२८औं स्थापना दिवस कार्यत्रम सम्पन्न

२९ पुस, भक्तपुर
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २८ औं स्थापना दिवस कार्यक्रम माननीय साँसद प्रतिनिधि सभाका प्रेम सुवालको प्रमुख आतिथ्यतामा सुरक्षाका उपायहरु अपनाउँदै सिद्धि गणेश तालिम हल खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि सुवालले वर्तमान युवा पुस्तामा सदाचार तथा अनुशासनको कमी रहेको औंल्याउँदै सहकारी संस्थाहरुले साँस्कृतिक स्तर विकाससँगै दैनिक जीवनमा आर्इपर्ने समस्याहरुसँग सम्बन्धित सीपमूलक तथा रोजगारीमूलक तालिमहरु सञ्चालन गर्नर्ुपर्नेमा जोड दिनुभयो ।
उहाँले अव्यवस्थित तथा अनियन्त्रित रुपमा हुने जग्गा बेचबिखन तथा प्लटिङ्गले कृषि क्षेत्र तथा उत्पादनमा संकट ल्याउने र आगामी पुस्ताको भविष्य सुःखद नदेखेकोले सहकारीहरुले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी नीति निर्माण तथा कार्य सम्पाद गर्न निर्देशन दिनुभयो । ललिता निवास काण्ड र पप्पु कन्सट्रक्सनको उदाहरण दिनुहुँदै राजनैतिक संरक्षणमै आर्थिक तथा नीतिगत भ्रष्टाचार हुने र भ्रष्टाचार मार्फ चप्पले नेताहरुले अकुट सम्पत्ति आर्जन गरिरहेको छ भन्नुभयो ।
नेपालको भूमि लिपुलेकमा भारतीय पक्षबाट सडक निर्माण गरेको तथा लिपुलेक, कालापानी लगायतका नेपालीहरुलाई भारतीय रासन कार्ड वितरण गरीएकोमा भारतीय एकाधिकार तथा विस्तारवादी चरित्रको विरोध गर्नुहुँदै वर्तमान नेपाल सरकार परमादेशबाट स्थापित भएकोले देशमा अस्थिरता कायम रहेको हो भन्नुभयो ।
अतिथि भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले समाजको जीवनस्तरमा हुुने सकारात्मक परिवर्तनलाई साँचो विकासको रुपमा लिने भएकोले सिद्धि गणेश साकोसलाई समाजको वृहत्त विकासका लागि कार्य गर्न निर्देशन दिनहुँदै संस्थाको आकार वृद्धिसँगै चुनौतिहरु पनि बढ्छ भन्नुभयो । उहाँले पूँजीवादी व्यवस्थाभन्दा समाजवादी व्यवस्था राम्रो रहेको सत्यलाई आत्मसात गर्दै नेमकिपा कम्युनिष्ट विचारधारबाट निर्देशित रहेका र सो कुरा हालको महामारीले पनि प्रमाणित गरिसकेको भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजुले राजनीतिक रुपमा सचेत युवाहरुले इमान्दारिता तथा पारदर्शीताको सिद्धान्तलाई आत्मसात गरी सिद्धि गणेश साकोसको स्थापना गरेको स्मरण गर्नुहुँदै ऐन कानूनको परिपालन गर्दै संस्था सञ्चालन गर्ने क्रममा नमूना सहकारी हुन सफल भएको भन्नुभयो । उहाँले भक्तपुर जिल्लाको सहकारी अभियानलाई व्यवस्थित रुपमा अगाडि लग्न सिद्धि गणेश साकोसको अग्रसरतामा भक्तपुर जिल्ला बचत संघको स्थापना भएको र संघले सहकारी ऐन तथा नियमावलीमा रहेका केही अव्यवहारिक व्यवस्थाहरु खारेजी तथा संशोधनका लागि निरन्तर खवरदारी गर्दै आइरहेको जानकारी दिनुभयो ।
निवर्तमान अध्यक्ष हरिरत्न गोर्खालीले संस्थाको पृष्ठभूमीबारे स्मरण गर्दै ३१ जना युवाको ३१०० रुपैयाँबाट शुरु भएको संस्थाले प्राप्त गरेको उपलब्धीहरुमा गर्व महसुस भएको भन्नुहुँदै समुदायमा व्याप्त राजनीतिक सचेतनाले सिद्धि गणेश साकोसको स्थापना भएको हो भन्नुभयो । उहाँले राजनीतिबाट सहकारी अभियान पनि अछुटो नरहेको र वर्तमान समयमा राजिनीतिक संरक्षण तथा नियामक निकायको आर्थिक तथा भौतिक प्रलोभनले अनियन्त्रित रुपमा बहुउद्देशीय सहकारी संस्थाहरु दर्ता भई सञ्चालनमा आएको बताउनुभयो ।
संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संस्थाको सफलता समुदायको साथ र सहयोगसँगै समुहको एकताले पनि निर्धारण गर्ने भएकोले आफु संस्थापक अध्यक्ष भएपनि सामुहिक एकतालाई प्राथमिकतामा राखेर समुह सदस्यको रुपमा कार्य गर्दै आइरहेको छु भन्नुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले सहकारी संस्था एक स्वंयमसेवी संस्था रहेकोले सहकारी अभियानलाई आर्थिक प्रलोभन तथा लोभलालचबाट मुक्त राख्नर्ुपर्छ भन्नुहुँदै कार्यक्रम सफलतापर्ूव सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा धन्यावद ज्ञापन गर्नुभयो ।
अध्यक्ष राजन लाखाजुको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा उहाँले तात्कालीन समयमा राजनैतिक तथा आर्थिक रुपमा सचेत युवाहरुले समाजको आर्थिक, सामाजिक, शैक्षिक तथा साँस्कृतिक पक्षको विकास गर्ने उद्देश्यकासाथ स्पापित सहकारीले विभिन्न असल अभ्यासहरु कार्यान्वयनमा ल्याई सहकारी अभियानमा उल्लेखनीय योगदान पुर्‍याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा का.मू.व्यवस्थापक शिला गोर्साईंले स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमहरुबारे जानकारीसँगै स्वागत मन्तव्य दिएको कार्यक्रममा संस्थाका सचिव रुद्रनारायण लाखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.