अनिवार्य शिक्षा शिविर सम्पन्न

९ असोज, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाका सेवा सुविधा सम्बन्धि जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले अहिले दैनिकजसो गैह्र सामुदायिक सहकारी संस्थाहरुले र्सवसाधारणको पैसा जोखिममा पारेको समाचार प्रकाशित भइरहेको अवस्थामा त्यस्ता संस्थाहरुको आर्थिक तथा भौतिक प्रलोभनमा नपरी संस्थाको पर्ूण्ा जानकारी लिई मात्र कारोवार गर्न सचेत पार्नुहुँदै वागमति प्रदेश सरकारले आर्थिक प्रलोभनमा परि आवश्यकता भन्दा बढी अन्धाधुन्ध रुपमा सहकारी संस्थाहरु दर्ता गर्राई सञ्चालन अनुमति दिएकोमा सरकारको आलोचना गर्नुभयो । सहकारी संस्थाले सदस्यको आर्थिक जीवन उकास्ने उद्देश्यका साथ ऋण लगानी गर्ने भएकोले सदस्यले आफ्नो क्षमता अनुसार मात्रै ऋण लिई सदुपयोग गर्नर्ुपर्नेमा जोड दिनुहुँदै सिद्धि गणेश साकोसले कोभिड महामारीका कारण प्रभावित व्यवसायि सदस्यहरुका लागि ९% को सुलभ व्याजदरमा लघु व्यवसाय सञ्चालन तथा व्यवसाय पुनर्जीवन ऋण कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं संस्थाका सचिव रुद्र नारायण लाखाले सामाजिक क्रियाकलापमा सक्रिय ३१ जना युवाहरुले तात्कालिन समाजको सामाजिक एवं आर्थिक अवस्था उकास्ने उद्देश्यका साथ सिद्धि गणेश साकोसको स्थापन गरेको स्मरण गर्नुहुँदै सिद्धि गणेशले सदैव मान सम्मान तथा नाफालाई भन्दा सदस्य सेवालाई प्राथमिकतामा राखेको जानकारी दिनुहुँदै संस्थाको पृष्ठभूमी बारे जानकारी दिनुभयो ।

नयाँ तथा सम्भावित ५१ जना सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन आयोजक उपसमितिका सचिव किरण वनमालाले गर्नुभएको थियो भने सदस्य रत्नश्वरी चवालले कार्यक्रममा स्वागत मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.