ँसहकारी गरिब मजदुर र किसानका लागि हुनुपर्ने’


भक्तपुर, १५ मंसिर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको २४ औँ साधारणसभा क्षेत्रगतरूपमा तीन छुट्टाछुटै ठाउँमा शनिबार सम्पन्न भयो ।
कमलविनायकस्थित स्टार बैंक्वेटमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित० ले सहकारी संस्था गरिब मजदुर रकिसानको लागि गरिबकै पैसा सङ्कलन गरेर खोल्नुपर्ने बताउनुभयो ।
जनताले काम पाउने पर्यटन उद्योग, कलकारखाना, पसल खोल्न सहकारी संस्था अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुहुँदै अध्यक्ष रोहितले भन्नुभयो, ँँसहकारी संस्थाले जनताको राजनीतिक, सांस्कृतिक, शैक्षिक स्तर उकास्न, नागरिक भावना जगाउन र समाजप्रति समर्पित बनाउन कक्षा सञ्चालन, अन्तरक्रिया र प्रशिक्षण सञ्चालनका साथै विभिन्न देशका भाषाको तालिम र स्वास्थ्य शिविरहरू सञ्चालन गर्नु आवश्यक छ ।’’
विदेशी सहयोग पाउँदा या देशलाई चन्दा दिंदा आफूले कति पाउने भन्ने मन्त्रीहरूको राजनीतिले देशकै बेइज्जती भइरहेको उल्लेख गर्नुहुँदै उहाँले सरकारको माग्ने प्रवृत्तिले देश मगन्तेहरूको मुलुकजस्तै बनिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
भक्तपुर बैंक्वेटमा भएको सभा उद्घाटन गर्नुहुँदै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सहकारी संस्थाहरुले देश र जनताको निम्ति आवश्यक काम गरिरहेको हुँदा सहकारी संस्थाको आवश्यकता भएको विचार राख्नुभयो ।
उहाँले भन्नुभयो, ँँसहकारीले सबै सदस्यको हितमा सहकारी संस्थामार्फत उद्योग र व्यापार गर्न आवश्यक छ । सहकारीको नीति तथा कार्यक्रम, बजेट र निर्णयहरू यही अनुरूप हुनुपर्दछ ।’’
सर्वसाधारण जनताको अर्बौं रूपैयाँको बचत ठगी गर्ने सहकारीहरूलाई सत्ता गएका पार्टीहरूले नै संरक्षण गरेको चर्चा गनुहुँदै सांसद सुवालले ठगी गर्नेहरूलाई कारबाही गरी जनताको बचत अविलम्ब फिर्ता गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ँँवीर अस्पतालका एक डाक्टरले आफू घूस खुवाउन मञ्जुर नहुँदा राजीनामा दिएको प्रस·ले सरकारमा रहेका उच्चपदस्थहरूबाटै भ्रष्टाचार भइरहेको प्रमाणित हुन्छ’’, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, ँँजनताको पैसा ठग्ने युनिटी, ओरियन्टल, हर्बोलगायतका ठहरूलाई सरकारले कारबाही नगर्नु मिलेमतोको सङ्केत हो ।’’
ँँदेशको सन्तुलित विकासको लागि जनसङ्ख्या र योजनालाई काठमाण्डौ उपत्यका र केही मुख्य सहरमा मात्र केन्द्रित गर्नुहुँदैन । देशको सन्तुलित विकास भए काठमाण्डौका पुराना बस्ती भत्काएर सडक चौडा गर्ने र खोना एवं बो·ाको सम्पदा विनास गरी द्रुतमार्ग बनाउनु आवश्यक हुँदैन’’, उहाँले भन्नुभयो ।
महेश्वरी बैंक्वेटमा भएको सभाको उद्घाटन गर्नुहुँदै नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सदस्यहरूको सांस्कृतिक स्तर उकास्ने लक्ष्यसहित सहकारीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ भन्नुभयो ।
संस्थाका पदाधिकारीहरू जिम्मेवारीबाट पन्छिन नहुने चर्चा गर्नुहुँदै उहाँले संस्थाको आवश्यकताअनुसार सदस्यहरूलाई परिचालन गर्न सके संस्थाको प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरू अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको पाहुना हुन जानु गलत कदम भएको र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको पछि लाग्दा देश परनिर्भर हुुँदै गएको प्रमुख प्रजापतिले बताउनुभयो ।
भनपाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणमा निरन्तर काम गर्दै आइरहेको चर्चा गर्नुहुँदै उहाँले भक्तपुर नगरपालिकालाई नेपालको उत्कृष्ट नगरपालिका बनाउने लक्ष्यसहित जनप्रतिनिधिहरू लागिपरेको बताउनुभयो ।
युवाहरूलाई स्वदेशमा रोजगारी दिनुपर्ने आवश्यकता औल्याउनुहुँदै प्रमुख प्रजापतिले सरकारको अदूरदर्शिताका कारण ५० लाखभन्दा बढी नेपाली युवाहरू विदेशमा सस्तो ज्यामीको रूपमा काम गर्न बाध्य रहेको उल्लेख गर्नुभयो ।
स्टार बैंक्वेटमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सामूहिक भावना राखेर समाज, गरिब र निमुखा जनताको सेवा गर्ने संस्था सच्चा सहकारी संस्था हुने विचार राख्नुभयो ।
किसानको बचेखुचेका जग्गा खोस्ने काममा सहकारी संस्था प्रयोग हुन नहुने चर्चा गर्नुहुँदै उहाँले सहकारीलाई पुँजीपति वर्गको हतियार बनाउने षड्यन्त्रतर्फ सहकारीका पदाधिकारीहरू र सदस्यहरू सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुर बैंक्वेटमा भएको सभामा बोल्दै प्रदेशसभा सदस्य सृजना सैंजुले सहकारीले विभिन्न तालिम मार्फत दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुहुँदै राष्ट्रिय विकासमा पनि हाम्रा सहकारी संस्थाहरूको योगदानको आवश्यकताबारे चर्चा गर्नुभयो ।
तीन छुट्टाछुट्टै क्षेत्रहरूमा भएको सभाहरूको संस्थाका अध्यक्ष हरिरत्न गोर्खाली, उपाध्यक्ष राजन लाखाजु र सचिव रूद्रनारायण लाखाले सभापतित्व गर्नुभएको उक्त कार्यक्रमहरूमा प्रस्तुत आ।व। २०७४/०७५ को प्रगति, आर्थिक, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनहरूलगायत पारित गरिएको उक्त सभाबाट साधारणसभासम्बन्धी विनियम संशोधन तथा राजन लाखाजुको अध्यक्षतामा १५ सदस्यीय नयाँ सञ्चालक समिति र रामप्रसाद लाखाजुको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको निर्विरोध निर्वाचनसमेत गरिएको थियो ।
कार्यक्रममा हिमालयश्वरलाल मूल, नेफ्स्कूनका प्रतिनिधि विपिन शर्मा, कृष्णगोविन्द लाखाजूलगायतले पनि बोल्नुभएको थियो ।

Related posts

Leave a Comment