बाल चित्रकला प्रशिक्षण समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
१९ श्रावण, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को महिला तथा बालबालिका उपसमितिको आयोजनामा सञ्चालन भएको बाल चित्रकला प्रशिक्षणको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
जेठ ११ गतेदेखि सञ्चालन भएको २ महिने प्रशिक्षण समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष राजन लाखाजुले सदस्य/प्रशिक्षार्थीहरुको उल्लेख्य सहभागिताको आधारमा कार्यक्रम सफल भएको र संस्थाको भविष्य राम्रो रहेको अनुमान लगाउन सकिने भन्नुहुँदै भविष्यमा प्रशिक्षाथीहरुको शैक्षिक एव व्यवसायीक क्षेत्रमा प्रशिक्षण सहायक सिद्ध हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सिद्धि गणेश साकोसले कानून सम्मत तरिकाबाट सदस्यहरुलाई सेवा सुविधा दिने क्रममा प्रविधिमैत्री हुँदै सिद्धि गणेश मोवाइल बैकिङ्ग र ब्त्ः सञ्चालनमा ल्याएको र चार बषर्ीय व्यावसायीक योजना तर्जुमा गोष्ठी मार्फ आ.व. ०७९/८० भित्रमा संस्थालाई ३१५०० जना सदस्य र ४ अर्व कुल सम्पत्ति भएको संस्थामा परिणत गर्ने योजना रहेको जानकारी दिँदै सहकारी ऐन, नियमावली तथा सम्पत्ति शुद्धिकरण ऐनले सहकारी क्षेत्रमा पारेको असरबारे चर्चा गर्नुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले सिद्धि गणेशस साकोसले स्थापनाकालदेखि समाजको विकासलाई महत्व दिँदै सदस्यको क्षमता विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको भन्नुहुँदै प्रशिक्षण मार्फ सिकेका सीपलाई विभिन्न अवसरहरुमा प्रस्फुटन गरेमा तालिमको औचित्य रहने विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षक गंगाराम प्रजापतिले चित्रकला प्राचिन समयमा सञ्चारको प्रमुख माध्य भएको र वर्तमान समयमा पनि यसको उत्तिकै महत्व रहेको र चित्रकला कुण्ठित विचार एवं भावनालाई प्रस्फुटन गर्ने उत्कृट माध्यम भए सँगै यसले व्यक्तिलाई अनुसाशनमा रहन सिकाउने भन्नुहुँदै चित्रकलाको महत्व माथि प्रकाश पार्नुभयो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सञ्चालक रामलक्ष्मी शिल्पकार लवजुले चित्रकला प्रशिक्षण संस्थाको रजत बर्षो अवसरमा संस्थाका बाल बचतकर्ताहरुमा सीप विकास गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको जानकारी दिँदै आगामी दिनहरुमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरुमा सहभागी भई अवसरको फाइदा लिन सहभागिहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रममा प्रशिक्षार्थी लिजा दुवालले प्रशिक्षण सम्बन्धि आफ्नो अनुभव व्यक्त गर्नुभएको थियो भने आयोजक उपसमितिका सचिव रन्जना प्रजापतिले पनि बोल्नुभएको थियो ।