३०औं स्थापना दिवस समारोह । (२०८० पुस २९)

३०औं स्थापना दिवस समारोह । (२०८० पुस २९)

परिचय
हरिराम जोशीको वि.सं. १९९२ चैत्र कृष्ण द्धितीय सोमबारका दिन माता हेमकुमारी जोशी र पिता भारथ राम जोशीबाट न्हागल टोल ललितपुरमा भएको थियो । हाल उहाँ ५(ग) पोडिखेल, लगनखेलमा बसोबास गर्नुहुन्छ । वि.सं. २००७/०८ साल देखि विद्यार्थी आन्दोलनमा सहभागी भई सोही समय नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरी ललितपुर नगर कमिटिको प्रमुख भई नेपालको राजनितिक आन्दोलनमा आवद्ध भर्ए कार्य गर्नुभएको थियो । उहाँले सन् १९६२ मा संस्कृति विषमा एम.ए गर्नुभएको थियो । उहाँले विक्रम संवत् २०१७/०१/०४ गते कदमकेशरी मास्केसँग बैवाहिक जीवनमा जोडिनु भएका थिए । उहाँले २०२३ श्रावण २३ गते नेपाल सरकारको निर्णयनुसार राष्ट्रिय संग्रहालयको रा.प.तृ पदमा नियुक्ति भई २०५० फागुन २८ गते रक्षा मन्त्रालयको उप–सचिव पदबाट सेवा अवधि पुगी अवकाश प्राप्त गर्नुभएको थिए । उहाँ नेपाल हेरिटेज सोसाइटीका मानार्थ सदस्य पनि हुनुहुन्छ ।
हिन्दु देवी देवता नामक कृतिको लागि गुणराज पुरस्कारबाट पहिलो पटक पुरस्कृत भई हाल सम्म विभिन्न उपाधिहरु र विभिन्न विषयहरुमा सम्मानित हुनुभएको छन् ।
त्यसैगरी वि.सं.२०१० मा समाजको विकास नामक प्रकाशित कृति देखि दजौनौ उहाँको कृतिहरुको प्रकाशन भइसकेका छन् । र सन् १९८१ देखि जोशी रिसर्च इन्स्टिच्युटको मुखपत्रको रुपमा अनुसन्धानमुलक त्रेमासिक जर्नल रोलम्बको प्रधान सम्पादक भई अविच्छिन्न रुपमा प्रकाशन गर्दै आइरहनु भएका छन् । र साथै विभिन्न कृतिहरु प्रकाशोत्मुख अवस्थामा पनि रहेको छन् ।
परिचय
  साहित्यकार,गीतकार एवं पुर्व एस.एस.पी नारायणकुमार आचार्य,पिता स्व.श्रीअमृत लाल आचार्य र माता श्री सितलादेवी आचार्यका माइलो छोराको मिति २०१०साल भाद्र ३ गते कलैया न.पा.वडा न १ वारा जिल्लामा भएको थियो । उहाँको  विवाह श्रीमती गुह्येश्वरी आचार्यसगं भएको थियो । उहाँहरुवाट छोराहरु डा.निभिषकुमार र डा.प्रशन्नकुमार गरी दुई छोराहरु रहेका छन ।हाल उनको गोकर्णेश्वर न.पा. वडा नं.५ चामुण्डा देवीस्थानमा स्थायी ठेगाना रहेको छ ।अध्ययनको शिलशिलामा उहाँले वि.स.२०७१मा सोसियोलोजि विषयमा एम.ए गरेका छन ।
     वि.स २०२६ सालमा पहिलो रचना कवितावाट साहित्यिक लेखन यात्राको प्रारम्भ गरेका थिए । त्यसैगरी २०३० साल भदौ ११ गते नेपाल प्रहरी सेवामा अ.स.ई पदमा नियुक्त भएका थिए र २०६२ साल भाद्र११मा एस.एसपी पदमा आवकाश प्राप्त गरेका थिए उहाँले विभिन्न समयमा टे«निङ,वर्कशपहरुमा सहभागिता जनाउनु भएको थियो। उहाँका विभिन्न लेख ,रचनाहरु विभिन्न समयमा विभिन्न प्र्रकारका पत्रपत्रिकाहरुमा प्रकाशित भएका थिए।उहाँको मिति २०५७/१/१५ गते (मेरी आमा) पहिलो क्यासेट, सी.डी र (मन भित्रका आवाजहरु) कविता संग्रह एकै पटक लोकार्पन भएको थियो,त्यसैगरी क्रमश २०५७/१२/१९ र २०६१/१/०५ गते (तिम्र्रो सम्झना र मन भित्रका आवाजहरु) क्यासेट सी.डीहरु विमोचन भएका थियो । स्कुले जिवनदेखि नै कविता र गीताहरु प्रकाशित गदै आउनु भएको सम्मानित आचार्य विभिन्न समयमा अन्य आधुनिक गीतहरु नेपालको संगित जगतमा एकमाथि अर्को ईटा थप्दै जाने कार्यमा व्यस्त रहनु भयो । भक्तपुर वासीको मन मस्तिष्कमा  वातावरणीय रुपमा गुँञ्जिन पुगेको गीत (विश्व सम्पदा जोगाउने हाम्रो रहर,कला संस्कृतिले सुसज्जित यो शहर,यो नगर भक्तपुर,नेपालीको धरोहर ।)वोलको गीत उहाँले२०५६/५७ साल तिर भक्तmपुरमा जिल्ला प्रहरी कार्यलय भक्तपुरको सुरक्षा प्रमुख(एस.पी) भई काम गर्दा यो गीत लेख्नु भएको थियो
     उहाँको विभिन्न संघ संस्थाहरुमा आवद्धता रहेको छ । साथै विभिन्न जिल्लाको भ्रमणका साथै विभिन्न अन्य राष्ट्रहरुको पनि भ्रमण गर्नुभएका छन । उहाँँले सन १९९२ मा UN MISSION मा पनि सहभागिता जनाउनु भएको थियो । उहाँको विभिन्न  श्रेत्रहरुको सहभागिताका साथ प्रशिद्ध गोर्खा दक्षिण वाहु चौथा, LONG POLICE SERVICE MEDAL,NATURAL DISATER RESCUE MEDAL,UN MEDAL आदि वाट मानपदवीहरुवाट पुरस्कृत भएका थिए । साथ साथै प्रहरी सेवामा कार्यरत रहदा सेवा निवृत भईसक्दा पनि विभिन्न संघसंस्थाहरुवाट पुरस्कार,सम्मान र प्रशंसा पत्रहरु प्राप्त गर्नु भएका छन ।

This will close in 0 seconds