लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम संस्थाको तालिम(कार्तिक १८)

२०८० कार्तिक १८ गते, शनिबार
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम संस्थाको तालिम हल,खचाँमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले लोेकसेवा आयोगमा परिक्षा दिँदा बिना अध्ययन नियुक्ति हुने सम्भव नभएको बताउनुभयो । दुमरुले लोकसेवाको परिक्षाको जानकारीको कमीका कारण आवेदन फारम जतिले दिएका हुन्छन त्यसको पचास देखि साठ्ठी प्रतिशतले मात्र परिक्षा दिने गरेको भन्नुभयो । उहाँले संस्थामा पदपूर्ती लोकसेवाको परिक्षामा जस्तै गोप्य र निष्पक्षे रुपमा हुने जानकारी दिनुभयो । उहाँले संस्थाको १० वटै उपसमितिबाट सदस्यहरुलाई सुसूचित गर्नका निम्ति विभिन्न तालिमहरु आयोजना भई रहने बताउनुभयो ।
कार्यक्रमका सहजीकर्ता लोकसेवा आयोगका निवृत शाखा अधिकृत मणिरत्न बज्राचार्यले भक्तपुर शिक्षा क्षेत्रमा उत्कृट नगरपालिका रहेको हुनाले एक घर एक स्नातकको अभियान जस्तै एक घर एक निजामती कर्मचारीको अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो । लोकसेवा आयोगको लिखित र अन्तर्वाताको प्रक्रिया थाहा नभएका व्यक्तिहरुले जागिर खानका लागि भनसुन र पावर लगाउनु पर्ने भन्ने मान्यता रहेको छ तर ४० वर्षको अनुभवमा लोकसेवामा गोप्यनियता र निष्पक्षरुपमा नियुक्ति गरिएको कुरा व्यक्त गर्नुभयो । वर्तमान अवस्थामा सरकारी जागिरको आवश्यता रहेको हुनाले लोकसेवा तयारी गर्ने मनसाय लिई कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण सहभागीहरुलाई कार्यक्रम पश्चात पनि दृढताका साथ तयारीमा लाग्न अनुरोध गर्दै तयारीको लागि शुभकामना पनि दिनुभयो ।
कार्यक्रमका अर्का सहजकर्ता श्रीराम खाईतुले नेवार समुदयमा लोकसेवा प्रति खासै चासो नभएको भन्दै पढाई सकाएर घरायसी काम तथा व्यपार व्यवसायमा बढि आर्कष्ति भएको बताउनुभयो । उहाँले हामीले गर्ने दैनिक क्रियाकलापमा समेत पढाईलाई समावेश गर्न सके लोकसेवाको परिक्षा दिन अझ सहज हुने भन्नुभयो । खाईतुले परिक्षाको समयमा मात्रै अध्ययन गरेर लोकसेवाको परिक्षा उर्तिण गर्न नसकिने बताउनुभयो । उहाँले परिक्षाको तयारी राम्रो आत्मविश्वासका साथ गरे पक्कै सफलता हात पर्ने र लोकसेवा आयोगमा आफ्नो नाम निकाल्न सक्ने भन्नुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका सचिव विष्णु प्रसाद दुमरुले कार्यक्रम संस्थाको सामाजिक दायित्व पुरा गर्न र सदस्यहरुलाई लोकसेवा सम्बन्धि जानकारी गराउन आयोजना गरिएको बताउनुभयो । उहाँले लोकसेवाको परिक्षा दिँदा जुन शाखाको परिक्षा हो त्यस शाखालाई चाहिने सम्पूर्ण जानकारी तथा ज्ञान राख्नुपर्ने भन्नुभयो । उनले लोकसेवा सम्बन्धि हरेक बुधबार गोेर्खापत्रमा छापिने कुराको पनि जानकारी गराउनु भयो । कार्यक्रममा शिक्षा उपसमितिका सचिव किरण बनमालाले पनि बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.