सिद्धि गणेश साकोसको अर्ध-बाषिर्क समिक्षा सम्पन्न
१ फागुण, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७८/०७९ को अर्ध-वाषिर्क प्रगति समिक्षा कार्यक्रम संस्थाको समिति, उपसमिति र कर्मचारीहरुको सहभागीतामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं सभापति राजन लाखाजुले लक्ष्य र वर्तमान प्राप्ति बीचको अन्तर केलाएर लक्ष्य प्राप्तिका लागि रणनीति बनाउन समिक्षा कार्यक्रम गर्ने परिपाटि अनुसार समिक्षा कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुहुँदै संस्थाका सबल पक्षहरुको सूचना सम्प्रेषणका लागि सहभागिहरुमा अनुरोध गर्नुभयो ।
संस्थाका पर्ूव अध्यक्ष एवं सञ्चालक कृष्णगोविन्द लाखाजुले संस्थामा कायम सु-शासन तथा प्रविधिले पनि संस्थाको प्रगतिमा प्रभाव पार्ने भएकोले ति पक्षहरुको पनि समिक्षा बैठकमा विश्लेषण हुनु पर्नेमा जोड दिनुहुँदै भक्तपुर बाहिरका नाफामूखी सहकारी संस्थाहरुले शाखा सञ्चालन गरी तथा स्थानीय सरकारमा विना दर्ता सञ्चालन आएका बहुउद्देशीय संस्थाहरुले अस्वस्थ प्रतिस्पर्धा मार्फ भक्तपुरका जनताको रकम संकलन गरिरहेकोमा सचेत पार्नुभयो ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक राम प्रसाद लाखाजुले सिद्धि गणेश साकोसले आक्सेस कार्यक्रम, संरक्षित पूँजी फिर्ता कोष लगायतका व्यवस्थाहरु मार्फ साख बढाउन सफल भएको विचार व्यक्त गनुहुँदै संस्थाले थप सजकताकासाथ व्यावसायिक रणनीतिक योजना बनाउँदै अगाडि बढ्ने आशा व्यक्त गर्नुभयो ।
संस्थाका निमित्त व्यवस्थापक शिला गोर्साईंले स्वागत मन्तव्यसँगै संस्थाको व्यावसायीक योजना प्रस्तुत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले समिक्षा मार्फ प्राप्त सुझावहरुले संस्थाको मार्गनिर्देश गर्छ भन्नुहुँदै सहभागीहरुमा धन्यवाद ज्ञापन गर्नुभयो ।
२०५१ साल पुस २९ गते स्थानीय ३१ जना युवाहरुको ३१०० बाट शुरु भएको संस्थाले २०७८ पुस मसान्तसम्मा १५५५२ सदस्य, शेयर पूँजी २६ करोड ६७ लाख, निक्षेप तथा बचत १ अर्व ८८ करोड ३० लाख, ऋण लगानी १ अवर्ं ५१ करोड ९ लाख, जगेडा कोष १७ करोड ४ लाख तथा कुल सम्पत्ति २ अर्व ४६ करोड ११ लाखको निर्माण सफल भएको छ ।