अनिवार्य शिक्षा शिविर सम्पन्न

कार्त्तिक १८, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनमा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले नियमन निकायको दुरुत्साहनका बाबजुत संस्थापक सदस्यहरुको ढृद संकल्पले गर्दा संस्था स्थापना भएको स्मरण गर्नुहुँदै सहकारी संस्था निम्न तथा मध्यम वर्गका लागि भएकोले स-साना पूँजी परिचालन गरी आर्थिक स्तर विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सदस्यहरु आर्थिक तथा भौतिक प्रलोभन परि संस्थाको पर्ुण्ा जानकारी नलिई कारोवार गर्नाले ओरियण्टल तथा सिभिल सहकारी संस्थाको जस्ता प्रतिनिधि घटनाहरु घटेको विचार राख्नुहुँदै सदस्यहरुले लिई राखेको ऋणमा उठेको व्याज तथा विलम्वलाई साँवाकरण गर्ने कार्यलाई सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ ले बन्देज गरेको जानकारी दिनुभयो ।
संस्थाका का.मु. व्यवस्थापक शिला गोर्साईंले शिक्षा शिविर मार्फ सदस्यहरुले संस्था सम्बन्धि वृहत्त जानकारी प्राप्त गर्न सहयोग गर्ने भन्नुहुँदै संस्थाको सेवा सुविधाबारे जानकारी दिनुभयो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं उपाध्यक्ष रुद्र नारायण लाखाले तात्कालीन समयमा सामाजिक क्रियाकलापमा व्यस्त ३१ जना युवाहरुले स्थानिय समाजको आर्थिक स्तर विकास गर्ने उद्देश्यका साथ सिद्धि गणेश साकोसको स्थापना भएको जानकारी दिनुभयो ।
आयोजक उपसमितिका सचिव किरण वनमालाले सञ्चालन गर्नुभएको कार्यक्रममा ४८ जना नयाँ तथा सम्भावित सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.