सिद्धि गणेशमा खुला शिक्षा शिविर तथा निःशुल्क रक्तचाप परिक्षण कार्यक्रम सम्पन्न

२६ माघ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को यातु गणेश सेवा केन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा संस्थाको रजत बर्षो अवसरमा सेवाकेन्द्र कार्यालय परिसरमा खुला शिक्षा शिविर तथा निःशुल्क रक्तचाप परिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले नयाँ तथा सम्भावित सदस्यहरुलाई वित्तीय बजारको बारेमा तथा सिद्धि गणेशको बारेमा सू-सूचित गर्ने उद्देश्यका साथ शिक्षा शिविर कार्यक्रम स्थापनाकाल देखि गर्दै आइरहेको जानकारी दिनुभएको थियो । उहाँले सिद्धि गणेश साकोसले सहकारीका मूल्य, मान्यताका साथ साथै अन्तराष्ट्रिय सिद्धान्तहरुको पालन गर्दै निरन्तर शिक्षा, तालिम, अभिमूखीकरण मार्फ समाजको विकासमा लागिपरेको र सदस्यहरुको सल्लाह सुझाव अुनसार नीति निर्माण गरी संस्था अगाडि बढिरहेको छ भन्नुहुँदै उहाँले सहकारी सहकारीताका बारेमा सहभागिहरुलाई शिक्षित गर्नुभएको थियो ।
संस्थाका सचिव एवं शिक्षा उपसमितिका संयोजक रुद्रनारायण लाखाले तात्कालिन समयमा नियमन निकायको दुरुत्साहनका बावजुद सिद्धि गणेश साकोसको स्थापना भई देशको एक नमूना एवं उत्कृष्ट संस्था हुन सफल भएकोमा खुशी व्यक्त गर्नुहुँदै समुदायमा आधारित सहकारी संस्था प्रजातान्त्रिक रुपमा चल्ने हुँदा त्यस्ता सहकारीहरु भरपर्दाे र विश्वसनीय हुने जानकारी दिनुहुँदै संस्थागत पृष्ठभूमीबारे सहभागिहरुलाई जानकारी दिनुभएको थियो ।
स्वास्थ्य उपसमितिका संयोजक एवं संचालक विष्णुप्रसाद दुमरुले सदस्य स्वस्थ भएमा संस्था स्वस्थ हुने अवधारणालाई आत्मसाथ गर्दै सदस्यहरुलाई स्वास्थ्य सम्बन्धि सहुलियत पर्ूण्ा सेवा दिन सिद्धि गणेश स्वास्थ्य क्लिनिक मार्फ दैनिक डाक्टर सेवा, दन्त सेवा तथा फिजियोथेरापी सेवाका साथै विभिन्न स्वास्थ्य सम्बन्धि योजना लागु गरि सेवा प्रदान गरिरहेको जानकारी दिनुभएको थियो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले सहकारी सिद्धान्तको पालन गर्ने सहकारी संस्था असर संस्था हुने भन्नुहुँदै सहभागिहरुलाई भौतिक एवं आर्थिक प्रलोभनमा नपरी समुदायमा आधारित सहकारी संस्थामा मात्र आ-आफ्नो वित्तीय कारोवार गर्न अुनरेाध गर्नुभएको थियो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सञ्चालक कृष्णनारायण दुमरुले संस्थाको रजत बर्षबर्ष भरि विभिन्न कार्यक्रमहरु गरी मनाउने तयारीको उपजका रुपमा खुला शिक्षा शिविर तथा निःशुल्क रक्तचाप परिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुहुँदै संस्थाको सेवा सुविधाबारे सहभागिहरुलाई जानकारी दिनुभएको थियो ।
आयोजक उपसमितिका सचिव बलराम मुस्याख्वले संचालन गर्नुभएको कार्यक्रममा १२ जना सम्भावित तथा नयाँ सदस्यहरुको उपस्तिति रहेको थियो १९ जनाले रक्तचाप परिक्षण गराएको थियो ।

Leave a Reply

Your email address will not be published.