सिद्धि गणेशको स्थापना दिवस तथा रजत बर्षशुभारम्भ कार्यक्रम सम्पन्न

२९ पुष, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. २५ औं बर्षप्रवेश गरेको उपलक्ष्यमा नेमकिपाका सचिव एवं भक्तपुर क्षे.नं. १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यतामा स्थापना दिवस तथा रजत बर्षशुभारम्भ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले भनपालाई सरसफाई, सम्पदा संरक्षण र सु-शासनका लागि अन्तराष्ट्रिय मञ्चमा पुरस्कार प्राप्त भएको जानकारी दिनुहुँदै उक्त उपलब्धिलाई कायम राख्न भनपाका जनताको निरन्तर साथ र सहयोग आवश्यकता पर्छ भन्नुभयो । उहाँले कानूनमा व्यवस्था भए अनुसार उपभोक्ता समिति मार्फ स्थानीयहरुको सहभागितामा भनपाका विभिन्न निर्माणकार्यहरु गर्दै आएकोमा सरकारले उक्त सो व्यवस्था खारेज गरी ठेक्कापट्टा मार्फ गर्ने व्यवस्था कायम गरेको जानकारी गराउनुहुँदै यस्तो व्यवस्थाले पूँजीपति वर्गको मात्र सेवा गर्छ भन्नुभयो ।
उहाँले सहकारी ऐन २०७४ संशोधनका लागि संसदमा छलफलका लागि लगिएको प्रस्ताव बारे जानकारी दिनुहुँदै समाज र कानूनमा भएको परिवर्तनबारे सहकारी अभियन्ताहरु अद्यावधि हुनर्ुपर्ने र कानून एवं प्रस्तावनामा कुनै संशोधन आवश्यक भएमा आवाज उठाउनर्ुपर्छ भन्नुहुँदै सिद्धि गणेश सहकारी गुणस्तरीयताको पर्याय भएको र उक्त गुणस्तरलाई कायम राख्न संस्थाका र समाजका सबै पक्ष मिलेर अगाडि बढ्नर्ुपर्नेमा जोड दिनुभयो ।
अतिथिको आसनबाट भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले विभिन्न राष्ट्रमा भएका सहकारी अभियानबारे जानकारी दिनुहुँदै नेपालमा गुठी, दाफा, भजनका रुपमा धैरै अगाडिदेखी सहकारी संचालनमा रहि आएको बताउनुहुँदै सहकारी ऐन २०७४ का कमी कमोजीहरु औंल्याउदैं ऐन संशोधनका लागि जिल्ला संघ पहलकदमी भई कार्यरत रहेको जानकारी दिनुभयो । उहाँले पारदर्शीता र इमान्दारिता सिद्धि गणेशको सफलताको आधार भएको भन्नुहुँदै सिद्धि गणेश आफ्नो परिकल्पना अनुसार योजनागत रुपमा विभिन्न कार्यहरु गर्दै अगाडि बढिरहेको छ भन्नुभयो ।
सिद्धि गणेशका बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले सिद्धि गणेशको स्थापना सचेत र जागरुक स्थानीय युवाहरुको सक्रियतामा स्थापना भएको स्मरण गर्नुहुँदै सिद्धि गणेश आर्थिक र व्यक्तिगत स्वार्थभन्दा माथि रही सहकारी सिद्धान्त, मुल्य र मान्यतामा आधारित रहि संचालन गर्ने क्रममा नमूना सहकारीको रुपमा सम्मानित हुँदै आजको अवस्थासम्म आइपुग्दा गर्भिलो महसुश भएको बताउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष हरिरत्न गोर्खालीले तात्कालिन समाजको आर्थिक परिवेशलाई ध्यानमा राख्दै सिद्धि गणेश साकोसको स्थापना भएको स्मरण गर्नुहुँदै वर्तमान समयमा सामुदायिक सहकारी संस्थाहरुको भविष्य उज्वल रहेको बताउनुभयो । उहाँले राजनीतिक र नियमनकारी निकायको संरक्षणवादी व्यवहारले सहकारी अभियानमा विकृती भित्रिएको र केही सिमित समुहको स्वार्थले गर्दा सहकारी ऐन २०७४ ढिलो गरी आएको हो भन्नुभयो । ­­
सभापतिको आसनबाट संस्थाका अध्यक्ष राजन लाखजुले इमान्दारिता, पारदर्शीता सँगै मितव्ययीता सिद्धि गणेश साकोसको सफलताको आधार रहेको बताउनुहुँदै संस्थाले आफ्नो पहिलो स्थापना दिवस खुला शिक्षा शिविर गर्दै मनाएको जानकारी दिनुभएको थियो । उहाँले ऐन, कानूनमा भएको व्यवस्था अनुकुल समाजको आवश्यकता र परिवेश अनुकुल संस्था सञ्चालनका लागि नीति नियम बनाउने गरेको बताउनुहुँदै सिद्धि गणेशले रजत बर्षबर्ष भरी विभिन्न कार्यक्रमहरु गरी मनाउने तयारी गरेको जानकारी दिनुभयो ।
संस्थाका कोषाध्यक्ष इश्वरमान दुमरुले स्वागत मन्व्य, उपाध्यक्ष विष्णुराम दुमरुले धन्यावाद ज्ञापन सहितको मन्तव्य दिनुभएको कार्यक्रममा सचिव रुद्रनारायण लाखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.