सिद्धि गणेश साकोसको २७औं वाषिर्क साधारणसभा कार्यक्रम सम्पन्न

मंसिर २५, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २७औं वाषिर्क साधारणसभा कार्यक्रम नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेंको प्रमुख आतिथ्यतामा भक्तपुर बैंक्वेट हाकुफोहिटीमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले सहकारीहरुले समुदायको भाषिक क्षमता विकासमा कार्य गर्नुपर्ने र बालबालिका तथा युवाहरुलाई शैक्षिक तथा राजनितिक रुपमा सचेत पार्दै लान सकेमा मात्र देश तथा समाजको भविष्य राम्रो हुन्छ भन्नुभयो ।
उहाँले सहकारी वित्तीय संस्था भएकोले सहकारीले सदस्यहरुलाई अर्थशास्त्रको बारेमा शिक्षित गर्नुपर्छ भन्नुहुँदै देशको अर्थतन्त्र आयातमूखी तथा परनिर्भर हुँदै गएको अवस्थामा देशको कृषि क्षेत्र आत्मनिर्भर हुन सकेमा मात्र सिंङ्गो देश आत्मनिर्भर हुने भएकोले सहकारीहरु वित्तीय कारोवारमा मात्र सीमित नभई कृषि क्षेत्रलाई प्राथमिकतामा दिनर्ुपर्नेमा जोड दिनुभयो ।
बढ्दो प्रतिस्पर्धात्मक तथा व्यस्त दैनिकीले गर्दा बालबच्चा तथा युवा पुस्तामा सदाचार र अनुशासनको कमी देखिएकोमा सहभागिहरुलाई सचेत पार्नुहुँदै उहाँले विद्यालय लगायतका शैक्षिक संस्थाहरुले गर्न नसकेको कार्यहरु सहकारी संस्थाहरुले गर्नर्ुपर्छ भन्नुभयो ।
वागमति प्रदेशका प्रदेश सभासद सुरेन्द्रराज गोर्साईंले २७ बर्षेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको आफैंमा एउटा सफलता भएको तर विगतका घटनाहरुबाट पाठ सिक्दै अगाडि बढ्नर्ुपर्छ भन्नुहुँदै सहकारीहरु आर्थिक रुपमा मात्र नभई अभिव्यक्तिको क्षेत्रहरुमा पनि राम्रो हुनर्ुपर्नेमा जोड दिनुभयो ।
उहाँले पुरानो कला सम्पदा, सँस्कृति, भेषभुषाहरु समुदायको धरोहर भएकोले सहकारी संस्थाहरुले नयाँ पुस्ताका लागि जगर्ेना गर्नुपर्ने र लोपोन्मुख वीउ विजनहरुको जगर्ेना तथा प्रयोगमा पनि सक्रिय हुनर्ुपर्छ भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले पछिल्लो ४/५ महिनामा ५०० वटा भन्दा बढी बहुउद्देशीय सहकारी संस्थाहरु वागमति प्रदेशमा दर्ता गरी स्थानीय तहको स्वीकृती विना सञ्चालनमा आएको जानकारी गराउनुहुँदै गैह्र समुदायमा आधारित सहकारी संस्थाहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दा बजारमा तरलता व्यवस्थापन गर्न कठिन भएको भन्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष हरिरत्न गोर्खालीले सहकारी संस्थाहरु विपन्न वर्ग तथा निम्न आय भएका व्यक्तिहरुका लागि स्थापना भएको स्मरण गर्नुहुँदै सहकारी संस्थाको गुणस्तर कारोवार तथा सदस्य संख्यालेमात्र निर्धारण हुँदैन भन्नुभयो । नियमनकारी निकायहरुको कमजोरीले गर्दा सहकारी संस्थाहरु कुनै वस्तुको रुपमा मोलमोलाई गरी विक्री वितरण हुने गरेको र भौतिक तथा आर्थिक प्रलोभन देखाई सदस्यहरुबाट निक्षेप संकलन गरी आर्थिक जोखिम निम्त्याइरहेकोले त्यस्ता संस्थाका सदस्यहरु सचेत तथा चनाखो हुनर्ुपर्नेमा ध्यानाकर्षा गराउनुभयो ।
कार्यक्रमका सभापति संस्थाका अध्यक्ष राजन लाखाजुले माथिल्लो संघ संस्थाहरुमा आवद्धतासँगै विभिन्न तालिमहरुबाट सिकेको कुराहरुलाई कार्यान्वयन गरि सफलता प्राप्त भएको र सहकारी ऐन, नियमावली तथा निर्देशिका परिपालना गर्दै आइरहेको कार्यक्रममा जानकारी गराउनुभयो । उहाँले क्ऋत् कार्ड तथा सिद्धि गणेश स्मार्ट बैकिङ्गको प्रयोग गरी व्यस्त दैनिकीमा समयको बचत गरी आफ्नो आर्थिक कारोवारसँगै विवरणहरुको जानकारी प्राप्त गर्न सकिने र सम्पत्ति शुद्धिकरण ऐनबारे चर्चा गर्नुहुँदै सदस्यहरुलाई सदस्य पहिचान फारम-प्थ्ः) अद्यावधिक गर्न अनुरोध गर्नुभयो ।
संस्थाका सञ्चालक राजाराम दुवालले सञ्चालन गर्नुभएको कार्यक्रममा का.मू. व्यवस्थापक शिला गोर्साईंले स्वागत मन्तव्य, उपाध्यक्ष विष्णुराम दुमरुले धन्यवाद ज्ञापन मन्तव्य, सचिव रुद्र नारायण लाखाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष इश्वरमान दुमरुले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक रामप्रसाद लाखाजुले प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.