दुइदिने कुरुश प्रयोग गरी पर्स र ब्याग बनाउने तालिमको समापन, पुस १३
१३ पुस, भक्तपुर । यस सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुको आयोजनामा संस्थाको ३१औं स्थापना दिवसको अवसरमा दुईदिने कुरुश प्रयोग गरी पर्स र ब्याग बनाउने तालिमको समापन कार्यक्रम सेवाकेन्द्र कार्यालय, तेखापुखुमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले समुदायमा आधारित भई कार्य गर्दै आएको यस संस्था सदस्यहरुको विश्वास र सहयोगले गर्दा जिल्लामा मात्र नभई राष्ट्र कै सफल सहकारी बन्न सफल भएको बताउनुभयो । उहाँले संस्थाबाट निरन्तर सिपमुलक , आयमुलक तथा व्यक्तित्व विकास गर्ने तालिमहरु सञ्चालन गर्दै आएको बताउँदै तालिमलाई तालिममा मात्र सिमित नराखि पेश बनाई उद्यमशिलता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जसरी व्यक्तिको जन्मदिनमा सुस्वास्थ्य तथा प्रगतिको लागि उत्सव मनाउछ त्यसरी नै संस्थाको ३१औं स्थापना दिवसको अवसरमा संस्थाको उत्तरोतर प्रगति गर्ने लक्ष्य तथा कामनाका साथ विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । उहाँले तालिममा बसेर मात्र नपुग्ने तालिममा सिकेका सिप निरन्तर उपयोग गरी अरुलाई समेत सिप सिकाउँदै जानुपर्ने धारणा राख्नुभयो । अध्यक्ष लाखाले असफलता नै सफलताको प्रतिक हो भन्नुहुँदै सिकेका सिपको प्रयोग गरी उद्यम गर्दा सुरुवातमा सफल नभए पनि निरन्तर अभ्यास गर्दै जाँदा एक दिन अवश्य सफलता मिल्ने बताउनुभयो ।
उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति राधेश्याम सैंजुले बि.स. २०६९ साल देखि संस्थाका पश्चिमी भेगका सदस्यहरुलाई सहज रुपमा संस्थाको सेवा र सुविधा प्रदान गर्न सेवा केन्द्र सञ्चालन हुँदै आएको जानकारी दिनुभयो । उहाँले संस्थाको स्थापना कालमा साहु मार्जन संग ऋण लिदँ धेरै कठिनाई भोग्नु परेकोले भ.न.पा. ७ चोर्चाका ३१ जना जागरुक युवाहरुको अगुवाईमा संस्था स्थापना भएको स्मरण गर्नुहुँदै स्थापना काल देखि नै संस्था समुदायमा आधारित भई सञ्चालन हुँदै आएको बताउनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक एवं उपसमितिका सदस्य चम्पा खत्रीले बजारमा साधारण पर्स तथा ब्याग खरिद गर्दा निक्कै महङ्गो हुने र तिकाउ पनि नहुने बताउँदै आफु संग भएको पर्स र ब्याग बनाउने सिप सदस्यहरुलाई पनि हस्तान्तरण गरी कम लगानीमा गण्स्तरीय एवं तिकाउ पर्स र ब्याग बनाई सदस्यहरुको सिप विकास एवं अनावश्यक खर्च कटौटी गरी बचत गर्ने बानी विकास गराउने तालिमको उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरुले संस्थाको ३१औं स्थापना दिवसको अवसरमा संस्थाका ऋणी तथा सदस्यहरुको लागि ऋण लगानी सम्बन्धि जानकारी एवं अन्तरक्रिया कार्यक्रम यहि पुस १५ गते आयोजना हुने जानकारी दिनुभयो । साथै सदस्यहरुको सिप विकास गर्न वासिङ मेसिनमा प्रयोग हुने झोल डिर्टजेन्ट बनाउने तालिम र दुईदिने मस्यौरा बनाउने तालिम क्रमश पुस १९ तथा २६ र २७ गते हुने बताउनुभयो ।
उहाँले संस्थाका बाल बचतकर्ता एवं कक्षा ५ देखि ९ का विद्यार्थीहरुको व्यक्तित्व विकास तथा क्षेमता विकास गर्न छ्वाली काला (आर्ट) तालिम पुस २४ देखि माघ २ गतेसम्म सञ्चालन गरिने जनकारी दिनुभयो ।
निमित्त व्यवस्थापक दुमरुले ३१ जनाबाट सुरु भएको यस संस्था सदस्यहरुको विश्वासका कारणले हाल १७००० भन्दा बढि सदस्य ३३०० भन्दा बढि बाल बचतकर्ता एवं ज्यष्ठ नागरीक सदस्यहरु बचि कारोवार गर्दै आएको बातउनुभयो ।
उपसमितिका सचिव पुण्यराम कर्माचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा तालिमका प्रशिक्षार्थी लक्ष्मी शेभा बासुकलाले पनि बोल्नुभएको थियो ।