पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न । असार ४,२०८१

पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न । असार ४,२०८१

४ असार, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको आयोजनामा पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम डा. अरुणा उप्रेतीको सहजिकरणमा संस्थाको तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले हाल गलत खानपिनका कारणले गर्दा सदस्य लगायत सदस्यहरु परिवारहरुमा विभिन्न स्वास्थ्य समस्या देखा परिरहेको हुनाले यस किसिमका स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रमहरुको आवश्यकता रहेको बताउदै भविष्यमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभयो । असारको व्यस्त समयमा पनि कार्यक्रममा बाक्लो उपस्थिती भएको हुनाले स्वास्थ्य प्रति सबैको चासो रहेको देखिएको अनुभूती जनाउनु भयो ।
लाखाले सदस्य स्वस्थ रहेमा सदस्यहरुको आर्थिक सक्षमता बृद्धि हुने कुरालाई पनि जोड दिनुभयो । उहाँले संस्था वित्तीय कारोबारमा मात्र सिमित नरहि सदस्यहरुको क्षमता अभिबृद्धि हुने तथा सिप बिकास हुने तालिम सञ्चालन गर्दै आएको जानकारी गराउदै तालिमबाट सिकेका सिप र ज्ञान उपयोग गर्दै जानुपर्ने र अरुलाई सिकाउदै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सहजकर्ता डा. अरुणा उप्रतीले विगतमा जेष्ठ नागरिकमा मात्र देखिने रोगहरु हाल पत्रु खानपिनका कारण युवाहरुमा पनि देखिनाले चिन्ता व्यक्त गर्नुहुँदै जीवनमा स्वस्थ रहन स्वास्थ्यकर खाना खाएर नियमित व्यायाम गर्न सुझाव दिनुभयो । बालबालिकाहरुले रुचाउने खानाहरु जस्तै चाउचाउ, केक, चिजबल, कुरकुरे लयागत अन्य पत्रु खानाको सेवनले गर्दा अन्य रोगहरु मात्र नभई मष्तिस्कमा समेत असर परि शरिरको अगंहरुको विकासमा पनि अनुकूल असर गर्ने बताउनु भयो ।
उहाँले खाना तयार गर्दा एउटै तेल बारम्बार प्रयोग गर्दा मुटु, फोक्सो तथा हड्डीमा असर हुनुका साथै क्यान्सरको पनि कारण बन्न सक्ने जानकारी दिनुहुँदै प्रशोधित खानामा पनि एउटै तेल निरन्तर प्रयोग हुने हुदा ती खानाहरु स्वास्थको लागि हानिकारक हुने बताउनुभयो । उहाँले स्वास्थमा समस्या आउनुको मुख्य कारण मोटापन पनि रहेको बताउनुहुँदै चिल्लो, धेरै गुलियो तथा चतपटे खानेकुरा संग टाढा रहन सल्लाह दिनुभयो ।
डा. उप्रेतीले स्वाङ नै मुर्खताको पराकास्त हो भन्नुहुँदै अरुको सिको गरेर अस्वस्थकर खाना खानु भन्दा घरमै बनेको खानेकुरा स्वास्थकर हुने भन्नुभयो । उहाँले आप्mनो संस्कृति बिर्सदै गएर विदेशी संस्कृति अंगाल्दै गए आप्mनो अस्तित्व मेतिदै जाने बताउदै विदेशीहरुको राम्रा संस्कृति मात्र सिको गर्न सचेत गर्नुभयो । नेवार समुदायमा विभिन्न चाडपर्वमा समयानुकुल खानपिन गर्ने परमपरा चल्दै आएको हुनाले नेवार समुदायका हरेक आमाहरु पोषणविद् हुन, उहाँले भन्नुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक रत्नश्वरी चवालले आप्mनो शरिरको ख्याल आफैले गर्नुपर्ने भन्नुहुँदै प्रशोधित खाना भन्दा घरमै बनेका खाना खान आग्रह गर्नुभयो । चवालले एक व्यक्ति बिरामी भएमा उसको पुरै परिवार लगायत साथी, आफन्तहरुकै आर्थिक तथा मानसिक तनाव हुने भएकोले स्वस्थ रही खुशी जीवनयापन गर्न खानपिन र व्यायामलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले संस्थाका हरेक कार्यक्रमहरुमा सहभागीहरु समयमै उपस्थित भए कार्यक्रम अझबढि प्रभावकारी रुपमा सञ्चालन हुने भन्नुहुदै सम्पूर्ण सदस्यहरुलाई संस्थाका हरेक कार्यक्रममा सक्रिय सहभागी हुन अनुरोध गर्नुभयो ।
संस्थाको ९५ जना सदस्य लगायत सदस्यहरुको परिवारको सहभागि रहेको सो कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत विमल लवजुले पनि बोल्नुभएको थियो ।

This will close in 0 seconds