बाल चित्रकला प्रशिक्षण समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

बाल चित्रकला प्रशिक्षण समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

१९ श्रावण, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को महिला तथा बालबालिका उपसमितिको आयोजनामा सञ्चालन भएको बाल चित्रकला प्रशिक्षणको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो । जेठ ११ गतेदेखि सञ्चालन भएको २ महिने प्रशिक्षण समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष राजन लाखाजुले सदस्य/प्रशिक्षार्थीहरुको उल्लेख्य सहभागिताको आधारमा कार्यक्रम सफल भएको र संस्थाको भविष्य राम्रो रहेको अनुमान लगाउन सकिने भन्नुहुँदै भविष्यमा प्रशिक्षाथीहरुको शैक्षिक एव व्यवसायीक क्षेत्रमा प्रशिक्षण सहायक सिद्ध हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सिद्धि गणेश साकोसले कानून सम्मत तरिकाबाट सदस्यहरुलाई सेवा सुविधा दिने क्रममा प्रविधिमैत्री…

Read More

सिद्धि गणेशमा खुला शिक्षा शिविर तथा निःशुल्क रक्तचाप परिक्षण कार्यक्रम सम्पन्न

सिद्धि गणेशमा खुला शिक्षा शिविर तथा निःशुल्क रक्तचाप परिक्षण कार्यक्रम सम्पन्न

२६ माघ, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को यातु गणेश सेवा केन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा संस्थाको रजत बर्षो अवसरमा सेवाकेन्द्र कार्यालय परिसरमा खुला शिक्षा शिविर तथा निःशुल्क रक्तचाप परिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले नयाँ तथा सम्भावित सदस्यहरुलाई वित्तीय बजारको बारेमा तथा सिद्धि गणेशको बारेमा सू-सूचित गर्ने उद्देश्यका साथ शिक्षा शिविर कार्यक्रम स्थापनाकाल देखि गर्दै आइरहेको जानकारी दिनुभएको थियो । उहाँले सिद्धि गणेश साकोसले सहकारीका मूल्य, मान्यताका साथ साथै अन्तराष्ट्रिय सिद्धान्तहरुको पालन गर्दै निरन्तर शिक्षा, तालिम, अभिमूखीकरण मार्फ समाजको विकासमा लागिपरेको…

Read More

सिद्धि गणेशको शिक्षा शिविर सम्पन्न

सिद्धि गणेशको शिक्षा शिविर सम्पन्न

पुष १४, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेशको परिकल्पना, ध्येय, उद्देश्य सहितका अवधारणागत पक्षहरु सम्बन्धि जानकारी दिनुहुँदै शिक्षा शिविर मार्फ आफ्नो उद्देश्य अनुकुलको संस्था सिद्धि गणेश भए नभएको छुट्टयाउन सकिने बताउनुभयो । उहाँले सहकारीका सदस्यहरुको जीवनस्तरमा आएको परिवर्तनबाट सहकारीहरुको सफलताको मापन गर्न सकिने भएकोले सहकारीले सदस्यहरुको जीवनमा सकारात्मक परिवर्तनकालागि सधैं प्रयासरत रहनर्ुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सिद्धि गणेशले अघिल्लो पुस्तालाई…

Read More

ँसहकारी गरिब मजदुर र किसानका लागि हुनुपर्ने’

ँसहकारी गरिब मजदुर र किसानका लागि हुनुपर्ने’

भक्तपुर, १५ मंसिर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको २४ औँ साधारणसभा क्षेत्रगतरूपमा तीन छुट्टाछुटै ठाउँमा शनिबार सम्पन्न भयो । कमलविनायकस्थित स्टार बैंक्वेटमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित० ले सहकारी संस्था गरिब मजदुर रकिसानको लागि गरिबकै पैसा सङ्कलन गरेर खोल्नुपर्ने बताउनुभयो । जनताले काम पाउने पर्यटन उद्योग, कलकारखाना, पसल खोल्न सहकारी संस्था अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुहुँदै अध्यक्ष रोहितले भन्नुभयो, ँँसहकारी संस्थाले जनताको राजनीतिक, सांस्कृतिक, शैक्षिक स्तर उकास्न, नागरिक भावना जगाउन र समाजप्रति समर्पित बनाउन कक्षा सञ्चालन, अन्तरक्रिया र प्रशिक्षण सञ्चालनका साथै विभिन्न…

Read More

लाभांशका साथ स्वास्थ्य परिक्षण

लाभांशका साथ स्वास्थ्य परिक्षण

२३ असोज, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी सं. लि. को स्वास्थ्य उपसमितिको आयोजनामा संस्थाको कार्यालय भवनमा लाभांश रकम लिन आउने सदस्यहरुलाई लक्षित गर्दै निःशुल्क रक्तचाप तथा सुगर-चिनीरोग) परिक्षण कार्यक्रमको शुभारम्भ भएको छ । कार्यक्रममा बोल्नुहुँद संस्थाका अध्यक्ष हरिरत्न गोर्खालीले प्रतिनिधिमूलक साधारणसभा खारेजी सँगै २४औं वाषिर्क साधारणसभा क्षेत्रगत रुपमा हुन गइरहेको र उचित ठाउँको अभावमा हरेक २ क्षेत्रकोलागि एक सभास्थल छनौट गरी एकै दिन एकै समयमा ३ स्थानमा साधारणसभा हुन गइरहेको जानकारी दिनुहुँदै सदस्यहरुलाई आ-आफ्नो सभास्थल पहिचान गरी समयमै सभास्थलमा उपस्थितिका लागि अनुरोध गर्नुभयो । उहाँले हाम्रो समाजमा…

Read More

सिद्धि गणेशको लाभांश तथा उपहार वितरण कार्यक्रम सम्पन्न

सिद्धि गणेशको लाभांश तथा उपहार वितरण कार्यक्रम सम्पन्न

२० असोज, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी सं. लि. को संचालक समितिको आयोजनामा आ.व. २०७४/०७५ मा उल्लेख्य शेयर पूँजी वृद्धि गर्ने सदस्यहरुलाई लाभांश तथा उपहार वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका अतिथि एवं भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले रुसको अक्टावर क्रान्तिको चर्चा गर्नुहुँदै वर्ग असमानताको चुँलिदो वर्तमान समयमा सहकारी मार्फ पनि सामाजिक र आर्थिक परिवर्तन एवं क्रान्ति ल्याउन सम्भव भएको बताउनुहुँदै सहकारी संघ/संस्थाहरु बचत तथा ऋणमा मात्र सीमित नभई सहकारीहरुले रोजगारी सृजना सँगसँगै सामाजिक दायित्व पनि वहन गर्नुपर्छ अन्यथा बैक र सहकारीमा भिन्नता हँदैन…

Read More

सिद्धि गणेशमा शिक्षा शिविर सम्पन्न

सिद्धि गणेशमा शिक्षा शिविर सम्पन्न

६ असोज, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा संस्थाका सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो । कार्यक्रममा संस्थाका अध्यक्ष हरिरत्न गोर्खालीले सिद्धि गणेश साकोसको स्थापना तात्कालिन समाजको आर्थिक अवस्थालाई ध्यानमा राख्दै फजुल खर्चलाई नियन्त्रण गर्दै समाजको आर्थिक अवस्था उकास्ने उद्देश्यका साथ भएको हो भन्नुभयो । उहाँले गलत नियत/प्रवृत्तिका साथ स्थापना भएका सहकारी संस्थाको भविष्य नहुने भन्नुहुँदै सदस्यहरुले समाज र व्यक्तिका लागि हितकारी सहकारी पहिचान गरी संस्थाको राम्रो जानकारी लिई कारोवार गरेमा पछुताउनु नपर्नेमा जोड दिनुभयो…

Read More

सिद्धि गणेशमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

सिद्धि गणेशमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

३ चैत्र, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी सं. लि. को शिक्षा उपसमितिको आयोजनामा चैत्र महिनाको अनिवार्य सदस्य शिक्षा शिविर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्नुहु“दै संस्थाका अध्यक्ष हरिरत्न गोर्खालीले नियमक निकायहरुले सिद्धि गणेश साकोस सहकारी अभियानको अग्रणी संस्था भएको हैसियतले समुदायलाई शिक्षित गर्नुपर्नेमा जोड दिने गरेको स्मरण गराउनुहु“दै सिद्धि गणेश साकोस स“गस“गै सहकारी बजारको अवस्था, सहकारीका नीति नियमहरु बारे सदस्यहरुलाई जानकारी दिने उद्देश्ले स्थापनाकाल देखि निरन्तर रुपमा शिक्षा शिविर गर्दै आइरहेको जानकारी दिनुभयो । उहा“ले सहकारी ऐन २०७४ बारे चर्चा गर्नुहु“दै सिद्धि गणेश साकोसले बहुमतको हितको…

Read More