एक दिने कौसी खेती तथा कम्पोट मल बनाउने तालिम सम्पन्न

५ माघ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी सं. लि. को २५ औं स्थापना दिवसको अवसरमा सदस्य व्यवसाय पर््रवर्द्धन उपसमितिको आयोजनामा एक दिने कौसी खेती तथा कम्पोष्ट मल बनाउने तालिम सम्पन्न भयो ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले वर्तमान समयमा कृषियोग्य भूमिको घट्दो उपलब्धता, बजारमा पाइने विषादियुक्त फलफुल तथा तरकारीले गर्दा कौसी खेतीको महत्व दिन प्रतिदिन बढ्दै गइरहेको छ भन्नुभयो । उहाँले कौस खेतीलाई परम्परागत अन्धविश्वास विरुद्धको अभियान भन्नुहुँदै फोहरमैला व्यवस्थापनका लागि जनजागरणको अभावको अवस्थामा यस तालिमले सकारात्मक भूमिका खेल्ने आशा गर्नुहुँदै कृषि मलको लागि अरुको भर पर्नुपर्ने हाम्रो जस्तो अल्प विकसित देशमा कम्पोष्ट मलको व्यावसायिकताको प्रचुर सम्भावना रहेको बताउनुभएको थियो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले कौसी खेती तथा कम्पोष्ट मलले आफ्नो वरिपरिको वातावरणलाई सुन्दर बनाउन सकिनुका साथै मौसम अनुसार स्वास्थ्यवर्द्धक कृषिजन्य उत्पाद गरि स्वास्थ्यलाभ लिन सकिने बताउनुहुँदै सिद्धि गणेश साकोसले यस्ता तालिम मार्फ सदस्यको वित्तीय सा्रेत र क्षमता अभिवृद्धि गर्दै संस्थाको क्षमता वृद्धि गर्दै आइरहेको बताउनु भएको थियो ।
तालिममा प्रशिक्षक सृजना सितिखुले वर्तमान युगमा फोहरमैला व्यवस्थापन एक प्रमुख चुनौतिको रुपमा र थोरै स्रोत साधनको उपलब्धतामा पनि कौसी खेती गर्न तथा कम्पोष्ट मल बनाउन सकिने बताउनुहुँदै तालिम पश्चात सहभागिहरुले सिकेका सीप तथा ज्ञानलाई व्यवहारमा उतार्न सहभागिहरुलाई अनुरोध गर्नुभएको थियो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सदस्य राजाराम दुवालले संस्थाका सदस्यहरुलाई व्यवसाय गर्न सिकाउने तथा व्यवसायका लागि आवश्यक सीप, तालिम सँगै व्यावसायिक जोखिम कम गर्ने उपाय सिकाउने उद्देश्यका साथ सदस्य व्यवसाय पर््रवर्द्धन उपसमितिको गठन भएको र त्यसका लागि विभिन्न समय र अवसरमा गतिविधि तथा तालिमहरु सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभएको थियो ।
१९ जना सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा आयोजक उपसमितिका सचिव राजेश लाखा र सदस्य सपना कवांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.