अनिवार्य शिक्षा शिविर(२०७९ माघ ७)

७ माघ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिको आयोजनामा सीपमूलक तालिम, खेलकुद प्रतियोगिता तथा अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ शिक्षा उपसमितिको आयोजनामा सम्पन्न अनिवार्य शिक्षा शिविरमा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सहकारी, सहकारीता र संस्थाका अवधारणागत पक्षहरुबारे संस्थागत प्रस्तुती दिनुहुँदै ३१ जनाको ३१०० रकमबाट शुरुभएको संस्थाले हाल १६१२३ जना सदस्यबाट २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी दिनुहुँदै सिद्धि गणेश ऐन, कानून तथा सहकारीका अन्तराष्ट्रिय मान्यता अनुसार सञ्चालन भै रहेको संस्था भएकोले वर्तमान तरलताको समस्याग्रस्त वित्तीय वातावरणमा पनि पूर्णत सुरक्षित रहेको विचार व्यक्त गर्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईंले संस्थाका सेवा सुविधाबारे संस्थागत प्रस्तुती दिनुहुँदै अनिवार्य शिक्षा शिविरमा उपस्थित सदस्य मात्रै संस्थाबाट प्रदान गरिने सबैखालका सुविधाका लागि योग्य हुने भन्नुहुँदै सिद्धि गणेश साकोसले सदैव सदस्यको आर्थिक विकासलाई प्राथमिकतामा राखि कार्य गर्दै आइरहेको जानकारी दिनुभयो ।
आयोजक उपसमितिका संयोजक एवं सभापति सञ्चालक विष्णु प्रसाद दुमरुले संस्था सदस्यको स्वार्थ अनुकुल भए नभएको जानकारी दिन र सदस्यहरुलाई सहकारी अभियान सम्बन्धि जानकारी दिने उद्देश्यका साथ स्थापनाकालदेखी शिक्षा शिविर सञ्चालन गर्दै आइरहेको र तात्कालिन समाजको आर्थिक क्षमता उकास्नका लागि सिद्धि गणेश साकोसको स्थापना गरेको स्मरण गर्नुभयो ।
५५ जना सदस्यको उपस्थिति रहेको शिविरमा आयोजक उपसमितिका सचिव किरण वनमालाले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा उपसमिति सदस्य रामहरी ताम्राकारले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.