सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७९/०८० को अर्ध–वार्षिक प्रगति समिक्षा कार्यक्रम संस्थाको समिति, उपसमिति र कर्मचारीहरुको सहभागीतामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं सभापति रुद्रनारायण लाखाले बैठक प्रणालीमा सञ्चालन गर्नुभएको कार्यक्रममा समुहगत छलफलबाट प्राप्त सुझावहरुले संस्थागत प्रगतिमा सहायक भूमिका निभाउने र सुझावहरु उपर गम्भिरतापूर्वक सञ्चालक समितिमा छलफल हुने जानकारी दिनुहुँदै अर्ध–वार्षिक कार्यक्रमले लक्ष्य प्राप्तिमा सहयोग पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले कुनै पनि संस्थामा संलग्न भइसकेपछि संस्थाको गतिविधिहरुमा सक्रिय रुपमा सहभागि भई सदस्य र समाजको हितका लागि कर्तव्यनिष्ठ र इमान्दारितापूर्वक कार्य गर्नुपर्नेमा जोड दिनुहुँदै सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे थप प्रभावकारी रुपमा जानकारी दिन कार्ययोजना बनाउनुपर्छ भन्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष राजन लाखाजुले संस्थाको वार्षिक कार्ययोजना अनुसार लक्ष्य प्राप्तिका लागि पछिल्लो ६ महिनाको गतिविधिको समिक्षा गर्दै आवश्यक नीति तथा क्रियाकलापको भावी योजना बनाउन अर्ध–वार्षिक प्रगति समिक्षा कार्यक्रम गर्ने परिपाटि अनुसार कार्यक्रमको आयोजना भएको जानकारी दिनुुभयो ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक राम प्रसाद लाखाजुले संस्थाले सुशासन तथा सुरक्षालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेकोले वर्तमान तरलता संकटको समयमा पनि सदस्यहरुले संस्थाप्रति विश्वास देखाएको र सिद्धि गणेश साकोसको एक अंगको रुपमा कार्य गर्न पाउनुमा गौरव महसुस भएको भन्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले धन्यवाद ज्ञापन मन्तव्य दिनुहुँदै सहकारी संस्था आफ्नो आवश्यकता आफैं पुर्ति गर्ने अभ्यासको थलो भएको र सहकारी मार्फत सदस्यहरुले आफ्नो व्यक्तित्व विकाससँगै आर्थिक क्षमता विकास गर्न सकिने र अर्ध–वार्षिक समिक्षा मार्फत प्राप्त सुझावहरुले संस्थाको मार्गनिर्देश गर्छ गर्नुभयो ।
संस्थाका सचिव विष्णुप्रसाद दुमरुले चालु आ.व.को ६ महिनामा सम्पन्न भएका कार्यक्रम तथा गतिविधिहरुसहितको प्रगति प्रतिवेदन, कोषाध्यक्ष जयराम गोर्खालीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईंले स्वागत मन्तव्यसँगै संस्थाको सेवा सुविधासँगै ४ बर्षे व्यावसायीक योजना सम्बन्धि प्रस्तुती दिनुभएको थियो ।
२०५१ साल पुस २९ गते स्थानीय ३१ जना युवाहरुको ३१०० बाट शुरु भएको संस्थाले २०७९ पुस मसान्तसम्मा १६१२३ सदस्य तथा ३१५९ बालबचतकर्ताहरुबाट शेयर पूँजी २६ करोड ६० लाख ९८ हजार, निक्षेप तथा बचत २ अर्व ६ करोड ४५ लाख ९२ हजार, ऋण १ अर्वं ८९ करोड ९५ लाख ३४ हजार, जगेडा कोष १९ करोड ४३ लाख ३० हजार र कुल सम्पत्ति २ अर्व ६८ करोड ३७ लाख ५४ हजारभन्दा बढीकोको निर्माण गर्न सफल भएको छ ।

नेमकिपा अध्यक्ष विजुक्छेंद्धारा एक सय १५ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सोमबार एक सय १५ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्नुभएको छ । सिद्धि गणेश वचत तथा ऋण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको आयोजनामा भएको ज्येष्ठ सदस्य सम्मान कार्यक्रममा अध्यक्ष विजुक्छेंले संस्थामा आवद्ध ती ज्येष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको हो । संस्थाले प्रत्येक वर्ष संस्थामा आवद्ध ७० वर्ष नाघेका ज्येष्ठ सदस्यहरुलाई वर्षमा एकपटक यसरी नै सम्मान गर्दै आएको जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले ज्येष्ठ सदस्यहरुको उचित स्याहारसुसारका लागि आदर निकेटनको आवश्यकताबारे चर्चा गर्नुभयो । अहिले परिवारका सदस्यहरु सवैजना व्यस्त रहने भएकाले परिवारका ज्येष्ठ सदस्यहरुलाई उचित स्याहारसुहार गर्ने समस्या भएको उहाँंले बताउनुभयो । त्यसकारण ज्येष्ठ सदस्यहरुको उचित स्याहारसुसारका लागि आदर निकेतन सञ्चालन गर्नुपर्नेमा उहाँंले जोड दिनुभयो ।
ज्येष्ठ सदस्यहरुलाई आफनो स्वास्थ्यप्रति गम्भीर हुन सचेत गराउनुहुँंदै उहाँंले चिकित्कसको निगरानीमा रहेर चिकित्सककै सल्लाह अनुसार अगाडि वढन सल्लाह दिनुभयो । चिकित्सकले औषधि खानुपर्छ भनेमा औषधि खान नहिच्किचाउनु होला, सुझाउनुभयो । उहाँंले आआफनो स्वास्थ्यप्रति सम्वेदनशिल भई औषधि उपचार गर्न पछि नपर्न सुझाब दिनुभयो । रोग लागिसकेपछि तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन हुन उहाँंले सवैलाई सुझाब दिनुभयो ।
कार्यक्रममा ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका संयोजक डा रत्नसुन्दर लासिवाले सहभागी ज्येष्ठ सदस्यहरुलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरुबारे जानकारी गराउनुभयो । उहाँंले समयमै उपचार गरे रोगको निदान हुने भन्दै यसतर्फ सवैजना ज्येष्ठ सदस्यहरुलाई सचेत रहन आग्रह गर्नुभयो । साथै निरोगी बन्नका लागि उचित खानपान संगै शारिरीक व्यायाम र खुशी हुन पनि त्यति नै जरुरी रहेको बारेमा जानकारी गराउनु भयो ।
संस्थाका अध्यक्ष रुद्रनारायण लाखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव विष्णुप्रसाद दुमरुले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा ८० ज्येष्ठ सदस्यहरुले सामान्य स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा जनाइए अनुसार संस्थाले २०७० सालबाट ज्येष्ठ सदस्य सम्मान कार्यक्रम सुरु गरेको थियो । वर्षमा एक पटक गरी गतवर्षसम्म ६ सय ७१ ज्येष्ठ सदस्यलाई सम्मान गरिसकेको कार्यक्रममा जनाइयो । सोमबार थप एक सय १५ जनालाई सम्मान गरिएको थियो ।

लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम
२५ चैत्र, भक्तपुर
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्था उपाध्यक्ष विष्णुराम दुमरुले हाल देखिएको बेरोजगारीको दरलाई कम गर्नका लागि शैक्षिक क्षेत्रमा संलग्न सदस्यहरुलाई उत्प्रेरित गर्नका लागि यो कार्यक्रम अति आवश्यक र परिणाममूखि हुने कुरा बताउनु भयो साथै विगतमा यस किसिमको कार्यक्रमले सकारात्मक परिणाम आएको पनि स्मरण गराउनु भयो । हाल बैदेशिक रोजगारीमा लाखौ युवाहरु विदेशमा छन् कतिपय नेपालीहरुले खाडी मुलुकमा ज्यान गुमाउनु परेको छ भने कति पय नेपालीहरु अष्ट्रेलिया, जापान, अमेरिका आदि देशमा जाने तर नेपाल नर्फकिने गर्छन जसले गर्दा अभिभावकहरु आफ्नो सन्तानबाट टाढिएर बस्न बाध्य भएको बताउनु भयो । नेपाल मै इमान्दारीताका साथ भ्रष्टाचार मुक्त देशको सेवा गर्ने हो भने देशको आर्थिक अवस्था सुधार हुने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रमका सहजकर्ता लोकसेवा आयोगका निवृत शाखा अधिकृत मणिरत्न बज्राचार्यले आफ्नो ३७ वर्ष ९ महिनाको अनुभवमा लोकसेवामा कसैको भनसुन नचल्ने निष्पक्ष रुपमा छनौट गर्ने भएकोेले दुढतापूर्वक लोकसेवा तयारीमा लाग्न अनुरोध गर्नुभयो । किसान परिवारबाट हुर्केका हामी राज्यको पहुँच व्यक्तिको रुपमा परिचित हुनको लागि नयाँ वर्षको शुभकामना सहित तयारी वर्षको रुपमा अगाडी बढ्न प्रेरित गर्दै सामाजिक सञ्जालमा भुल्न नहुने बताउनु भयो । भक्तपुर नगरपालिका शिक्षा क्षेत्रमा नै अगाडी रहेको हुनाले यहाँका वासिन्दाहरु राज्यको पहुँच व्यक्ति बन्नु पर्ने कुरा व्यक्त गर्दै सरकारी सेवामा वर्तमान संगै भविष्य पनि उज्वल रहने बनाउनु भयो ।
कार्यक्रममा सहजकर्ता कर्मचारी सञ्चय कोषका निवृत वरिष्ठ प्रबन्धक महेन्द्र राज शाक्यले लोकसेवा तयारी सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो जसमा नेपालको संविधानमै लोकसेवा गठन सम्बन्धी प्रावधान भएको र लोकसेवा अन्र्तगत सरकारी कर्मचारीहरु छनौट गर्ने भएकोले आजै बाट तयारीमा लाग्नु पर्ने बताउदै नेपालमा भएको विभिन्न सरकारी सेवाहरुको बारेमा चर्चा गर्नुभयो साथै लोकसेवाका लागि योग्य र अयोग्य व्यक्तिको बारेमा पनि स्पष्ट व्याख्या गर्नुभयो । एक पटक असफल हुदैमा तयारीलाई पुर्नविराम लाउनु हुदैन भन्दै पटक पटक प्रयास गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।
संस्थाको सचिव एवं शिक्षा उपसमितिको संयोजक विष्णुप्रसाद दुमरुले संस्थाको ६ वटा उद्देश्य मध्येको एक उद्देश्य अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको बताउनु हुदै हाल उच्च शिक्षा हासिल गरेको व्यक्तिहरु पनि न्यून पारिश्रमिकमा काम गर्न बाध्य भइरहेको हुनाले ती व्यक्तिहरुलाई नै लक्षित गरिएको कुरा व्यक्त गर्नुभयो । हाल पनि भनसुन कै आधारमा काम पाइने मानसिकता छ जुन टिकाउ नहुने भएकोले विद्यार्थीहरुले अध्ययनशिल र सिर्जनशिल हुनुपर्ने र आफ्नो क्षमता आफै्ले पहिचान गरि लोकसेवा तयारीका अघि बढ्नुपर्ने कुरा व्यक्त गर्नुभयो । विद्यार्थीले संघर्ष गर्नुपर्ने र आफ्नो लागि आफै नै पढ्नु पर्ने भएकाले देशको संविधान, सम्बन्धित ऐनहरुको अध्ययन गरी राज्यको सेवा गरी आत्मनिर्भर बन्नुपर्ने आजको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।
शिक्षा उपसमितिको सचिव किरण वनमालाले सञ्चालन गरिएको सो कार्यक्रममा संस्था व्यवस्थापक शिला गोसाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भक्तपुर, २० वैशाख ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बाग्मती प्रदेशसभाका सांसद एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले हामीले दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न होइन देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । मजदुर र किसान वर्गको शासन ल्याउन नै आमूल परिवर्तन आवश्यक भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आर्थिक समानता आजको आवश्यकता हो ।”
उहाँले भन्नुभयो, “सहकारी संस्थामा चुनौती र अवसर धेरै भएको क्षेत्र हो । काम गर्ने र काम गराउने क्षेत्र हो । जहाँ सम्मानजनक वातावरण हुन्छ सम्मानजनक व्यवहार हुन्छ, त्यहाँ द्वन्द्वको सही व्यवस्थापन हुन्छ, काम गर्ने उत्प्रेरणा हुन्छ । प्रभावकारी कार्य सम्पादन हुन्छ । संस्थामा सामूहिक भावना हुनुपर्छ, कोही कसैको मालिक हुँदैन । सबैको आ – आफ्नो क्षेत्रमा महत्वपूर्ण स्थान हुन्छ ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले मजदुर आन्दोलनले काम गर्ने समय सुनिश्चित भएको र ज्याला बढेको बताउँदै शारीरिक र बौद्धिक मजदुरहरूको समानताको निम्ति फेरि सङ्घर्ष गर्नु आवश्यक छ भन्नुभयो । समाज परिवर्तनको लागि सचेत जनताको सङ्गठन हुनु आवश्यक छ, उहाँले भन्नुभयो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति रुद्रनारायण लाखाले सिद्धि गणेश साकोस समाज परिवर्तन गर्ने उद्देश्यले स्थापना भएको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले संस्थाको समिति, उपसमिति र कर्मचारीहरूलाई मई दिवसको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो । संस्थाका सचिव विष्णुप्रसाद दुमरुले मई दिवसको महत्वबारे चर्चा गर्नुभयो ।

४ बर्षे व्यवसायिक योजना तर्जुमा गोष्ठी सम्पन्न
जेठ १३, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको आ.व. २०८०÷०८१ देखि आ.व. २०८३÷०८४ सम्मको ४ बर्षे व्यवसायिक योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका वर्तमान समिति तथा उपसमितिका पदाधिकारीहरु र वरिष्ठ कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष एवं गोष्ठीका सभापति रुद नारायण लाखाले विगतको ४ वर्षे व्यवसायिक योजनाको समिक्षाको तथा आवश्यक नीतिगत संशोधन गरी अगामी दिनहरुमा सदस्य केन्द्रित भई अगाडी बढ्नुपर्नेमा जोड दिनुहुदै प्रविधिलाई आत्मसात गरि सदस्यहरुलाई वित्तीय साक्षरताका साथ साथै प्रविधि साक्षरताको कक्षा सञ्चालन गरि सर्वोत्कृष्ट वित्तीय समाधानको लागि सिद्धि गणेश हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले स्वागत मन्तव्यका साथै विगतको कोभिड र आर्थिक मन्दीका कारणले गर्दा समय समयमा ४ वर्षे व्यवसायिक योजनामा पुनरोवलोकन गर्नुपरेको कुरा जानकारी गराउदै व्यवसायिक योजना महत्वकांक्षी नभई हासिल गर्न सकिने किसिमको लक्ष्य तय गरि अगाडी बढ्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो ।
संस्थाको सबल पक्ष र दुर्बल पक्ष बारेमा सहभागीहरुको ५ वटा समूह बनाई समूह कार्य गरि आगामी दिनमा सबल पक्षलाई निरन्तरता दिदै दुर्बल पक्षमा सुधार गर्नुपर्ने निष्कर्ष सहित सम्पन्न भएको गोष्ठीमा नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेम नाथ वाग्लेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।

२०८० जेठ २७ शनिबार
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. चोर्चा ७ भक्तपुरको, सेवाकेन्द्र व्यवस्थापन उपसमिति तेखापुखुको आयोजनामा एकदिने दहि बनाउने तालिम सम्पन्न भयो ।
तालिममा समापन कार्यक्रमका अतिथि संस्थाका कोषाध्यष जयराम गोर्खालीले समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था लि. मध्ये नेपालको उत्कृष्ट दश सहकारी संस्था मध्ये एक संस्था सिद्धि गणेश साकोस रहेको जानकारी गराउदै ब्याजको लोभमा परि नाफामूलक सहकारी संस्थामा रकम जम्मा गरेको कारणले गर्दा बचत समेत गुमेको उदाहरण दिदै जिवनभरको कमाई जोखिममा पर्ने गरि असुरक्षित संस्थाहरुमा बचत जम्मा गर्ने बानी त्यागी समुदायमा आधारित सहकारी संस्थामा बचत गर्न सुझाव दिनुभयो । हाल पनि सहकारी शिक्षाको कमीका कारणले गर्दा सदस्यहरुको बचत जोखिममा परेको हुनाले निरन्तर रुपमा सहकारी शिक्षा शिविरिको आवश्यता औल्याउनु भयो । तालिममा सिकेका सिपलाई उद्यमशीलतामा परिणत गरि आयआर्जनको मूख्य श्रोतको रुपमा विकास गर्न सके बाह्य तथा आन्तरिक पर्यटनमा समेत सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्दै उत्पादनशील क्षेत्रमा ऋण लगानी नगरेककै कारण आज देश आर्थिक मन्दीको चपेटामा परेको विचार राख्नु भयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले सिद्धि गणेश साकोसको कूल सम्पत्ति २ अर्व ७५ करोड पुगेको र बाल सदस्य सहित १९ हजार भन्दा बढि सदस्य रहेको बताउनु हुदै सिद्धि गणेशमा तरलताको समस्या नरहेको र हाल पनि व्यवसायिक शिर्षकमा ५० लाख सम्म ऋण प्रवाह गर्दै आएको र जति सुकै ठुलो रकमको बचत फिर्ता गर्न सक्ने गरि ३२ प्रतिशत तरलता व्यवस्थापन भएको जानकारी दिनु भयो । साथै तािलम लिएको सदस्यहरुले व्यवसाय गर्नका लागि आवश्यक ऋण सेवाका लागि सधै तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा पूर्व सञ्चालक पञ्च रत्न सैजुले निम्न आय भएका सदस्यहरुको सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा जिवनस्तर उकास्न यस किसिमका तालिमहरुको महत्वपूर्ण भुमिका रहेने हुनाले तालिमको महत्वलाई बुझेर व्यवसायमा उतार्न सक्ने वातावरण सिर्जना गर्न यस संस्थाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गर्नुभयो ।
तालिमका प्रशिक्षक तुल्सी लक्ष्मी राजलवतले प्रशिक्षकले हाल बजारमा भक्तपुरको दहिको माग बढिरहेको अवस्थामा दुधको कमीका कारणले दहिको गुणस्तरमा कमी आएको बताउनु हुदै प्रशिक्षकको अवसर दिनुभएकोमा संस्थालाई धन्यवाद प्रकट गर्नुभयो ।
कार्यक्रमका सभापति एव सेवाकेन्द्र व्यवस्थापनका संयाजक राधेश्याम सैजुले समुदायमा आधारित सहकारीका सञ्चालकहरुले स्थानिय व्यक्तिहरुलाई जागिरको लोभ देखाएर करोडौं रकम संकलन गरी भाग्ने काम बढिरहेको हुनाले यस किसिमको अवस्थाबाट सचेत भई सुरक्षित सहकारीमा आर्थिक कारोबार गर्नुपर्ने बताउनु भयो ।
सेवाकेन्द्र उपसमितीका सचिव पुण्यराम कर्माचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरु राज सुवाल, चन्द्र गोपाल माक साथै उपसमितिका सदस्य चम्फा खत्रीले पनि बोल्नुभएको थियो ।

२०८० जेठ २७ गते शनिबार सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अतिथि संस्थाका पूर्व अध्यक्ष एवं वर्तमान सञ्चालक समिति सदस्य कृष्ण गोविन्द लाखाजुले लोक को सेवा गर्ने नै लोकसेवा हो भन्ने सरल परिभाषा दिनुहुदै सहकारी सेवामा आबद्ध हुन चाहनेहरुको संख्या धेरै भएको हुनाले अधक मेहनत गर्नुपर्ने कुरामा जोड दिनुभयो । हाल सरकारी क्षेत्रका साथ साथै सहकारी क्षेत्रमा पनि राम्रो सेवा सुविधा भएको हुनाले सो क्षेत्रमा पुग्न पनि निरन्तर प्रयास र अध्ययन जरुरी भएको जानकारी गराउनु भयो । जुन तहका लागि प्रतिस्पर्धा गर्ने हो सो विषयमा पूर्ण ज्ञान भएमा सफल हुने कुरामा जोड दिनुहुदै वर्तमान अवस्थामा सहकारी दुई किसिमको कारणले गर्दा समस्यामा परेको कुरा प्रष्ट पार्नुभयो । जसमध्ये कोभिड, रुस र युक्रेनको युद्ध, आर्थिक मन्दी कारणले देशको आर्थिक अवस्थामा परेको संकटले गर्दा सहकारी मात्र नभई बैक पनि समस्यामा रहेको र दोश्रो कारण संचालकहरुले सुशासन कायम नगरी आर्थिक हिनामिनाका कारणले सहकारी समस्यामा परेको कुरा बताउनु भयो । साथै जागिरको लोभमा सहकारीको साथै संचालकको राम्रो जानकारी नभई काम गर्न हुदैन भन्नुभयो र घर परिवार, आफन्तहरुलाई समुदायमा आधारित संस्थामा मात्र कारोबार गर्न प्ररित गराउनु पर्ने बताउनु भयो । उक्त कार्यक्रमका सहजीकर्ता लोकसेवा आयोगका निवृत शाखा अधिकृत मणिरत्न बज्राचार्यले भक्तपुर शिक्षा क्षेत्रमा उत्कृट नगरपालिका रहेको हुनाले एक घर एक स्नातकको अभियान जस्तै एक घर एक निजामती कर्मचारीको अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो । लोकसेवा आयोगको लिखित र अन्तर्वाताको प्रक्रिया थाहा नभएका व्यक्तिहरुले जागिर खानका लागि भनसुन र पावर लगाउनु पर्ने भन्ने मान्यता रहेको छ तर ४० वर्षको अनुभवमा लोकसेवामा गोप्यनियता र निष्पक्षरुपमा नियुक्ति गरिएको कुरा व्यक्त गर्नुभयो । वर्तमान अवस्थामा सरकारी जागिरको आवश्यता रहेको हुनाले लोकसेवा तयारी गर्ने मनसाय लिई कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण सहभागीहरुलाई कार्यक्रम पश्चात पनि दृढताका साथ तयारीमा लाग्न अनुरोध गर्दै तयारीको लागि शुभकामना पनि दिनुभयो । कार्यक्रमका अर्का सहजकर्ता कर्मचारी सञ्चय कोषका निवृत बरिष्ठ प्रबन्ध महेन्द्र राज शाक्यले लोकसेवा आयोगको बारेमा प्रस्तुतीकरण सहित हरेक बुधबार गोरखापत्रमा लोकसेवा सम्बन्धि सूचनाहरु प्रकाशन हुने भएकाले अध्ययन गर्नुहुन अनुरोध गर्नुभयो । कार्यक्रमका सभापति एवं संस्थाका सचिव विष्णु प्रसाद दुमरुले स्नातक उत्तीर्ण विद्यार्थीहरुले पढाईलाई भन्दा पनि स साना आर्य आर्जन हुने काममा ध्यान दिएको पाइएको बताउनु भयो । लोकसेवाको विज्ञापन हुदा आवेदन दिन उत्प्ररित गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको बताउनु हुदै महेनत गरि परिक्षा दियो भनै पक्के पनि सफल हुने भन्नु भयो । कार्यक्रमको सञ्चालन उपसमितिका सचिव किरण बनमालाले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका व्यवस्थापक शिला गोसाईले दिनुभएको थियो ।

 

 

 

 

 

भक्तपुर, जेठ ३१ गते ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजना र ख्वप अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्त्रीरोग तथा सुगर परिक्षण शिविर सम्पन्न भयो ।
शिविरको औपचारीक कार्यक्रमका अतिथि एवं संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले सदस्य स्वस्थ नभएमा बचत गर्ने वातावरण श्रीजना नहुने भन्नुहुँदै हाल समुदायमा सुगर रोगले धेरै सर्वसाधारणको जनजीवीकामा असर पारेको बताउनुभयो । उहाँले हाम्रो समुदायका महिलाहरु आफ्नो शारिरीक सम्स्याको बारे खुल्ला रुपमा बोल्न नसकेको र विभिन्न वडाबाट हुने यस किसिमका शिविरमा सामान्य समस्या पनि लुकाएर राख्दा त्यसता समस्या क्यान्सरमा परिणत भएको पाइएको बताउनु भयो । हाल धेरै सहकारीमा समस्या परेको अवस्थामा पनि यस संस्थाले निरन्तर सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो । उहाँले यस संस्थाबाट विभिन्न सिपमुलक तालिमको आयोजना गरी सदस्यहरुलाई आत्मनिर्भर बनाई आर्थिक स्तर उकास्ने प्रयास भईरहेको हुनाले सहभागीहरुलाई त्यस्ता तालिमहरुमा सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालबाट पाल्नुभएका स्त्रीरोग विषेशज्ञ डा. कृष्ण प्यारी दुगुजुले हाम्रो समुदायमा रहेका महिलाहरुले लाजका कारण आफ्ना समस्या असहनिय नभए सम्म डाक्टरी परामर्श लिन नआउने बताउनुभयो साथै नियमित स्वास्थ्य परिक्षण गरी सुखी जीवन बिताउनका लागि यस किसिमका शिविर लगायत ख्वप अस्पतालबाट पनि आवश्यक परामर्श लिन आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक रमेश दुमरुले यस सेवाकेन्द्रबाट यस भेगका सदस्यहरुको आर्थिक कारोबारमा मात्र सिमित नरहि संस्थाका पूर्वीभेगिय सदस्य तथा स्थानियहरुको स्वस्थ्यलाई मध्यनजर गरी यस शिविर आयोजाना गरिएको जानकारी दिनुहँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
उक्त शिविरमा ८२ जनाले सुगर तथा रक्तचाप परिक्षण गराएका थिए भने ३२ जनाले स्त्रीरोग बारे परामर्श लिएका थिए । औपचारीक कार्यक्रममा व्यवस्थापक शिला गोसाईले स्वागत मन्तव्य दिनुभएको थियो भने आयोजक उपसमितिका सचिव प्रकाश प्रजापतीले उक्त कार्यक्रम सञ्चालन गर्नु भएका थिए ।

This will close in 0 seconds