अनिवार्य शिक्षा शिविर सम्पन्न
८ भाद्र, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा र सुविधा सँगै सहकारीताबारे जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेश साकोसले स्थापनाकाल देखि शिक्षामा जोड दिँदै शिक्षा शिविर सञ्चालन गर्दै आएको र सहकारी मापदण्डले शिक्षा शिविरलाई अनिवार्य गरेकोमा खुशी व्यक्त गर्नुहुँदै हालै सरकारले सहकारी संस्थाहरुलाई बचत तथा ऋणमा तोकेको सर्न्दर्भ व्याजदरको बिषयमा चर्चा गर्नुहुँदै उक्त नीति समुदायमा आधारित सहकारी संस्थाहरुको हितमा रहेको जानकारी दिनुभयो । उहाँले सिद्धि गणेश साकोसले समय सापेक्ष सदस्यको मागमा आधारित प्रविधिमैत्री सेेवा दिने क्रममा मोवाइल बैकिङ्ग तथा ब्त्ः कार्ड सेवा प्रदान गर्दै आइरहेको भन्नुहुँदै संस्थाको परिकल्पना, ध्येय र उद्देश्य लगायतका संस्थाको अवधारणागत पक्षहरुबारे जानकारी दिनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक कृष्णगोविन्द लाखाजुले सहकारी र सहकारीता बारे प्रस्तुती राख्नुहुँदै संस्थाले दिइ आएको सेवा सुविधा तथा संस्थाको नीति नियम सदस्यको स्वार्थ अनुकुल भए नभएको छुट्टाउन शिक्षा शिविरको महत्वपर्ूण्ा भूमिका हुन्छ भन्नुभयो । उहाँले काठमाण्डौंको सिभिल बचत तथा ऋण सहकारी संस्थाको उदाहरण प्रस्तुत गर्दै सिद्धान्तमा आधारित नभई आफुखुशी संस्था सञ्चालन गरेमा समस्यामा पर्ने भन्नुहँदै सहभागिहरुलाई आर्थिक एवं भौतिक प्रलोभनमा नपर्न अनुरोध गर्नुभयो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं संस्थाका सचिव रुद्र नारायण लाखाले तात्कालिन समयमा सामाजिक कार्यमा क्रियाशील ३१ जना युवाहरुको सक्रियतामा ३१०० रुपैयाँबाट २५ बर्षअगाडि सिद्धि गणेश साकोसको स्थापना भएको स्मरण गर्नुहुँदै उहाँले संस्थाको पृष्ठभूमी सम्बन्धि सदस्यहरुलाई साक्षात्कार गराउनुभ भएको थियो ।
३० जना नयाँ तथा सम्भाव्य सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा आयोजक उपसमितिका सदस्य रत्नश्वरी चवालले पनि बोल्नुभएको थियो ।