अनिवार्य शिक्षा शिविर सम्पन्न । चैत्र १७,२०८०

अनिवार्य शिक्षा शिविर
१७ चैत्र, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाका सेवा सुविधा सम्बन्धि जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थामा स्थापना कालमा सिमति मात्र सदस्य बनाउने अभ्यास रहेको तर अध्ययन पश्चात सहकारी संस्था सहकारी सिद्धान्त पालना गरी सञ्चालन गर्नुपर्ने भएको हुनाले हाल खुल्ला सदस्यता दिँदै आएको र सम्पूर्ण सिद्धान्तको पालना गरी संस्था सञ्चालन भइ रहेको बताउनुभयो ।
उहाँले बजारमा सहकारी संस्थाहरुको खराब प्रचार भइ रहेको अवस्थामा सबै सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई निरन्तर सहकारी सम्बन्धि शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लाखाले नीति नियममा रहि संस्था सञ्चालन गरे कहिले समस्यामा नपर्ने कुरा औल्यउँदै कुनै पनि सहकारी संस्थामा सदस्य बन्न पहिले संस्थाको संगठनिक संरचान र सञ्चालकहरु बारे राम्ररी बुझ्न सचेत गराउनुभयोे ।
उहाँले सम्पूर्ण सदस्यहरुको वित्तीय समस्याको समाधानको एउटै ठलो सिद्धि गणेश साकोसलाई बनाउने ध्ययको प्राप्तिका लागि सदस्यहरुलाई बचत सेवामा अरु संस्था भन्दा बढि र ऋण सुविधामा कम व्याज कायम गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रमका सभापति शिक्षा उपसमितिका संयोजक एवं संस्थाका सचिव विष्णु प्रसाद दुमरुले बजारमा बढि व्याजको प्रलोभन देखाउने र आफ्नो कार्यक्षत्र बाहिर कारोवार गर्ने संस्थाहरुमा तरलताको समस्या देखिएको हुनाले त्यस किसिमका संस्थाहरु संग सर्तक रहन आग्रह गर्नुभयो ।
उहाँले सदस्यहरुको सहजताका लागि संस्थाबाट पूर्व र पश्चिम दुबै भेगमा सेवकेन्द्र सञ्चालन गर्दै आएको जानकारी गराउँदै संस्थाको पृष्ठभुमि र संस्थामा उपलब्ध विमा तथा लघुवित्त बचत समूहका सुविधा बारे प्रस्त पार्नुभयो ।
नयाँ तथा सम्भावित ३४ जना सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन आयोजक उपसमितिका सचिव किरण बनमालाले गर्नुभएको थियो भने व्यवस्थापक शिला गोसाईले कार्यक्रममा संस्थाको सेवा सुविधा बारे जानकारी दिनुभएको थियो ।