सुत्केरी मसला गुँडपाक तथा पाेस्टकारी बनाउने तालिम(२०७९ माघ ७)

माघ ७, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा सेवाकेन्द्र व्यवस्थापन उपसमिति तेखापुखुको आयोजनामा एकदिने सुत्केरी मसला गुँडपाक तथा पोष्टकारी बनाउने तालिम सम्पन्न भयो ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले तालिम मार्फत आर्जित सीप दैनिक जिवन तथा व्यवसायका लागि उपयोग गरेमा मात्र सार्थक हुने भन्नुहुँदै संस्थाबाट प्रदान गर्ने तालिमहरुमा सहभागी भई आत्मनिर्भर हुने अवसर नगुमाउन सदस्यरुलाई अनुरोध गर्नुभयो । उहाँले नाफमूखी सहकारी संस्थाहरुले स्थानीय व्यक्ति परिचालन गरी तथा आर्थिक एवं भौतिक प्रलोभन देखाई रकम संकलन गरिरहेको जानकारी दिनुहुँदै कारोवार गर्न अगाडि संस्था सम्बन्धि पूर्ण जानकारी लिई मात्रै सुरक्षित संस्थामा कारोवार गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको बचत तथा ऋण सेवाबारे जानकारी दिनुहुँदै फजुल खर्च कटौति गर्दै भविष्यका लागि बचत गर्नुपर्नमा जोड दिनुभयो । उहाँले मिठाई बच्चादेखि वृद्धासम्मलाई मन पर्ने र सुत्केरी मसलायुक्त मिठाइले सुत्केरी समयमा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुहुँदै ऐन नियम तथा नीति विपरित सञ्चालित सहकारी संस्थाहरुबाट सजग रहन सहभागीहरुमा अनुरोध गर्नुभयो ।
सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुका निवर्तमान संयोजक पञ्चरत्न सैंजुले उचित स्थानको अभावमा तालिम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्ने भएकोले स्थानका लागि आवश्यक व्यवस्था चाँडै हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षक मनिषा भुजुले सुत्केरी अवस्थामा अधिक स्याहारसुसार तथा पोषिलो खानेकुराको आवश्यकता पर्ने र सुत्केरी मसलायुक्त मिठाई महंगो हुने भएकाले तालिम पश्चात सहभागीहरुले घरमै गुणस्तरिय मसलायुक्त मिठाई बनाउन सक्नेमा विश्वास व्यक्त गर्नुभयो ।
३१ जना सदस्यहरुको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा उपसमिति सदस्य मुतिराम स्वानेपाले स्वागत मन्तव्य दिनुभएको थियो भने सदस्य पुण्यराम कर्माचार्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.