लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम(चैत्र २५)

लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम
२५ चैत्र, भक्तपुर
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्था उपाध्यक्ष विष्णुराम दुमरुले हाल देखिएको बेरोजगारीको दरलाई कम गर्नका लागि शैक्षिक क्षेत्रमा संलग्न सदस्यहरुलाई उत्प्रेरित गर्नका लागि यो कार्यक्रम अति आवश्यक र परिणाममूखि हुने कुरा बताउनु भयो साथै विगतमा यस किसिमको कार्यक्रमले सकारात्मक परिणाम आएको पनि स्मरण गराउनु भयो । हाल बैदेशिक रोजगारीमा लाखौ युवाहरु विदेशमा छन् कतिपय नेपालीहरुले खाडी मुलुकमा ज्यान गुमाउनु परेको छ भने कति पय नेपालीहरु अष्ट्रेलिया, जापान, अमेरिका आदि देशमा जाने तर नेपाल नर्फकिने गर्छन जसले गर्दा अभिभावकहरु आफ्नो सन्तानबाट टाढिएर बस्न बाध्य भएको बताउनु भयो । नेपाल मै इमान्दारीताका साथ भ्रष्टाचार मुक्त देशको सेवा गर्ने हो भने देशको आर्थिक अवस्था सुधार हुने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रमका सहजकर्ता लोकसेवा आयोगका निवृत शाखा अधिकृत मणिरत्न बज्राचार्यले आफ्नो ३७ वर्ष ९ महिनाको अनुभवमा लोकसेवामा कसैको भनसुन नचल्ने निष्पक्ष रुपमा छनौट गर्ने भएकोेले दुढतापूर्वक लोकसेवा तयारीमा लाग्न अनुरोध गर्नुभयो । किसान परिवारबाट हुर्केका हामी राज्यको पहुँच व्यक्तिको रुपमा परिचित हुनको लागि नयाँ वर्षको शुभकामना सहित तयारी वर्षको रुपमा अगाडी बढ्न प्रेरित गर्दै सामाजिक सञ्जालमा भुल्न नहुने बताउनु भयो । भक्तपुर नगरपालिका शिक्षा क्षेत्रमा नै अगाडी रहेको हुनाले यहाँका वासिन्दाहरु राज्यको पहुँच व्यक्ति बन्नु पर्ने कुरा व्यक्त गर्दै सरकारी सेवामा वर्तमान संगै भविष्य पनि उज्वल रहने बनाउनु भयो ।
कार्यक्रममा सहजकर्ता कर्मचारी सञ्चय कोषका निवृत वरिष्ठ प्रबन्धक महेन्द्र राज शाक्यले लोकसेवा तयारी सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो जसमा नेपालको संविधानमै लोकसेवा गठन सम्बन्धी प्रावधान भएको र लोकसेवा अन्र्तगत सरकारी कर्मचारीहरु छनौट गर्ने भएकोले आजै बाट तयारीमा लाग्नु पर्ने बताउदै नेपालमा भएको विभिन्न सरकारी सेवाहरुको बारेमा चर्चा गर्नुभयो साथै लोकसेवाका लागि योग्य र अयोग्य व्यक्तिको बारेमा पनि स्पष्ट व्याख्या गर्नुभयो । एक पटक असफल हुदैमा तयारीलाई पुर्नविराम लाउनु हुदैन भन्दै पटक पटक प्रयास गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।
संस्थाको सचिव एवं शिक्षा उपसमितिको संयोजक विष्णुप्रसाद दुमरुले संस्थाको ६ वटा उद्देश्य मध्येको एक उद्देश्य अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको बताउनु हुदै हाल उच्च शिक्षा हासिल गरेको व्यक्तिहरु पनि न्यून पारिश्रमिकमा काम गर्न बाध्य भइरहेको हुनाले ती व्यक्तिहरुलाई नै लक्षित गरिएको कुरा व्यक्त गर्नुभयो । हाल पनि भनसुन कै आधारमा काम पाइने मानसिकता छ जुन टिकाउ नहुने भएकोले विद्यार्थीहरुले अध्ययनशिल र सिर्जनशिल हुनुपर्ने र आफ्नो क्षमता आफै्ले पहिचान गरि लोकसेवा तयारीका अघि बढ्नुपर्ने कुरा व्यक्त गर्नुभयो । विद्यार्थीले संघर्ष गर्नुपर्ने र आफ्नो लागि आफै नै पढ्नु पर्ने भएकाले देशको संविधान, सम्बन्धित ऐनहरुको अध्ययन गरी राज्यको सेवा गरी आत्मनिर्भर बन्नुपर्ने आजको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।
शिक्षा उपसमितिको सचिव किरण वनमालाले सञ्चालन गरिएको सो कार्यक्रममा संस्था व्यवस्थापक शिला गोसाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.