अनिवार्य शिक्षा शिविर सम्पन्न
पुस ३, भक्तपुर
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले नियमनकारी निकायले दवाब तथा आर्थिक प्रलोभनमा परी सहकारी ऐन तथा नियमावलीको मर्म विपरित बहुउद्देशीय सहकारी संस्थाहरु दर्ता गर्राई सञ्चालन ल्याएको विचार व्यक्त गर्नुहुँदै सदस्यको आर्थिक, सामाजिक, शैक्षिक सफलतासँगै संस्थाको सफलता गाँसिएकोले सदस्यको हितको लागि संस्थाले विभिन्न गतिविधि सञ्चालन तथा नीतिहरुको निर्माण गर्दै आइरहेको जानकारीसँगै उहाँले सहकारीता, सहकारी सञ्चालनका सिद्धान्तहरु तथा संस्थाको अवधारणागत पक्षहरुबारे सदस्यहरुलाई अवगत गराउनुभयो ।
संस्थाका का.मू. व्यवस्थापक शिला गोर्साईंले सदस्यहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा दिने उद्देश्यका साथ संस्थाले क्ष्ममजष् न्बलभकज Smबचत द्यबलपष्लन र क्ऋत् ऋबचम९ब्त्ः ऋबचम० सञ्चालनमा ल्याएको जानकारीसँगै सम्पत्ति शुद्धिकरण ऐन-२०७४ र संस्थाको सेवा सुविधाबारे जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका सचिव रुद्रनारायण लाखाले तात्कालिन समयमा सामाजिक क्रियाकलापमा सक्रिय ३१ जना युवाहरुले ३१०० बाट स्थापना गरेको संस्थाले मंसिर मसान्तसम्ममा १५५०० जना सदस्यबाट २ अर्व ४३ करोडभन्दा बढीको सम्पत्ति जोड्न सफल भएको जानकारी दिनुभयो ।
आयोजक उपसमितिका सदस्य रत्नश्वरी चवालले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा उपसमितिका सचिव किरण वनमालाले पनि बोल्नुभएको थियो । उक्त कार्यक्रममा ५४ जना नयाँ तथा सम्भावित सदस्यहरुको उपस्थिति रहेको थियो ।