सिद्धि गणेशमा बाल चित्रकला प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न
२० पुस, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को महिला तथा बालबालिका उपसमितिको आयोजनामा संस्थाका बाल बचतकर्ताहरु बीच चित्रकला प्रतियोगिता सम्पन्न भयो ।
संस्थाको २६औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका अध्यक्ष राजन लाखाजुले चित्रकला मार्फ आफ्नो भावना तथा सीप व्यक्त गर्न सजिलो हुने र विभिन्न प्रतियोगिताहरुमा सहभागी भई आफ्नो सीपमा निखार ल्याउन सक्ने बताउनुभयो । चित्रकला सबै उमेर र वर्गकालागि लाभदायक बिषय भएको र भविष्यमा उच्च मा.वि. अध्ययनको क्रममा धेरै उपयोगी हुने भन्नुहुँदै बालबालिकाहरुले सिकाईको आधारमा भन्दा पनि आफ्नै मनोविज्ञानको आधारमा चित्र कोर्ने हुनाले उनीहरुको मनोविज्ञान बुझन चित्रकला उपयोगी माध्यम भएको बताउनुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले चित्रकला एक प्राचिन कला भएको वर्तमान समयमा यसको उपयोगिता तथा महत्व दिनानुदिन बढ्दै गइरहेको अवस्थामा चित्रकलामार्फ जीवन सुविधा सम्पन्न रुपमा बाँच्न सकिने भन्नुहुँदै सानैदेखि थोरथोरै बचत गर्ने बानिको विकास गरेमा भविष्यको ठूलो गर्जाे र्टार्न सकिने विचार व्यक्त गर्नुभयो ।
आयोजक उपसमितिका संयोजक रामलक्ष्मी शिल्पकार, लवजुको सभापतित्वमा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा प्रशिक्षक एवं निर्ण्र्ााक गंगाराम प्रजापति र उपसमिति सचिव रञ्जना प्रजापतिले पनि बोल्नुभएको थियो ।
कक्षा २ देखि ५ र ६ देखि ९ सम्म गरी दर्ुइ समुहमा सम्पन्न भएको प्रतियोगितामा क्रमशः र्सवेश दिदिया, स्मरण सुवाल, विमश बासी, अनुप बोहजु र विजेन लवजु, श्रीशा दिदिया, रिजन प्रजापति, सुमित प्याठ समुहगत रुपमा प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।