अनिवार्य शिक्षा शिविर सम्पन्न

३० असार, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष राजन लाखाजुले स्थापनाकालदेखि निरन्तर नियमित रुपमा सञ्चालन हुँदै आइरहेको शिक्षा शिविर कार्यक्रम कोभिड महामारीका कारण स्थगित गरिएको र सदस्यहरुको आवश्यकता एवं मागलाई ध्यानमा राख्दै सञ्चालन भएको जानकारी दिनुभयो । उहाँले सिद्धि गणेश साकोसको सफलताको एक मात्र सुत्र सहकारी सिद्धान्त, नीति नियम एवं ऐन कानूनको अक्षरश पालन भएको भन्नुहुँदै संस्थाले गर्दै आएको संरक्षित पूँजी फिर्ताको अभ्यास अरु संस्थाका लागि नमूनाको रुपमा रहेको बताउनुभयो । सिद्धि गणेश साकोसले व्यवसायी तथा उद्यमी सदस्यहरुलाई महामारीबाट उत्पन्न समस्यासँग जुध्न तथा सदस्यहरुको आवश्यकतालाई ध्यानमा राख्दै ऋण नीति तथा प्रक्रियमा थप सहजता ल्याएको जानकारी सदस्यहरुलाई दिनुभयो ।
संस्थाका निमित्त व्यवस्थापक शिला गोर्सार्इर्र्े शिक्षा शिविरले संस्थाको उद्देश्य तथा नीति नियम सदस्यको अपेक्षा र स्वार्थ अनुकुल भए नभएको छुट्टाउन मद्दत गर्छ भन्नुहुँदै महामारीमा सुरक्षित तवरबाट संस्थाको सेवा लिन संस्थाबाट प्रदान गरिएको सिद्धि गणेश स्मार्ट बैङ्किङ र ब्त्ः को उपयोगमा जोड दिनुभयो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सञ्चालक रुद्रनारायण लाखाले २०५१ सालमा सामाजिक क्रियाकलापमा अभ्यस्त स्थानीय ३१ जना युवाहरुको ३१०० सयबाट स्थापना भएको सहकारीले २०७८ जेठ मसान्तसम्ममा १५१८० जना सदस्य र २ अर्व ३४ करोड ४ लाख ४८ हजार ५ सयको कूल सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी दिनुभयो ।
आयोजक उपसमितिका सचिव किरण वनमालाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ७० जना नयाँ तथा सम्भावित सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.