सिद्धि गणेश साकोसको अर्ध–बार्षिक समिक्षा सम्पन्न
१९ माघ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७९/०८० को अर्ध–वार्षिक प्रगति समिक्षा कार्यक्रम संस्थाको समिति, उपसमिति र कर्मचारीहरुको सहभागीतामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं सभापति रुद्रनारायण लाखाले बैठक प्रणालीमा सञ्चालन गर्नुभएको कार्यक्रममा समुहगत छलफलबाट प्राप्त सुझावहरुले संस्थागत प्रगतिमा सहायक भूमिका निभाउने र सुझावहरु उपर गम्भिरतापूर्वक सञ्चालक समितिमा छलफल हुने जानकारी दिनुहुँदै अर्ध–वार्षिक कार्यक्रमले लक्ष्य प्राप्तिमा सहयोग पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले कुनै पनि संस्थामा संलग्न भइसकेपछि संस्थाको गतिविधिहरुमा सक्रिय रुपमा सहभागि भई सदस्य र समाजको हितका लागि कर्तव्यनिष्ठ र इमान्दारितापूर्वक कार्य गर्नुपर्नेमा जोड दिनुहुँदै सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे थप प्रभावकारी रुपमा जानकारी दिन कार्ययोजना बनाउनुपर्छ भन्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष राजन लाखाजुले संस्थाको वार्षिक कार्ययोजना अनुसार लक्ष्य प्राप्तिका लागि पछिल्लो ६ महिनाको गतिविधिको समिक्षा गर्दै आवश्यक नीति तथा क्रियाकलापको भावी योजना बनाउन अर्ध–वार्षिक प्रगति समिक्षा कार्यक्रम गर्ने परिपाटि अनुसार कार्यक्रमको आयोजना भएको जानकारी दिनुुभयो ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक राम प्रसाद लाखाजुले संस्थाले सुशासन तथा सुरक्षालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेकोले वर्तमान तरलता संकटको समयमा पनि सदस्यहरुले संस्थाप्रति विश्वास देखाएको र सिद्धि गणेश साकोसको एक अंगको रुपमा कार्य गर्न पाउनुमा गौरव महसुस भएको भन्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले धन्यवाद ज्ञापन मन्तव्य दिनुहुँदै सहकारी संस्था आफ्नो आवश्यकता आफैं पुर्ति गर्ने अभ्यासको थलो भएको र सहकारी मार्फत सदस्यहरुले आफ्नो व्यक्तित्व विकाससँगै आर्थिक क्षमता विकास गर्न सकिने र अर्ध–वार्षिक समिक्षा मार्फत प्राप्त सुझावहरुले संस्थाको मार्गनिर्देश गर्छ गर्नुभयो ।
संस्थाका सचिव विष्णुप्रसाद दुमरुले चालु आ.व.को ६ महिनामा सम्पन्न भएका कार्यक्रम तथा गतिविधिहरुसहितको प्रगति प्रतिवेदन, कोषाध्यक्ष जयराम गोर्खालीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईंले स्वागत मन्तव्यसँगै संस्थाको सेवा सुविधासँगै ४ बर्षे व्यावसायीक योजना सम्बन्धि प्रस्तुती दिनुभएको थियो ।
२०५१ साल पुस २९ गते स्थानीय ३१ जना युवाहरुको ३१०० बाट शुरु भएको संस्थाले २०७९ पुस मसान्तसम्मा १६१२३ सदस्य तथा ३१५९ बालबचतकर्ताहरुबाट शेयर पूँजी २६ करोड ६० लाख ९८ हजार, निक्षेप तथा बचत २ अर्व ६ करोड ४५ लाख ९२ हजार, ऋण १ अर्वं ८९ करोड ९५ लाख ३४ हजार, जगेडा कोष १९ करोड ४३ लाख ३० हजार र कुल सम्पत्ति २ अर्व ६८ करोड ३७ लाख ५४ हजारभन्दा बढीकोको निर्माण गर्न सफल भएको छ ।