सिद्धि गणेशको अन्तर सहकारी फुटसल सम्पन्न

सिद्धि गणेशको अन्तर सहकारी फुटसल सम्पन्न

१ माघ, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २६औं स्थापना दिवसको उपलक्ष्यमा युवा उपसमितिको आयोजनामा अन्तर सहकारी फुटसल प्रतियोगिता भनपा ७ का वडाध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि कवांले खेलले खेलाडि तथा संघ/संस्थालाई अनुशासन सिकाउनुका साथै सीप निखार्ने अवसर दिने र संघ/संस्थाहरुलाई आपसी हितमा मिलेर कार्य गर्न सिकाउने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेशले हरेक समय संस्थाको चासो र समुदायको आवश्यकता अनुसार आफ्नो समाजिक उत्तरदायित्व पुरा गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुहुँदै समुदायमा आधारित…

Read More

सिद्धि गणेशको २६औं स्थापना दिवस सम्पन्न

सिद्धि गणेशको २६औं स्थापना दिवस सम्पन्न

२९ पुस, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २६औं स्थापना दिवस मूल समारोह नेमकिपाका केन्द्रीय सचिव एवं माननीय साँसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा सिद्धि गणेश तालिम हल खँचामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि सुवालले हरेक संस्था स्थापना गर्न र त्यसलाई निरन्तर रुपमा सञ्चालन गर्न उत्तिकै कठिन हुने हुँदा संस्थाका सञ्चालकहरुमा स्वयम्सेवीको भावना र आपसी समझदारी हुनु अनिवार्य छ भन्नुभयो । चन्द्रशम्शेरले प्रति रोपनी केही रुपैयाँमा जनताको जग्गा अधिकरण गरेर ५० लाखको लागतमा सिंहदरवार बनाई ३ करोडमा सरकारलाई विक्री गरेको प्रसंग जानकारी गराउनुहुँदै सञ्चालकहरुमा त्यस्तो…

Read More