भक्तपुर महोत्सवमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन ।पुस ७
७ पुस, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को भक्तपुर महोत्सव स्थल व्यवस्थापन तथा साँस्कृतिक प्रर्दशनी समितिको आयोजनामा भक्तपुर महोत्सव–२०८१ मा संस्थाको तर्फबाट बस्तु तथा सेवाहरु र नृत्य प्रर्दशन गरी सहयोग गर्नुहुने सदस्य एवं सदस्य परिवारहरुका लागि हार्दिक धन्यवाद ज्ञापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष विष्णु राम दुमरुले सदस्यहरुबाट उत्पादित बस्तुहरुको उचित बजारको कमी भएको औल्याउँदै सहकारी संस्थाहरुले सदस्यहरुको उत्पादन खरिद गरी सहकारी मेलाहरुको आयोजना गरे सदस्यहरुको उत्पादनले उचित बजार पाउने र समाजमा रोजगारीकोे श्रृजना हुने बताउनुभयो । उहाँले बजारमा पत्रु खनाको बृद्धि भएको अवस्थामा सहकारी संस्थाले सदस्यहरुलाई आफै खाद्यान उत्पादन गर्न प्रोत्साहन गरी स्वस्थकर खाद्यानको उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले हाल सहकारी संस्थाहरु आर्थिक कारोवारमा मात्र सिमित रहेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै सिद्धि गणेश साकोसले समुदाय एवं सदस्यहरुको हितका लागि नियमित सिपमूलक, क्षमता अभिबृद्धि तथा रोजगारीमूलक तालिमको अयोजना गर्दै आएको बताउनुभयो । कार्यवाहक अध्यक्ष दुमरुले संस्थाले सामाजिक सेवा गर्नुपर्ने भवनाले सिद्धि गणेश क्लिनिक मार्फत सम्पूर्ण समुदायलाई विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परामर्श प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले युवाहरु वैदेशिक रोजगारीका लागि विदेशीनाले वित्तीय संस्थाहरुको लगानी कम भई संस्थामा रकम थुपारिदै गएको र युवाहरु उद्यमी बन्नबाट टाढिदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा समितिका सदस्य एवं संस्थाका सञ्चालक सदस्य तुल्सीदास दुमरुले स्वस्थ जीवन नै सुखी जीवन हो भन्नहुँदै संस्थाले सिद्धि गणेश क्लिनिक मार्फत सुलभ मुल्यमा सदस्यहरुलाई विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सञ्चालक सदस्य रत्नश्वरी चवालले सदस्यहरुको साथ र विश्वस बिना भक्तपुर महोत्सवमा संस्थाबाट बस्तु, सेवा तथा नृत्य प्रर्दशनी गर्न नसकिने बताउँदै संस्थालाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कुनै पनि काम ठुलो र सानो नहुने भन्नुहुँदै आफुले जानेको कामलाई निरन्तरता दिए पक्कै सफल बन्न सकिने धारण व्यक्त गर्नुभयो ।
कार्यक्रममा समितिका सदस्य एवं सञ्चालक सदस्य सपना कवां र संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।