२८औं स्थ्ाापना दिवसको अवसरमा विभिन्न तालिम सम्पन्न
१८ पुस, भक्तपुर
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को विभिन्न उपसमितिको आयोजनामा अमिलो बनाउने, ग्याँस चुलो मर्मत तथा असल बैठक प्रणाली तालिम सम्पन्न भयो ।
महिला तथा बालबालिका उपसमितिको अमिलो बनाउने तालिममा संस्थाका अध्यक्ष राजन लाखाजुले आर्जित सीपलाई व्यवहारमा लागु गरेको खण्डमा सीपयुक्त व्यक्तिले सहज रुपमा जीवनयापन गर्न सक्ने विचार व्यक्त गर्नुहुँदै हाल भनपामा बहुउद्देशीय सहकारी संस्थाहरु प्रदेश सरकारमा मात्र दर्ता गरी सञ्चालन भइरहेको हुनाले जनताको पैसाको सुरक्षामाथि प्रश्न चिन्ह खडा भएकोले त्यस्ता संस्थाहरुमा कारोवार गर्न अघि पर्ूण्ा जानकारी लिएरमात्र कारोवार गर्न अनुरोध गर्नुभयो ।
आयोजक उपसमितिका संयोजक एवं सञ्चालक रामलक्ष्मी शिल्पकार लवजुले अमिलोको बजार सम्भावनायुक्त रहेको र यसमा एक्लैको प्रयासमा पनि उद्यम चलाउन सक्ने भएकोले तालिमबाट प्राप्त सीपलाई व्यहारमा लागु गर्न सहभागीहरुमा अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा प्रशिक्षक कमलकेशरी दुवाल र आयोजक उपसमितिका सचिव रञ्जना प्रजापतिले पनि बोल्नुभएको थियो । ।
सोहि दिनेे यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा कमलविनायक मन्दिर परिसरमा ग्याँस चुलो मर्मत तालिम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले भान्सामा ग्याँस तथा चुलोको र्सतकताकासाथ प्रयोग गर्नर्ुपर्ने तथा सानो असावधानीले पनि ठूलो क्षति निम्त्याउन सक्ने जोखिम भएकोले हरेक गृहिणीले ग्याँस चुलो तथा सिलिडण्रको प्रयोग तथा मर्मत सम्बन्धि जानकारी राख्नर्ुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका का.मू. व्यवस्थापक शिला गोर्साईंले संस्थाको २८औं स्थापना-पुस २९ गते) को अवसरमा उपसमितिहरुले विभिन्न तालिम तथा कार्यक्रहरु आयोजना गरी स्थापना दिवस सफलतापर्ूव सम्पन्न गर्न गइरहेको जानकारी दिनुभयो ।
आयोजक उपसमितिका संयोजक एवं सञ्चालक कृष्णनारायण दुमरुले वर्तमान समयमा ग्याँसको प्रयोग तथा मर्मत सम्बन्धि जानकारी अनिवार्य रुपमा लिइराख्नु पर्नेमा जोड दिनुहुँदै संस्थाले बिशेषगरी गृहिणी लक्षित गरी न्यूनत्तम शुल्कमा तालिम प्रदान गरेको भन्नुभयो ।
३३ जना सदस्यको सहभागिता रहेको कार्यक्रममा आयोजक उपसमितिका सदस्य कृष्ण प्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।
त्यस्तै सोहि दिन लघुवित्त तथा बचत समुह परिचालन उपसमितिको आयोजनामा संस्थामा आवद्ध समुह लक्षित गरी सम्पन्न भएको असल बैठक प्रणाली तालिममा अध्यक्ष राजन लाखाजुले महिला सशक्तिकरणको उद्देश्यकासाथ सिद्धि गणेश साकोसले लघुवित्त तथा बचत समुह परिचालन कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिनुहुँदै तालिमबाट सहभागीहरुले माइन्युटिङ, राय तथा सुझाव पेश गर्ने लगायतका बैठक सञ्चालन तरिका सम्बन्धि ज्ञान आर्जन गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका का.मू. व्यवस्थापक शिला गोर्साईंले बैठक बस्ने क्रममा सहभागीहरुमा देखिएको कमी कमजोरी तालिमले पुरा गर्नेमा आशा सँगै स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिहरुबाट आयोजित कार्यक्रमहरु बारे जानकारी दिनुभयो ।
आयोजक उपसमितिका संयोजक एवं सञ्चालक कमल कोजुले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा उपसमितिका सचिव केशव बोहजुले पनि बोल्नुभएको थियो ।