सिद्धि गणेश साकोसमा उद्घोषण तथा भाषणकला प्रशिक्षण सम्पन्न(भाद्र १५)
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा तथा बागमती प्रदेश साँसद सुरेन्द्रराज गोसाईको प्रमुख आतित्यथामा अनिवार्य शिक्षा शिविर र एकहप्ते उद्घोषण तथा भाषण कला प्रशिक्षणको समापन कार्यक्रम सिद्धि गणेश तालिममा सम्पन्न भएको छ ।
कार्यक्रमका अतिथि गोसाईंले सहकारी संस्थाहरु आर्थिक कारोवारमा मात्र सिमित नरहि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सक्रिय रहनुपर्ने सुझाव दिए । हाल समाजमा मानसिक रोग तथा अन्य रोगहरु बढि रहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सहकारी संस्थामा कारोवार गर्न आएका सदस्यहरुको टौल र रक्तचाप परिक्षण गर्ने व्यवस्था गरी सदस्यहरुको स्वास्थ बारे आवश्यक सल्लाह दिनुपर्नेमा जोड दिए ।
साँसद गोसाईले भाषण कला भन्दा पनि अभिव्यक्ति क्षमता अभिबृद्धि गर्नुपर्ने भन्नुहुँदै अभिव्यक्ति क्षेमता बृद्धि गर्न राम्रो श्रोता बन्नुपर्ने र निरन्तर अध्ययन गर्दै जानुपर्ने बताए ।
कार्यक्रमका अतिथि संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले उहाँले संस्था व्यक्तिले होइन नीतिले सञ्चालन गर्नुपर्ने भन्नुहुँदै पारदर्शी नभएका र सुशासनमा नचलेका सहकारी संस्थाहरु मात्रै समस्यामा परेको बताए । उनले सिद्धि गणेश साकोसको मुल उदेश्य सदस्यहरुको अनावश्यक खर्च कटौटी गरी बचत गर्ने बानी बिकास गर्ने रहेको बताउँदै सदस्यहरुको सिप र क्षमता विकास गर्न संस्थाले विभिन्न सिपमूलक तालिमहरु निरन्तर सञ्चालन गर्दै आएको साथै सास्कृतिक बाजाको संरक्षण गर्न विभिन्न बाद्य बादन बजाउने तालिम पनि सञ्चालन गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा एकहप्ते उद्घोषण तथा भाषण कला तालिमका प्रशिक्षक रविन्द्र प्रसाद कुसीले बोल्नेको पिठो पनि बिक्ने नबोल्नेको चामल पनि नबिक्ने उख्खानको उद्धारण दिनुहुँदै बोल्ने क्षमताको महत्व बारे चर्चा गरे । प्रशिक्षक कुसीले सिप विकास गर्न विभिन्न तालिमको आवश्यकता रहने औल्याउँदै सिद्धि गणेश संस्थाबाट निरन्तर सिपमूलक तालिम आयोजना हुँदै जाने आशा व्यक्त गर् ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले संस्थाको पृष्ठभुमि र क्रियाकलापहरुको जानकारी दिनुहुँदै झुटो ख्यातिका लागि मात्र सेवा सुविधाको प्रचार गर्नु भन्दा सदस्यको विश्वास जित्न संस्था पारदर्शी बन्नुपर्नेमा जोड दिए। उनले सिकाईलाई व्यवहारमा लागु नगरे सिकाईको कुनै औचित्य नरहने बताउँदै कुनै पनि तालिममा समावेश हुदाँ सिकेका ज्ञान अरुलाई सिकाउन सक्षम हुनुपर्ने भने ।कार्यक्रममा उपसमितिका सदस्य रामहरि ताम्राकार, प्रशिक्षणका प्रशिक्षर्थी जमुना बाइजु, राज सैंजु, राज्य लक्ष्मी न्याइच्याई र विजय सुवालले पनि बोलेका थिए ।