सिद्धि गणेशको शिक्षा शिविर सम्पन्न

पुष १४, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेशको परिकल्पना, ध्येय, उद्देश्य सहितका अवधारणागत पक्षहरु सम्बन्धि जानकारी दिनुहुँदै शिक्षा शिविर मार्फ आफ्नो उद्देश्य अनुकुलको संस्था सिद्धि गणेश भए नभएको छुट्टयाउन सकिने बताउनुभयो । उहाँले सहकारीका सदस्यहरुको जीवनस्तरमा आएको परिवर्तनबाट सहकारीहरुको सफलताको मापन गर्न सकिने भएकोले सहकारीले सदस्यहरुको जीवनमा सकारात्मक परिवर्तनकालागि सधैं प्रयासरत रहनर्ुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सिद्धि गणेशले अघिल्लो पुस्तालाई आदर र माया तथा भावी पुस्तालाई प्रोत्साहनकालागि विभिन्न समयमा कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको हुनाले त्यस्ता कार्यक्रमहरुमा सदस्यहरुको सक्रिय सहभागिताकोलागि जोड दिनुभएको थियो ।
संस्थाका उपाध्यक्ष एवं निवर्तमान शिक्षा समितिका संयोजक विष्णुराम दुमरुले सहकारी सिद्धान्त तथा सदस्यता वृद्धि सँगै संस्थाको क्षमता र आकारमा वृद्धि हुने सोच अनुरुप खुला सदस्यता नीतिलाई अँगाल्दै भक्तपुर जिल्ला भरि कार्यक्षेत्र लिएको बताउनुभएको थियो । उहाँले सामाजिक क्रियाकलाप एवं सामुदायिक हितलाई प्राथमिकतामा राख्दै स्थापना भएको सिद्धि गणेश साकोसले सामाजिक उत्तरदायित्व वहन गर्न स्वास्थ्य क्लिनिक सँगै विभिन्न समयमा सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले सहकारी र सहकारीता सँगै सदस्यको अधिकार र दायित्व बारे जानकारी दिनुहुँदै सदस्यहरुको इच्छा, आकांक्षा अनुसार सहकारी संस्था सञ्चालन हुने र सदस्यहरुले नै सहकारीलाई नियन्त्रण गर्ने हो भन्नुहुँदै सदस्य सेवा, सदस्यहरुको वित्तीय स्रोतको विकास एवं सदस्यहरु बीच नाफाको समान वितरण गर्ने संस्थाहरु दिगो एवं असल हुने जानकारी दिनुभएको थियो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं संस्थाका सचिव रुद्रनारायण लाखाले सिद्धि गणेश साकोसले २४ औ बर्षपार गरी २५ औं बर्षा पाइला टेक्न लागेको खुशीयालीमा संस्थाले बर्ष भरि विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनुहुँदै कार्यक्रममा उपस्थित सम्पर्ूण्ामा आभार व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ११३ जना नयाँ तथा सम्भावित सदस्यहरुको उपस्थिति रहेको थियो भने आयोजक उपसमितिका सचिव किरण वनमाला र सदस्य रत्नश्वरी चवालले पनि बोल्नुभएको थियो ।

Related posts

Leave a Comment