अनिवार्य शिक्षा शिविर सम्पन्न
५ माघ, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेशको प्रमुख उद्देश्य संस्थाको विकास सँगसँगै सदस्यको आर्थिक तथा सामाजिक विकास रहेको बताउनुहुँदै संस्था र सदस्यको सम्बन्ध राम्रो रहेमा संस्था दिगो हुने बताउनुभयो । उहाँले सिद्धि गणेशमा सदस्यहरुले आर्थिक नभई विश्वासको कारोवार गर्ने बताउनुहुँदै सदस्यले आफ्नो स्वार्थ र उद्देश्य अनुकुल संस्था भए नभएको जानकारी शिक्षा शिविरबाट पाउन सकिने र संस्था र सदस्य सामाजिक प्रणाली अर्न्तगत भएकोले संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न समय र अवसरमा सामाजिक गतिविधि एवं क्रियाकलापहरु संचालन गर्दै आएको जानकारी सँगै संस्थाको अवधारणागत पक्षहरुबारे सहभागीहरुलाई जानकारी दिनुभएको थियो ।
व्यवस्थापक राजेन्द्र दुमरुले सहकारी संस्थाहरुको भौतिक/आर्थिक प्रलोभनमा परि धैरैले आफ्नो धनजनको क्षति व्यहोर्नुपरेको हुँदा वित्तीय संस्थाहरुमा कारोवार गर्न अगाडि संस्थाबारे पर्ूण्ा जानकारी लिई मात्र कारोवार गर्न सहभागीहरुलाई सचेत पार्नुहुँदै सहकारीता र सहकारीबारे संस्थागत प्रस्तुती दिनुभएको थियो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सचिव रुद्रनारायण लाखाले सामाजिक क्रियाकलापमा संलग्न स्थानीय युवाहरुको सक्रियतामा स्थापित सिद्धि गणेश साकोसले २५ औं बर्ष -रजत बर्ष मा प्रवेश गरेको र बर्षभरि विभिन्न कार्यक्रमहरु गरि रजत बर्षमनाउने जानकारी दिनुभएको थियो ।
४४ जना सम्भावित तथा नयाँ सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा उपसमितिका सदस्य रत्नश्वरी चवाल र सचिव किरण वनमालाले पनि बोल्नुभएको थियो ।