अनिवार्य शिक्षा शिविर सम्पन्न
भाद्र ४, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजु सहकारी, सहकारीता र संस्थाको अवधारणागत पक्षहरुबारे जानकारी दिनुहुँदै कुनै पनि संस्थाको प्राथमिक पूँजी कोषले संस्थाको दिगोपना तथा सुरक्षा अवस्था निर्धारणमा महत्वपूर्ण भूमिका निभाउने जानकारी दिनुभयो । उहाँले ‘सहकारी ऐन २०७४ तथा नियमावली २०७५ मा विद्यमान केही व्यवस्थाहरु समय सापेक्ष तथा व्यवहारिक नरहेकोले ती व्यवस्थाको कार्यान्वयन चुनौतिपूर्ण रहेको छ’ भन्नुभयो ।
उहाँले सरकारको अकर्मण्यता तथा अनुगमनको अभावमा सहकारी अभियानमा विकृती झांगिएको भन्नुहुँदै ऐन तथा नियमावलीसँग विरोधाभास हुने गरि बहुउद्देशीय सहकारी संस्थाहरु दर्ता गरि सञ्चालन गर्न दिएकोमा विरोध गर्नुहुँदै समुदायमा आधारित स्थानीय सहकारीहरुमा वित्तीय कारोवार गरी सुरक्षित रहन अनुरोध गर्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाबाट प्रदान गरिने सेवा सुविधाबारे जानकारी दिनुहुँदै सदस्यहरुलाई प्रविधिमैत्री समय सापेक्ष सेवा दिने क्रममा नगद रहित सेवाका लागि सिद्धि गणेश स्मार्ट बैंकिङ्(मोबाइल बैकिङ्) तथा जिल्लामै पहिलो पटक सहकारी क्षेत्रमा सिद्धि गणेशले क्ऋत् कार्ड(ब्त्ः ऋब्च्म्) सेवा प्रयोगमा ल्याएको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक रुद्रनारायण लाखाले सामाजिक क्रियाकलापमा सहभागि ३१ जना युवा सदस्यहरुको ३१०० रुपैयाँबाट शुरु गरिएको संस्थाले श्रावण मसान्तसम्ममा १५८३१ जना सदस्यहरुबाट २ अर्व ६१ करोडको सम्पत्ति निर्माण गर्न सफल भएको जानकारीसँगै संस्थाको पृष्ठभूमीबारे सहभागिहरुलाई जानकारी दिनुभयो ।
कार्यक्रममा आयोजक उपसमितका सदस्य रत्नश्वरी चवालले पनि बोल्नुभएको थियो ।