सिद्धि गणेशको अन्तर सहकारी फुटसल सम्पन्न
१ माघ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २६औं स्थापना दिवसको उपलक्ष्यमा युवा उपसमितिको आयोजनामा अन्तर सहकारी फुटसल प्रतियोगिता भनपा ७ का वडाध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि कवांले खेलले खेलाडि तथा संघ/संस्थालाई अनुशासन सिकाउनुका साथै सीप निखार्ने अवसर दिने र संघ/संस्थाहरुलाई आपसी हितमा मिलेर कार्य गर्न सिकाउने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेशले हरेक समय संस्थाको चासो र समुदायको आवश्यकता अनुसार आफ्नो समाजिक उत्तरदायित्व पुरा गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुहुँदै समुदायमा आधारित सहकारी संस्थाहरुले एक आपसमा हातेमालो गर्दै सहकारी क्षेत्रमा देखापरेका विकृती विसंगतीहरु हटाउँदै जानर्ुपर्नेमा जोड दिनुभएको थियो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले सदस्य तथा समुदाय स्वस्थ भएमा मात्र संस्था स्वस्थ हुने सोचका साथ सिद्धि गणेश समय समयमा स्वास्थ्य सम्बन्धि विभिन्न गतिविहिरु संचालन गर्दै आएको र प्रतियोगिताले स्वास्थ्य सम्बन्धि सचेतना फैलाउन मद्दत गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा आयोजक उपसमितिका संयोजक रमेश दुमरु र सचिव निरोज कासिछ्वाले पनि बोल्नुभएको थियो ।
आठ संस्थाहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा केदारनाथ साकोसका कैलाश लामिछाने म्यान अफ द म्याच चुनिएका थिए भने प्रतियोगितामा केदारनाथ साकोस विजेता तथा समाज सुधार साकोस उप-विजेता हुन सफल भएका थिए । प्रतियोगितामा शुभेच्छा साकोसका सरोज सुवाल उच्च गोलकर्ता, केदारनाथ साकोसका विकेश त्वाती र सतिश सुवाल क्रमशः उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडि हुन सफल भएका थिए । विजेता संस्था तथा खेलाडिहरुलाई नगद पुरस्कार सँगै ट्रफि तथा मेडल प्रमुख अतिथिले वितरण गर्नुभयो ।
पुस २९ गते संस्थाका अध्यक्ष राजन लाखाजुले रेप्रिmलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरीएको कार्यक्रममा भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष सुनिल प्रजापति, व्यवस्थापक राजेन्द्र दुमरु र सभापति रमेश दुमरुले पनि बोल्नुभएको थियो ।