जेष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न

चैत ५, भक्तपुर ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. का ७० बर्षन्दा माथिका सदस्य तथा बचतकर्ताहरुलाई दोसल्ला ओर्ढाई सम्मान गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले विकासोन्मुख देशमा जेष्ठ नागरिकहरुमा सामाजिक तथा राजनैतिक सचेतनाको कमी हुने भएकोले नयाँ पुस्तालाई मार्गनिर्देशन तथा साँस्कृतिक स्तर सुधारमा चुकिरहेको छ । जीवनको उत्तर्रार्द्धमा आराम गरी एकै ठाउँमा बस्नुभन्दा शारिरिक रुपमा सक्रिय हुन विभिन्न क्रियाकलापमा संलग्न हुनु पर्दछ भन्नुभयो ।
उहाँले जेष्ठ सदस्यहरुले आफुलाई शारिरिक रुपमा स्वस्थ राख्न दैनिक खानपिन ध्यान दिनर्ुपर्छ भन्नुहुँदै चिल्लो, पिरो, नुनिलो जस्ता ज्रि्रोलाई स्वाद दिने तर शरिरलाई बेफाइदा गर्ने खानेकुराबाट टाढा रहन सचेत पार्नुभयो । नेपाली समाजमा नियमित स्वास्थ्य जाँचको कमी रहेको र रोगी भइसकेपछीमात्र स्वास्थ्य परिक्षण गराउन जाने बानी रहेकोले जेष्ठ सदस्यको नियमित स्वास्थ्य परिक्षणमा ध्यान दिन सहभागीहरुमा अनुरोध गर्नुभयो ।
उहाँले बढ्दो व्यस्त दैनिकीमा परिवारले जेष्ठ सदस्यहरुलाई समय दिन नसकिरहेको र हरेक जेष्ठ नागरिकसँग आ-आफ्नै कथा, व्यथा, अनुभव हुने र त्यो भावी पुस्तालाई मार्गनिर्देशन हुने भएकोले भनपाले आदर निकेतन सञ्चालनको लागि तयारी गरिरहेको छ भन्नुभयो ।
उहाँले संघ/संस्थाको आकार ठूलो हुँदै जाँदा संस्था सञ्चालन तथा व्यवस्थापनमा चुनौती थपिदैँ जाने भएकोले गुणस्तर कायम गर्न ध्यान पुर्‍याउन सम्बन्धित संस्थाहरुलाई सचेत पार्नुहुँदै शैक्षिक तथा राजनीतिक रुपमा महिलालाई शिक्षित एवं सक्रिय पार्न सकेमा मात्रै समाज अगाडि बढ्छ भन्नुभयो । उहाँले स्थानीय भाषासँगै नेपाली भाषाको संरक्षण तथा पर््रवर्द्धनका लागि सहकारी क्षेत्रले विश्वकोष तथा शब्दकोषको निर्माणमा पहल गर्नुपर्नेमा जोड दिनुहुँदै भाषिक रुपमा सबल समुदायले हरेक क्षेत्रमा नेतृत्व गर्छ भन्नुभयो ।
भनपा ७ का वडाध्यक्ष उकेश कवांले स्थानीय प्रतिनिहिरुको ५ बर्ष कार्यकालको समाप्ति नजिक अहिले देश निर्वाचनमय रहेको अवस्थामा नेमकिपाले चुनावी घोेषणापत्र अनुसार नगरको सम्पदा संरक्षण, शिशु स्याहार सञ्चालन, स्वास्थ्य र शिक्षासँगै अरु क्षेत्रहरुमा पनि उल्लेखनीय कार्य प्रगति हासिल गरेको भन्नुहुँदै भनपा-५ महाकालीमा आदर निकेतनका लागि भवन तथा स्थान निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भनपाले ख्वपः विश्वविद्यालय मार्फ कम शुल्कमा दक्ष जनशक्ति उत्पादन गर्छर्ुुन्दा सत्तासीन दल तथा सरकारले दलाल पूँजीपति वर्गलाई फाइदा पुग्ने गरी व्यवधान खडा गरीरहेको छ भन्नुभयो ।
उहाँले हाल भनपामा समुदायमा आधारित राम्रा सहकारीहरुको बाहुल्यता रहेको अवस्थामा नीतिगत र कार्यगत रुपमा अस्पष्ट र सीमित व्यक्तिको फाइदाकोलागि सञ्चालित बहुउद्देशीय सहकारी संस्थाहरुलाई सञ्चालन स्वीकृती नदिएको जानकारी दिनुहुँदै सहकारी संस्थाको प्रकृती र उद्देश्यबारे पर्ूण्ा जानकारी लिईमात्र कारोवार गर्न सहभागीहरुलाई सचेत पार्नुभयो ।
उहाँले नगरको खानेपानीको समस्या समाधानका लागि पटक पटक काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड-केयुकेल) लाई ताकेता गर्दा पनि समस्या सम्बोधनमा केयुकेल उदासिन रहेकोले नपाले विभिन्न ठाउँमा डिप बोरिङ्ग गरी खानेपानीको समस्या हल गर्ने तर्फउन्मुख रहेको भन्नुहुँदै उत्कृष्ट प्रसुती सेवालाई प्राथमिकतामा राखी ख्वपः अस्पतालको निर्माण भै रहेको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष राजन लाखाजुले जेष्ठ नागरिकहरु समाजका अगुवा, मार्गनिर्देशक तथा समाज निर्माणमा अतुलनीय योगदान पुर्‍याउने व्यक्ति भएकाले सम्मानको हकदार रहेतापनि बढ्दो सामाजिक विकृतीले उचित सम्मान तथा हेरविचारबाट विमुख रहेकोमा दुःख लाग्ने र उहाँहरुलाई उचित सम्मान तथा हेरविचार प्रदान गरी साँस्कृतिक नगरलाई सू-संस्कृत नगरका रुपमा पनि अगाडि लानर्ुपर्छ भन्नुभयो । उहाँले जेष्ठ सदस्यहरुले सहकारी संस्थामा बचत निक्षेप जम्मा गरी संस्था सञ्चालनमा महत्वपर्ूण्ा भूमिका खेल्ने भन्नुहुँदै सिद्धि गणेश साकोले जिल्लामै न्यून ब्याजदरमा ऋण लगानी गर्ने गरेकोमा गर्विलो महसुश हुने गरेको बताउनुभयो ।
१६४ जना जेष्ठ सदस्य एवं बचतकर्ताहरु सम्मानित भएको कार्यक्रममा संस्थाका का.मू. व्यवस्थापक शिला गोर्साईले स्वागत मन्तव्य, उपाध्यक्ष विष्णुराम दुमरुले धन्यवाद ज्ञापन तथा सचिव रुद्रनारायण लाखाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.