सिद्धि गणेशको लाभांश तथा उपहार वितरण कार्यक्रम सम्पन्न

२० असोज, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी सं. लि. को संचालक समितिको आयोजनामा आ.व. २०७४/०७५ मा उल्लेख्य शेयर पूँजी वृद्धि गर्ने सदस्यहरुलाई लाभांश तथा उपहार वितरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका अतिथि एवं भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले रुसको अक्टावर क्रान्तिको चर्चा गर्नुहुँदै वर्ग असमानताको चुँलिदो वर्तमान समयमा सहकारी मार्फ पनि सामाजिक र आर्थिक परिवर्तन एवं क्रान्ति ल्याउन सम्भव भएको बताउनुहुँदै सहकारी संघ/संस्थाहरु बचत तथा ऋणमा मात्र सीमित नभई सहकारीहरुले रोजगारी सृजना सँगसँगै सामाजिक दायित्व पनि वहन गर्नुपर्छ अन्यथा बैक र सहकारीमा भिन्नता हँदैन भन्नुभयो । उहाँले सिद्धि गणेश साकोस एक नमूना र सहकारी अभियानको एक अगुवा संस्था भएकोले यसका संचालकहरु संवेदनशील भई संस्था संचालन गर्दै अगाडि बढ्नर्पर्नै भन्नुहुँदै स्वार्थमा आधारित भन्दा पनि सहकारी संस्थाको गुणस्तर र क्रियाकलाप हेरी सहकारी संस्थाको सदस्यता लिनर्ुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले राष्ट्र बैंकले बैंक/फाइनान्सलाई संरक्षण र सुरक्षण दिएजस्तै भनपाले आफ्नो क्षेत्रको सहकारीहरुको व्यवस्थापन, निरिक्षण एवं सुरक्षण गर्ने उद्देश्यका साथ सहकारी नियमावलीमा सहकारीकर्मीहरुको सल्लाह सुझाव अनुसार आवश्यक परिमार्जन गरेको जानकारी दिनुहुँदै भनपाको नियमावलीमा सामाजिक दायित्व अर्न्तगत सहकारी संघ/संस्थाहरुले उद्योगधन्दा गरी रोजगारी सृजना गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भनपाले आफ्नो क्षेत्रको शैक्षिक, स्वास्थ्य र सरसफाईलाई प्राथमिकतामा राखि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको र सोहि अनुसार १०० शैयाको अस्पताल निर्माण गर्न बजेट छुट्टाइएको र निकट भविष्यमा नै वडा वडामा नर्स सँगसँगै डाक्टर परिचालन गर्ने योजना पनि रहेको जानकारी दिनुभएको थियो ।

संस्थाका निवर्तमान अध्यक्ष एवं संचालक सदस्य कृष्णगोविन्द लाखाजुले आ.व. २०७४/०७५ मा ५० हजार वा सो भन्दा बढी शेयर खरीद गरी संस्थाको शेयर पूँजीमा उल्लेख्य योगदान गर्ने सदस्यहरुलाई सम्मान स्वरुप कार्यक्रमको आयोजन गरिएको जानकारी दिनुभएको थियो । उहाँले सहकारी संस्था एक सामाजिक प्रणाली अर्न्तगत संचालित भएपनि यसले अरु सामाजिक प्रणालिले भन्दा बढी अर्थलाई प्राथमिकता दिँदै कारोवार गर्दै आइरहेको र सामाजिक रुपमा संस्थालाई दिगो, सबल र सुशासित गर्न शेयरको महत्वपुर्ण भूमिका हुने भएकोले सदस्यहरुलाई प्रशिक्षित गर्ने उद्देश्यका साथ कार्यक्रम भएको बताउनु भएको थियो ।

सभापतिको आसनबाट संस्थाका अध्यक्ष हरिरत्न गोर्खालीले वर्तमान समयमा सहकारी संस्थाले दिने लाभांश र सुविधा रकम हेरी संस्थाको मूल्याङ्कन हुने गरेकोमा चिन्ता व्यक्त गर्नुहुँदै संस्थाको गुणस्तर र गतिविधी हेरी सहकारी संस्थाको मूल्याङ्कन गर्नुपर्छ भन्नुहुँदै साधारणसभामा उपस्थिति लाभांश र सुविधा रकमकालागि मात्र हुन नहुनेमा जोड दिनुभएको थियो ।

संस्थाका व्यवस्थपाक राजेन्द्र दुमरुले संस्था सफल र दिगो संचालनका लागि नाफा सँगै शेयर पूँजीको पनि महत्वपूर्ण भूमिका हुने बताउनुहुँदै हाल सिद्धि गणेशमा कूल निक्षेपको ११ प्रतिशत शेयर पूँजी कायम रहेको जानकारी दिनुभयो । उहाँले सिद्धि गणेश साकोसले सहकारी ऐन २०७४ मा व्यवस्था भएअनुसार क्षेत्रगत साधारणसभाका लागि आफ्नो कार्यक्षेत्रलाई ६ क्षेत्रमा विभाजन गरी हरेक दर्इ क्षेत्रको साधारणसभाका निम्ति एक सभास्थल कायम गरी मंसिर १५ गते ३ स्थानमा एकै साथ एकै समयमा साधारणसभा गर्ने निर्णय भएको जानकारी दिनुभएको थियो ।

सचिव रुद्रनारायण लाखले संचालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष राजन लाखाजुले धन्यावद मन्तव्य दिनुभएको थियो भने संस्थाका कोषाध्यक्ष इश्वरमान दुमरुले वित्तीय प्रगति विवरण पेश गर्नुभएको थियो ।

Related posts

Leave a Comment