लाभांशका साथ स्वास्थ्य परिक्षण

२३ असोज, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी सं. लि. को स्वास्थ्य उपसमितिको आयोजनामा संस्थाको कार्यालय भवनमा लाभांश रकम लिन आउने सदस्यहरुलाई लक्षित गर्दै निःशुल्क रक्तचाप तथा सुगर-चिनीरोग) परिक्षण कार्यक्रमको शुभारम्भ भएको छ ।
कार्यक्रममा बोल्नुहुँद संस्थाका अध्यक्ष हरिरत्न गोर्खालीले प्रतिनिधिमूलक साधारणसभा खारेजी सँगै २४औं वाषिर्क साधारणसभा क्षेत्रगत रुपमा हुन गइरहेको र उचित ठाउँको अभावमा हरेक २ क्षेत्रकोलागि एक सभास्थल छनौट गरी एकै दिन एकै समयमा ३ स्थानमा साधारणसभा हुन गइरहेको जानकारी दिनुहुँदै सदस्यहरुलाई आ-आफ्नो सभास्थल पहिचान गरी समयमै सभास्थलमा उपस्थितिका लागि अनुरोध गर्नुभयो । उहाँले हाम्रो समाजमा विभिन्न थरिका सहकारी संस्था संचालनमा रहेको र सदस्यहरुले लोभ लालचमा नलागी समुदायमा आधारित सहकारी संस्थामा मात्र सदस्य भई बचत गर्न अनुरोध गर्दै आफ्नो शेयरको लाभांशका साथ रक्तचाप र सुगर परिक्षण गर्राई स्वास्थ्य लाभ प्राप्त गर्न अनुरोध गर्नुभयो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुले चाँर्डपर्वमा सदस्यहरुलाई आफ्नो स्वास्थ्य प्रति सजग भई खानपानमा बिशेष ध्यान दिनका लागि अनुरोध गर्नुहुँदै सदस्य स्वस्थ्य भए संस्था स्वस्थ हुने र संस्थाको आर्थिक क्षमता वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले निःशुल्क रक्तचाप तथा सुगर रोग परिक्षण कार्यक्रम २३ असोज देखि २७ गने सम्म संचालन हुने भएकोले समयमै स्वास्थ्य परिक्षण गर्राई स्वास्थ्य लाभ लिन अनुरोध गर्नुहुँदै हाल सिद्धि गणेश स्वास्थ्य क्लिनिकबाट सामान्य स्वास्थ्य परीक्षण, फिजियोथेरापीका, दन्त सेवाका साथै समय समयमा स्वास्थ्य शिविर गर्दै आएको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा उपसमितिका सचिव राजेश जाकिबन्जारले पनि बोल्नुभएको थियो ।

Related posts

Leave a Comment