सिद्धि गणेश साकोसको अनिवार्य शिक्षा शिविर सम्पन्न

फागुण २१, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेश साकोसले स्थापनाकालदेखि निरन्तर रुपमा सदस्यहरुलाई सिद्धि गणेश साकोस तथा सहकारी अभियान लगायतका समसामयिक बिषय सम्बन्धि जानकारी एवं सू-सूचित गर्ने उद्देश्यकासाथ शिक्षा शिविर गर्दै आइरहेको भन्नुहुँदै स्कुल तथा कलेजको पाठ्यपुस्तकमा सहकारी बिषय समेटिनु सहकारी अभियानका लागि सुखद पक्ष हो भन्नुभयो । उहाँले हाल भनपा लगायत जिल्लाका अरु नगरपालिकाहरुमा कानूनी प्रक्रिया पुरा नगरी स्थानीय तहको स्वीकृती विना सञ्चालित बहुउद्देशीय सहकारी संस्थाहरुले आर्थिक तथा भौतिक प्रलोभन देखाई निक्षेप संकलन गरिरहेको तर्फसहभागीहरुलाई सचेत पार्नुहुँदै सिद्धि गणेश साकोसले वित्तीय स्वार्थसँगै सामाजिक सेवालाई पनि महत्वकासाथ अगाडि लगिरहेको जानकारी दिनुभयो । उहाँले कार्यक्रममा संस्थाको सेवा सुविधा, सहकारीता र अवधारणागत पक्षहरुबारे जानकारी दिनुभएको थियो ।
आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति रुद्र नारायण लाखाले तात्कालिन समयमा सामाजिक क्रियाकलापमा सक्रिय स्थानीय ३१ जना युवाहरुले ३१०० मा स्थापना गरेको संस्थाले माघ मसान्तसम्मा १५५८२ जना सदस्यबाट २ अर्व ४८ करोडभन्दा बढीको सम्पत्ति जोड्न सफल भएको जानकारी दिनुहुँदै संस्थाको पृष्ठभूमीबारे प्रस्तुती दिनुभएको थियो ।
३६ जना नयाँ तथा सम्भावित सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन आयोजक उपसमितिका सचिव किरण वनमालाले गर्नुभएको थियो । कार्यक्रममा सदस्य रत्नश्वरी चवालले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.