसार विगत केही बर्षेखि उलेख्य शेयर पूँजी वृद्धि गर्ने सदस्यहरुका लागि उपहार तथा लाभांश वितरण कार्यक्रमसञ्चालन गर्दै आइरहेको र यस आ.व. देखि उक्त कार्यक्रम स्थगन गरिएको जानकारी गराउनुहँदै स्वागत मन्तव्य दिनुभएको कार्यक्रम सचिव रुद्रनारायण लाखाले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.