एक दिने कौसी खेती तथा कम्पोट मल बनाउने तालिम सम्पन्न

एक दिने कौसी खेती तथा कम्पोट मल बनाउने तालिम सम्पन्न

५ माघ, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी सं. लि. को २५ औं स्थापना दिवसको अवसरमा सदस्य व्यवसाय पर््रवर्द्धन उपसमितिको आयोजनामा एक दिने कौसी खेती तथा कम्पोष्ट मल बनाउने तालिम सम्पन्न भयो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले वर्तमान समयमा कृषियोग्य भूमिको घट्दो उपलब्धता, बजारमा पाइने विषादियुक्त फलफुल तथा तरकारीले गर्दा कौसी खेतीको महत्व दिन प्रतिदिन बढ्दै गइरहेको छ भन्नुभयो । उहाँले कौस खेतीलाई परम्परागत अन्धविश्वास विरुद्धको अभियान भन्नुहुँदै फोहरमैला व्यवस्थापनका लागि जनजागरणको अभावको अवस्थामा यस तालिमले सकारात्मक भूमिका खेल्ने आशा गर्नुहुँदै कृषि मलको लागि अरुको भर…

Read More

अनिवार्य शिक्षा शिविर सम्पन्न

अनिवार्य शिक्षा शिविर सम्पन्न

५ माघ, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेशको प्रमुख उद्देश्य संस्थाको विकास सँगसँगै सदस्यको आर्थिक तथा सामाजिक विकास रहेको बताउनुहुँदै संस्था र सदस्यको सम्बन्ध राम्रो रहेमा संस्था दिगो हुने बताउनुभयो । उहाँले सिद्धि गणेशमा सदस्यहरुले आर्थिक नभई विश्वासको कारोवार गर्ने बताउनुहुँदै सदस्यले आफ्नो स्वार्थ र उद्देश्य अनुकुल संस्था भए नभएको जानकारी शिक्षा शिविरबाट पाउन सकिने र संस्था र सदस्य सामाजिक प्रणाली…

Read More

सिद्धि गणेशमा रक्तदान तथा निःशुल्क सुगर परिक्षण सम्पन्न

सिद्धि गणेशमा रक्तदान तथा निःशुल्क सुगर परिक्षण सम्पन्न

२८ पुष, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं स्थापना दिवस तथा रजत बर्षशुभारम्भ भएको अवसरमा स्वास्थ्य उपसमितिको आयोजनमा रक्तदान तथा निःशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेशले सदस्य स्वस्थ रहेमा संस्था स्वस्थ रहने र संस्थाको गतिविधि र क्रियाशिलताले सहकारी संस्था समुदायमा स्थापित हुने भएकोले सिद्धि गणेशले विभिन्न समय र अवसरमा सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको बताउनुहुँदै सिद्धि गणेशले गरेका क्रियाकलपाहरुले समाजमा सचेतना फैलाउने आशा व्यक्त गर्नुभयो । संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले पुष २९ गते संस्था…

Read More

सिद्धि गणेशको स्थापना दिवस तथा रजत बर्षशुभारम्भ कार्यक्रम सम्पन्न

सिद्धि गणेशको स्थापना दिवस तथा रजत बर्षशुभारम्भ कार्यक्रम सम्पन्न

२९ पुष, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. २५ औं बर्षप्रवेश गरेको उपलक्ष्यमा नेमकिपाका सचिव एवं भक्तपुर क्षे.नं. १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यतामा स्थापना दिवस तथा रजत बर्षशुभारम्भ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि सुवालले भनपालाई सरसफाई, सम्पदा संरक्षण र सु-शासनका लागि अन्तराष्ट्रिय मञ्चमा पुरस्कार प्राप्त भएको जानकारी दिनुहुँदै उक्त उपलब्धिलाई कायम राख्न भनपाका जनताको निरन्तर साथ र सहयोग आवश्यकता पर्छ भन्नुभयो । उहाँले कानूनमा व्यवस्था भए अनुसार उपभोक्ता समिति मार्फ स्थानीयहरुको सहभागितामा भनपाका विभिन्न निर्माणकार्यहरु गर्दै आएकोमा सरकारले उक्त सो…

Read More