नेपाली हस्तलेखन प्रतियोगिता (२०७९ माघ ७)

माघ ८, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा संस्थाको महिला तथा बालबालिका उपसमितिको आयोजनामा बालबचतकर्ताहरुबीच नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष लाखाले हस्तलेखनले विद्यार्थीको व्यक्तित्व विकाससँगै पढाइमा सहयोग गर्ने र विद्यार्थीहरुको उज्जल भविष्यमा सहयोग पु¥याउने विचार व्यक्त गर्नुहुँदै भविष्यमा थप सीपमूलक तालिमहरु सञ्चालन गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाइले सानैदेखि गरिने थोरै थोरै बचतले भविष्यको ठूलो गर्जाे टार्न सहयोग पु¥याउने भएकोले बाल बचत गर्नुपर्ने भन्नुहुँदै बालबालिकाको सर्वाङ्गीन विकास गर्ने उद्देश्यकासाथ विभिन्न समयमा सिद्धि गणेशले बालबालिका लक्षित कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिनुभयो ।
हस्तलेखन तालिमका प्रशिक्षक एवं प्रतियोगिताका निर्णायक सुरज दिदीयाले विद्यार्थी जिवनको सहयोगि लेखन शैलि हस्तलेखन तालिमलाई भविष्यमा पनि निरन्तर दिनुपर्ने र भक्तपुरको मौलिक एवं नेपालभाषाको पहिचान रञ्जना लिपीको पनि तालिम प्रदान गर्नु अनुरोध गर्नुभयो ।
आयोजक उपसतिका संयोजक एवं सभापति सञ्चालक रञ्जना प्रजापतिले महिला तथा बालबालिका उपसमितिले विभिन्न समय र अवसरमा महिला तथा बालबालिका लक्षितसीपमूलक तथा रोजगारीमूलक सञ्चालन गर्दै आइरहेको जानकारी दिनुहुँदै भविष्यमा सञ्चालन हुने कार्यक्रमहरुमा सदस्यहरुको सक्रिय सहभागिता रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
२५ जना बालबचतकर्ताहरुको सहभागिता रहेको प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको समुहमा सिन्चन कोजु, इभा कोण्डा, एलिना जधारी र सुमंग सुवाल क्रमशः प्रथम, द्वितीय, तृतीय र सात्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए भने कक्षा ६ देखि १० सम्मको समुहमा सुरभी लाखा, एल्वीस जधारी, स्मरण सुवाल र स्माइल्दा सुवाल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्न सफल हुनुभएको थियो । प्रतियोगितको समापन कार्यक्रममा उपसमिति सदस्य नारांदेवी दुमरुले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्थाका सहायक कर्मचारी सविना ख्याजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.