सिद्धि गणेशमा रक्तदान तथा निःशुल्क सुगर परिक्षण सम्पन्न

२८ पुष, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं स्थापना दिवस तथा रजत बर्षशुभारम्भ भएको अवसरमा स्वास्थ्य उपसमितिको आयोजनमा रक्तदान तथा निःशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेशले सदस्य स्वस्थ रहेमा संस्था स्वस्थ रहने र संस्थाको गतिविधि र क्रियाशिलताले सहकारी संस्था समुदायमा स्थापित हुने भएकोले सिद्धि गणेशले विभिन्न समय र अवसरमा सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको बताउनुहुँदै सिद्धि गणेशले गरेका क्रियाकलपाहरुले समाजमा सचेतना फैलाउने आशा व्यक्त गर्नुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले पुष २९ गते संस्था स्थापना भएको स्मरण गर्दै संस्थाका विभिन्न समिति/उपसमितिहरुले स्थापना दिवसको अवसरमा कार्यक्रमहरु गर्ने क्रममा रक्तदान तथा निःशुल्क सुगर परिक्षणको आयोजना गरिएको जानकारी दिनुहुँदै रक्तदान तथा सुगर परिक्षण गर्राई स्वस्थ रहन अनुरोध गर्नुभएको थियो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सञ्चालक विष्णु प्रसाद दुमरुले सिद्धि गणेश आर्थिक संस्था भएपनि सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न समय र अवसरमा सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको र सो मध्ये सिद्धि गणेश स्वास्थ्य क्लिनिक एक रहेको बताउनुहुँदै संस्थाले २५ औं बर्षप्रवेश गरेको उपलक्ष्यमा बर्ष भरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी रजत बर्षमनाउने जानकारी दिनुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा, भक्तपुर र भक्तपुर हार्ट एण्ड डाइवेटिजको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा ३५ जना रक्तदाताहरुले रक्तदान तथा ५४ जनाले सुगर परिक्षण गरी स्वास्थ्य लाभ लिएको कार्यक्रममा आयोजक उपसमितिका सचिव राजेश जाकिबन्जार र सदस्य कृष्णश्वरी माकले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.