एक दिने कौसी खेती तथा कम्पोट मल बनाउने तालिम सम्पन्न

एक दिने कौसी खेती तथा कम्पोट मल बनाउने तालिम सम्पन्न

५ माघ, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी सं. लि. को २५ औं स्थापना दिवसको अवसरमा सदस्य व्यवसाय पर््रवर्द्धन उपसमितिको आयोजनामा एक दिने कौसी खेती तथा कम्पोष्ट मल बनाउने तालिम सम्पन्न भयो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले वर्तमान समयमा कृषियोग्य भूमिको घट्दो उपलब्धता, बजारमा पाइने विषादियुक्त फलफुल तथा तरकारीले गर्दा कौसी खेतीको महत्व दिन प्रतिदिन बढ्दै गइरहेको छ भन्नुभयो । उहाँले कौस खेतीलाई परम्परागत अन्धविश्वास विरुद्धको अभियान भन्नुहुँदै फोहरमैला व्यवस्थापनका लागि जनजागरणको अभावको अवस्थामा यस तालिमले सकारात्मक भूमिका खेल्ने आशा गर्नुहुँदै कृषि मलको लागि अरुको भर…

Read More

अनिवार्य शिक्षा शिविर सम्पन्न

अनिवार्य शिक्षा शिविर सम्पन्न

५ माघ, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेशको प्रमुख उद्देश्य संस्थाको विकास सँगसँगै सदस्यको आर्थिक तथा सामाजिक विकास रहेको बताउनुहुँदै संस्था र सदस्यको सम्बन्ध राम्रो रहेमा संस्था दिगो हुने बताउनुभयो । उहाँले सिद्धि गणेशमा सदस्यहरुले आर्थिक नभई विश्वासको कारोवार गर्ने बताउनुहुँदै सदस्यले आफ्नो स्वार्थ र उद्देश्य अनुकुल संस्था भए नभएको जानकारी शिक्षा शिविरबाट पाउन सकिने र संस्था र सदस्य सामाजिक प्रणाली…

Read More